काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सन लाइफ इन्सुरेन्सका सीईओ राजकुमार अर्याललाई पक्राउ गरेको छ।
कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँडमा गडबढी देखिएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो। यसअघि नेपाल धितोपत्र बोर्डले यस विषयमा प्रारम्भिक छानबिन गरेको थियो।

त्यसपछि अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सिआईबी झन्डै ३ वर्षयता उक्त इन्सुरेन्सको सीईओ रहेका थिए।


