Author: एनआरएन

काठमाडौं। एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन २ का खेलहरुमा हानिएका चौकाहरु बापत २,००० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरु सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने छन् । गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरू गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा ४ वटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता फाउन्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउन्डेसनको…

Read More

काठमाडौं। एमाले, कांग्रेस, माओवादी अझ भनौँ केपी ओली, शेरबहादुर देउवा, प्रचण्डलगायत नेताहरुको ध्यान तानिने गरी बिहीबार नेपालमा राजनीतिक गतिविधि देखियो र सम्भवत यसले आगामी दिनमा ठुलो अर्थ राख्ने छ। खासगरी ओली, प्रचण्ड र देउवाको मनमा ढ्यांग्रो ठोकिन थालेको अनुमान गर्न सकिन्छ। हो, थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई जेनजी अगुवा सुदन गुरुङले भेट्न गएको र त्यसपछि उनले दिएका प्रतिक्रियाले नेपाली राजनीतिमा राम्रै छाल ल्याउने देखिन्छ। सुरुमा यो भेट किन महत्वपूर्ण छ, त्यो बुझौँ। आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु तयारीमा जुटिसकेका छन्। चुनावमा आफु कसरी बलियो हुनेदेखि कसरी अस्तित्व जोगाउने…

Read More

काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङको अगुवाईमा निर्वाचन आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टी’ औपचारिक घोषणा गरिएको छ। बुधबार प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिएको हो। कुलमान यसअघि खुलेका थिएनन्, निर्वाचन आयोगमा पार्टी दर्ता हुँदा। चुनावको मुखमा मात्रै कुलमान पार्टीमा क्रियाशील हुने भनिएको थियो। घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुन्दरमणि दिक्षितलगायत सहभागी भएका छन्। कार्यक्रममा सो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, नेताहरू रिमा विश्वकर्मा, सीता पाण्डेलगातले सम्बोधन गरे। समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, संगठन, सरोकारवाला समूह…

Read More

काठमाडौँ- जेनजी पुस्ताका पत्रकार गौरव पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारी गरेका छन्। सबैभन्दा लामो समय लगातार अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाउने तयारी उनि यतिबेला गरिरहेका छन्र लगातार १ सय घण्टा अन्तर्वार्ता लिने तयारी पौडेलको छ। केही वर्षअघि पत्रकार रवि लामिछानेले ६१ घण्टा ५ मिनेटको निरन्तर अन्तर्वार्ता लिएर नेपालको नाम विश्वसामु चम्काएका थिए। तर उक्त रेकर्ड पछि विदेशी टोलीले तोडेर नयाँ कीर्तिमान बनायो।अब सोही रेकर्डलाई फेरि नेपालमै फर्काउने ऐतिहासिक मिशन लिएर युवा पत्रकार न्भल श पत्रकार तथा गौरव पौडेल अघि बढेका छन्। १०० घण्टा लगातार—अर्थात् चार दिन चार रात—नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमीदेखि मनोवैज्ञानिक…

Read More

काठमाडौं। प्रभु बैंक ठगीमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंकका पूर्व अध्यक्ष र वर्तमान सीईओलगायतलाई पक्राउ परिसकेको यो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबीको टोलीले शाक्यलाई पनि नियन्त्रणमा लिएको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप छ। उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ । साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ । यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम्…

Read More

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भष्ट्रचार सम्बन्धी कसुरमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकारीलाई नियन्त्रणमा लिएको हो। अख्तियारले भक्तपुरको नलिनचोकको हेलिप्याड निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्धा दर्ता गर्ने तयारी गरिरहेको थियो। सोही मुद्धामा जोडिएका अधिकारी पक्राउ परेका हुन्। अख्तियारले विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारि गरिरहेको छ।

Read More

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक शक्तिहरुबीच गठबन्धन भइरहेका बेला जेनजीहरुको एउटा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपालाई समर्थन गर्ने संकेत गरेको छ। मिराज ढुंगाना, सुदन गुरुङ, प्रवेश दाहाललगायतको जेनजी समूह रास्वपासँग छलफलमा रहेको र छलफल सकारात्मक रहेको देखिने गरि तस्विरहरु सार्वजनिक भइरहेका छन्। दुई दिनयता मिराज ढुंगानाको फ्यान पेजबाट सार्वजनिक भइरहेका तस्विरले राजनीतिक वृत्तमा तहल्का मच्चाएको छ। यही फ्यान पेजबाट मिराजले आफ्ना गतिविधिहरु सार्वजनिक गर्ने गरेको र उनका अन्य पेज नदेखिएकाले यसलाई आधिकारिक मान्न सकिन्छ। हालै मात्र रास्वपाले विवेक शिल साझा पार्टीसँग एकता गरेको थियो। अन्य राजनीतिक शक्तिसँग गठबन्धन, एकता र सहकार्यका लागि रास्वपाले समिती नै बनाएर…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ। उनका ७७ वर्षीया बुबा रामनारायण शाहको सोमबार निधन भएको हो। बेहोस भएपछि उनलाई सिभिल अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको निधन भएको हो। सोमबार नै अन्त्येष्टी गरिएको छ।  

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा र विवेकशिल साझा पार्टीबीच पार्टी एकिकरण भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनिहरुकले पार्टी एकिकरण भएको घोषणा गरे। विवेकशिल साझाका तर्फबाट समिक्षा अध्यक्ष समिक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियार तथा रास्वपाका तर्फबाट कार्यबहाक सभापती डोलप्रसाद अर्याल र उपसभापती स्वर्णिम वाग्लेले एकिकरण सम्बन्धी सहमतीमा हस्ताक्षर गरे। चुनाव अघि भएको यो एकिकरणलाई अर्थपूर्णरुपमा हेरिएको छ।

Read More