Author: एनआरएन

काठमाडौं। हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दै उनलाई काममा फर्काउन आदेश भएको छ। कुलमान घिसिङ उर्जामन्त्री भएपछि उनले हितेन्द्रलाई हटाएर अन्य ठाउँमा सरुवा गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुुुुुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो। हितेन्द्रदेव शाक्यमाथी मन्त्री घिसिङले प्रतिशोधपूर्ण व्यवहार गरेको अदालतको ठहर छ। ‘शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा उर्जा आयोगको विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने तथा सो पदबाट रिक्त हुन आउने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा विपक्षी मध्येका मनोज सिलवाललाई नियुक्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णय…

Read More

काठमाडौं। डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई ‘खुशी सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि – आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन् । त्यसपछि, डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै डिशहोम गो नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल…

Read More

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। यस घटनाबारे सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउँदै छानबिनका लागि अग्रसरता देखाएको हो। मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी आदेश दिइएको छ। घटनाबारे…

Read More

काठमाडौं। एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ का खेलहरुमा हानिएका चौकाहरु बापत २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरु सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छन् । गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता फाउन्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउन्डेसनको…

Read More

काठमाडौं। एमाले, कांग्रेस, माओवादी अझ भनौँ केपी ओली, शेरबहादुर देउवा, प्रचण्डलगायत नेताहरुको ध्यान तानिने गरी बिहीबार नेपालमा राजनीतिक गतिविधि देखियो र सम्भवत यसले आगामी दिनमा ठुलो अर्थ राख्ने छ। खासगरी ओली, प्रचण्ड र देउवाको मनमा ढ्यांग्रो ठोकिन थालेको अनुमान गर्न सकिन्छ। हो, थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई जेनजी अगुवा सुदन गुरुङले भेट्न गएको र त्यसपछि उनले दिएका प्रतिक्रियाले नेपाली राजनीतिमा राम्रै छाल ल्याउने देखिन्छ। सुरुमा यो भेट किन महत्वपूर्ण छ, त्यो बुझौँ। आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु तयारीमा जुटिसकेका छन्। चुनावमा आफु कसरी बलियो हुनेदेखि कसरी अस्तित्व जोगाउने…

Read More

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाईमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टी’ औपचारिक घोषणा गरिएको छ। बुधबार प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिएको हो। कुलमान यसअघि खुलेका थिएनन्, निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा। चुनावको मुखमा मात्रै कुलमान पार्टीमा क्रियाशील हुने भनिएको थियो। घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुन्दरमणि दिक्षितलगायत सहभागी भएका छन्। कार्यक्रममा सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, नेताहरू रिमा विश्वकर्मा, सीता पाण्डेलगातले सम्बोधन गरे। समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह…

Read More

काठमाडौँ- जेनजी पुस्ताका पत्रकार गौरव पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारी गरेका छन्। सबैभन्दा लामो समय लगातार अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाउने तयारी उनि यतिबेला गरिरहेका छन्र लगातार १ सय घण्टा अन्तर्वार्ता लिने तयारी पौडेलको छ। केही वर्षअघि पत्रकार रवि लामिछानेले ६१ घण्टा ५ मिनेटको निरन्तर अन्तर्वार्ता लिएर नेपालको नाम विश्वसामु चम्काएका थिए। तर उक्त रेकर्ड पछि विदेशी टोलीले तोडेर नयाँ कीर्तिमान बनायो।अब सोही रेकर्डलाई फेरि नेपालमै फर्काउने ऐतिहासिक मिशन लिएर युवा पत्रकार न्भल श पत्रकार तथा गौरव पौडेल अघि बढेका छन्। १०० घण्टा लगातार—अर्थात् चार दिन चार रात—नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमीदेखि मनोवैज्ञानिक…

Read More

काठमाडौं। प्रभु बैंक ठगीमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंकका पूर्व अध्यक्ष र वर्तमान सीईओलगायतलाई पक्राउ परिसकेको यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबीको टोलीले शाक्यलाई पनि नियन्त्रणमा लिएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम्…

Read More

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भष्ट्रचार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो। अख्तियारले भक्तपुरको नलिनचोकको हेलिप्याड निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्धा दर्ता गर्ने तयारी गरिरहेको थियो। सोही मुद्धामा जोडिएका अधिकारी पक्राउ परेका हुन्। अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारि गरिरहेको छ।

Read More