Author: एनआरएन

काठमाडौं। राजा नभए राष्ट्रपती, राष्ट्रपति नभए राजा। हामी प्राय सबैलाई राज्य प्रमुखबारे यत्ति थाहा छ। विभिन्न समयमा भएका आन्दोलनले पनि हामी यसबारे मज्जाले भन्न सक्छौँ। तर हाल अमेरिका र इजरायल मिलेर आक्रमण भइरहेको इरानमा यस्तो छैन। त्यहाँ राष्ट्रपतीले सरकार चलाउँछन् तर राज्यका महत्वपूर्ण निर्णयहरु उनले गर्दैनन्। नत उनीसँग राज्य प्रमुखको हैसियत हुन्छः प्रश्न आउँछ त्यो अधिकार र हैसियत कोसँग हुन्छ त। त्यो अधिकार सुप्रिम लिडरसँग हुनछ जुन एउटा धार्मिक पद हो। इरान इस्लामिक रिपब्लिक देश हो। यहाँको शासन व्यवस्था इस्लाम धर्ममा आधारित हुन्छ। राष्ट्रपती, संसद जनताले निर्वाचित गर्छन्। राष्ट्रपतीको कार्यकाल ४ वर्षको हुन्छ। सर्वोच्च नेता इस्लाम धर्मको प्रकाण्ड विद्धानबाट…

Read More

काठमाडौं। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमिनी कहाँ रहेका छन् आफुलाई थाहा भएको र सजिलो मार्न सक्ने बताए। तर उनले सँगै थपे- अहिले उनी सुरक्षित छन। खमिनी बंकरमा लुकिरहेको भनेर समाचार आइरहेका बेला ट्रम्पले यस्तो भनेका थिए। उनले इरान र खमिनीलाई स्वेच्छिक आत्मसम्पर्ण गर्न पनि भने। त्यसपछि खमिनीले कडा प्रतिवाद गरे। इजरायलसँग चलिरहेको युद्धमा सहभागी भए अमेरिकालाई ठुलो अपूर्णीय क्षति हुन सक्ने चेतावनी दिए। लगत्तै ट्रम्पले इरानमाथी आक्रमण गर्ने योजना पारित गरे। अमेरिकी हवाई सेनाले शनिबार राती इरानका मुख्य तीन आणविक भट्टीमा शक्तिशाली विस्फोट गरायो। पहाडभित्र सन्चालन गरिएको फोर्डो आणविक भट्टीमा ६ वटा शक्तिशाली…

Read More

काठमाडौं : स्कटल्याण्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै छ। एक महिना लामो भ्रमणमा नेपाली क्रिकेटले विश्वकप लिग-२ शृंखला र त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। यी शृंखलामा नेपालले चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय र ४ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा तीनवटा एकदिवशीय र दुईवटा टी-२० खेल जित्यो। दुवै शृखलाभर नेपाली क्रिकेटले व्यापक चर्चा पायो। अहिले पनि त्यो चर्चा रोकिएको छैन। एसोसियटको बेस्ट क्रिकेट भन्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरु लेखिरहेका छन्। यस्तो किन भइरहेको छ, स्कटल्यान्ड भ्रमणबाट नेपाली क्रिकेटले एसोसियट क्रिकेट र विश्व क्रिकेटलाई दिएका मुख्य सन्देशबारे यहाँ चर्चा गर्ने छौँ। विश्वकप लिग-२ मा नेपालले खेल्ने ९ मध्ये कठिन शृंखला…

Read More

लन्डन। इरान-इजरायलबीच जारी युद्धमा अमेरिका औपचारिक रुपमा सहभागी भएको छ। अमेरिकाले नेपाली समयअनुसार शनिबार राती इरानका तीनवटा आणविक भट्टी केन्द्रहरुमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार नातान्ज, फोर्डोलगातत आणविक भट्टीहरुमा बम खसालिएको छ। अमेरिकाले आक्रमणका लागि बीटु बम्बर प्रयोग गरेको छ। पहाडी भुभागभित्र रहेको फोर्डोलाई बीटु बम्बरले मात्र आक्रमण गर्न सक्ने बताइएको थियो। बीटु बम्बर अमेरिकाको हवाई सेनाले प्रयोग गर्छ। यसअघि इरानमाथी इजरायलले गरेको आक्रमणमा समथर्न गर्दै अमेरिकाले आफु पनि सहभागी हुने निर्णय गरेको थियो। इरानको आणविक उत्पादनको खतरालाई अन्त्य गर्न त्यहाँ आक्रमण गरिरहेको इजरायल र उसका पक्षधरहरुको दावी छ।

Read More

काठमाडौं। इजरायल र अमेरिकाले इरानका जनतालाई ठाउँ खाली गर्न र सुरक्षित ठाउँमा जान भनिरहेका छन्। यता इरानले पनि त्यसै भन्दै छ इजरायलको तेल अभिभ, हैफाजस्ता शहरका बासिन्दालाई। यसले इरान-इजरायलबीच एक साता अघि सुरु भएको युद्ध थप चर्किन सक्ने र कहाँ पुगेर रोकिन्छ भनेर अनुमान गर्न नसकिने अवस्थामा छ। इजरायलले सैन्य र आणविक कार्यक्रमका इलाकालाई लक्ष्यत गरेर आक्रमण सुरु गरेकामा इरानी जनतासँग आफ्नो कुनै समस्या नरहेको उसको भनाई थियो। इजरयालको मिसाइल र ड्रोन आक्रमण इरानका सैन्य इलाका, मिसाइ लन्च केन्द्र, अनुसन्धान केन्द्र, तेल तथा ग्याँस खानी, परमाणु प्रसोधन केन्द्रलाई लक्ष्यित गरिएको छ। परमाणु बमका लागि प्रयोग हुन सक्ने युरेनियमको प्रशोधन केन्द्र…

Read More

काठमाडौं। काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनले उक्त आदेश जारी गरेपछि पाण्डे अब काममा फर्कने भएका छन्। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनूरदिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ। आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते…

Read More

काठमाडौं। एसोसियट क्रिकेटको नम्बर एक टोली स्कटल्यान्डमाथी नेपालले मंगलबार राती जित हात पार्‍यो। त्यो पनि स्कटल्यान्डकै मैदानमा। यो जितको नायक बने सन्दीप लामिछाने। पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ९७ रनमै समेटिएको थियो। हो, यति कम स्कोरमा स्कटल्यान्डलाई समेटेपछि नेपालको खेल जित्ने बलियो आधार तयार भएको थियो। अर्थात जितको आधार बलरले तयार गरेका थिए। त्यसमा पनि सन्दीपले चार ओभरमा ११ खर्चिएर ४ विकेट लिए। उनले एक मेडन पनि राखेका थिए। सातौँ ओभरमा सन्दीपले बलिङ सुरु गरेका थिए जतिबेला स्कटल्यान्डले ५ विकेट गुमाएर ३२ रन जोडेको थियो। सन्दीपले आफ्ना सुरुका दुई ओभरमा ९ रन खर्चिएका थिए भने विकेट हात पार्न सकेका थिएनन्। …

Read More

काठमाडौं। काठमाडौंमा प्रशस्त जग्गा जमिन अनि अवकाशतिर लम्किरहेको सरकारी शिक्षकको जागिर। बेलाबखग जग्गाको पनि कारोबार। छोरा छोरीलाई अमेरिका पठाएर पारिवारिक भार पनि हलुङ्गो हुँदै गरेको समय। तर जिवनमा एकाएक काला बादलहरु मडारिन थाल्छन्। न कसैलाई खुलेर भन्न सक्छन् नत त्यसलाई दबाउन सक्छन्। उनको छटपटी त्यतिबेला सम्हालिन नसक्ने हुन्छ जब उनलाई केही समय अघि मात्र चिनजान भएकी युवतीले दुई जनाको अश्लिल तस्विरहरु पठाएर भन्न थाल्छिन्- काठमाडौमा घर र चार आना जग्गा चाहियो नत्र म प्रहरीकहाँ जान्छु ? अर्थात उनी हनी ट्रयापमा परेका थिए। हामीले ती ५५ वर्षीय सरकारी शिक्षकको गोपनियताका कारण यहाँ उनलाई नाम परिवर्तन गरेर कृष्ण भनेर सम्बोधन गर्ने छौँ।…

Read More

काठमाडौं । एक युवा सरकारी डाक्टर सुसाइड नोट लेखेर मोबाइल स्वीट्च अफ गर्छन्। सुसाइड नोटमा राम्रो गर्छुभन्दा आफुलाई काम गर्न नदिइएको, अपमान गरिएको, सरुवा भएको र अन्याय सहने हद पार भएको उल्लेख गर्दै आमादेखि श्रीमतीसम्म माफी मागिएको हुन्छ। ‘नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ’, भन्दै स्टाटसको अन्त्यतिर लेखिएको बाक्यांश मर्मस्पर्शी थियो। एकातर्फ मर्दैछु आशयको स्टाटस छ, अर्कोतर्फ काम गर्ने सिलसिलामा मानसिक यातना पाएको आशय देखिन्छ, एकाएक डाक्टर केशव श्रेष्ठको स्टाटस सामाजिक सन्जालमा भाइरल हुन्छ। बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा पोस्ट भएको उक्त स्टाटसलाई धेरै सेयर गर्छन्। उनको ज्यान बचाउन अपिल गर्छन्। यस्ता थुप्रै कारण थिए…

Read More

नेपालको सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल अनि टी-२० अन्तर्राष्ट्रियको इतिहासमै पहिलोपटक एकै खेलमा तीनवटा सुपर ओभर। सोमबार राती नेपाल र नेदरल्यान्ड्सबीच भएको टी-२० अन्तर्राष्ट्रिय खेल विश्व क्रिकेटले नै लामो समय सम्झिरहने छ। खेल कसले जित्यो भन्दा पनि जसरी यो खेल तीनवटा सुपर ओभर खेलाउनु पर्ने अवस्थामा पुग्यो, त्यो नै बढी स्मरणीय हुने छ। नेपाली क्रिकेट समर्थक भने केही निराश छन्- किनभने नेपालले सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल जित्न सकेन। तीन-तीनपटक सुपर ओभर भएको ऐतिहासिक खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन। सुपर ओभर जस्तो हरेक बलमा छक्का र चौकाका लागि एटेम्ट हुने अवस्थामा प्रशिक्षक स्टूवार्ट लले किन पहिलो खेल खेलिरहेका रुपेश सिंहलाई पठाए?…

Read More