Author: एनआरएन

काठमाडौं। जेनजीहरुको अगुवाईमा नेपालमा वैकल्पिक शक्तिहरुको बलियो एकता बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनपछि कुलमान घिसिङलाई पनि भित्र्याएको छ। कुलमानको उज्यालो नेपाल पार्टी र रास्वपाबीच सोमबार एकिकरण भएको छ। कुलमान रास्वपा उपसभापती र दोस्रो वरियताको नेता बनेका छन्। कुलमानलाई भित्र्याएसँगै बालेन रास्वपामा तेस्रो वरियताको नेता बनेका छन्। यसअघि रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उमेद्ध्वार बनाउने गरी भित्र्याएको थियो।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बाले‍नबीच सहमती भएको छ। बालेन अब रास्वपा नेता बनेका छन्। रवि लामिछाने र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरे। सहमतीअनुसार रवि हालकै सभापती पदमा निरन्तर रहनेछन् भने बालेन आगामी प्रतिनधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अगाडी सार्ने सहमती भएको छ। धरौटीमा थुनामुक्त भएपछि रवि लामिछाने र रास्वपाले एकताका लागि बारम्बार बालेनसँग छलफल गरिरहेको थियो।

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ। रास्वपा नेता असिम शाहको एका कार्यालयमा भएको भेटघाटले राजनीतिक तरङ्ग सृजना गरेको छ। रास्वपा आगामी प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अघि सारेर जाने तयारीमा रहेको छ। यही सन्दर्भमा रविले बालेनलाई भेटेका हुन्। धरौटीमा थुनामुक्त भएलगत्तै रविको राजनीतिक सक्रियता बढेको छ। उनी गत साता छुटेका थिए। त्यसयता उनले प्रधानमन्त्री सुशिला कार्कीसँग पनि भेट गरिसकेका छन्। बालेनसँग रविको भेटको नतिजा उत्साहजनक रहेको शाहले सामाजिक सन्जालमा लेखेका छन्। उनी फेसबुकमा लेख्छन् – अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको…

Read More

काठमाडौं। ललितपुरको लुभुमा एकै समूहले एक दिनको अन्तरमा दुई जनाको हत्या गरेको प्रहरीले दावी गरेको छ। सिन्धुलीका २५ वर्षीय केशवराज हायु र भोजपुरका २२ वर्षीय पारुहाङ राईको हत्या भएको हो। हायु र राई साथी हुन्। उनिहरु लुभुमा जग्गा भाडामा लिएर कृषी फार्म गरि नजिकै बस्दै आएका थिए। उनिहरुको हत्याको आरोपमा सिन्धुलीका देवराज ढुंगेलसहित दुई जना पक्राउ परेका छन्। ढुंगेल घटनाको योजनाकार भएको प्रहरीको दावी छ। हायु मंसिर २४ साँझ र पारुहाङ मंसिर २५ साँझदेखि बेपत्ता भएका थिए। हायुको शव पुस २ गते उनकै फार्ममा रहेको इनारभित्र भेटिएको थियो। राईको शव शनिबार राती भेटिएको हो। पक्राउ परेका ढुंगेल हायुका ज्वाई हुन्।…

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पुष्प खेतिका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ। बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प…

Read More

काठमाडौं। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ। जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरे सँगै घाइतेको वर्गीकरणले तीव्रता पाएको हो। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइते लाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ। वर्गीकरण भएका घाइते मध्ये गम्भीरले मासिक ९,००० हजार रुपियाँ र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ता…

Read More

काठमाडौं। केपी शर्मा ओली पुन नेकपा एमाले अध्यक्ष निर्वाचित भएका छन्। ११ औँ महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गरेको हो। ओलीले इश्वर पोखरेललाई हराएका हुन्। ओली र पोखरेल मात्र अध्यक्षको प्रतिस्पर्धामा थिए। ‌ओलीले एक हजार ६ सय ६३ मत ल्याए भने पोखरेललाई ५ सय ६४ मात्र मत प्राप्त भयो। २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। ३६ जनाले भने मत दिएनन्। अध्यक्ष जित्न कम्तिमा एक हजार १ सय १४ मत चाहिएको थियो। चुनावी प्रतिस्पर्धामा ओली र पोखरेल प्यानल बनाएर उठेका थिए। पदाधिकारीमा पोखरेल प्यानलका दुई जनाबाहेक सबै ओली प्यानलले जित्यो। पोखरेल प्यानलका योगेश भट्टराईले उपमहासचिव र गोकर्ण विष्टले उपाध्यक्ष…

Read More

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । गएको कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । खुद…

Read More

काठमाडौं- बैंकको सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन लागेको हो। जसका लागि बैंकका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतले विदेश भ्रमण गर्दा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था गरिएको हो। यसअघिजस्तै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानुपर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवं सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई…

Read More

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सले सुदुर पश्चिम रोयल्सलाई ६ विकेटले हरायो। पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोडेको थियो। सुदुर पश्चिमका इसान पाण्डेले ३३, दीपेन्द्रसिंह ऐरीले १० तथा हर्मित सिंह र स्कट कुगेेलिनले १०/१० रन बनाए। लुम्बिनी लायन्सका रुबेन ट्रम्पलम्यान, शेर मल्ल र रोहित पौडेलले तीन तीन विकेट लिए। लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। दिेनेश अधिकारीले १३ बलमा ४३ रन बनाए। कप्तान रोहित पौडे‍लले १६, डार्सी सर्टले १४ र निकोलस डिकवालाले ११ रन जोडे। ट्रम्पलम्यान प्लेयर अफ दी…

Read More