Author: एनआरएन

म्याड्रिड। बार्सिलोनाले यो सिजन घरेलु लिग ला लिगाको उपाधि पक्का गरेको छ। बिहीबार राती स्पान्योललाई २-० गोलले हराउँदै बार्साले २ खेल बाँकी रहँदै घरेलु लिगको उपाधि पक्का गरेको हो। ३६ खेलबाट ८५ अंक भएको बार्सा तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३६ खेलबाट ७८ अंक छ। स्पान्योलविरुद्ध बार्साका लेमिन यमाल र फर्मिन लोपेजले गोल गरे। बार्साले समग्रमा २८ औँ पटक ला लिगा जितेको हो। सर्वाधिक ला लिगा जित्ने सूचीमा बार्सा दोस्रो स्थानमा छ। रियल म्याड्रिडले यो प्रतियोगिता ३६ पटक जितेको छ। बार्साले पछिल्ला तीनमध्ये दुई सिजन ला लिगा जित्यो। गत संस्करण रियल म्याड्रिडले हात पारेको थियो। बार्सिलोनाले यो…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। खासगरी आफु असन्तुष्ट रहेका वडाध्यक्षहरुलाई बालेनले जिम्मेवारीबाट हटाएका छन्। काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ । यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार…

Read More

काठमाडौं। प्रहरीले बैंक तथा वित्तिय संस्थाका स्टेटमेन्टदेखि शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरेर तयार गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौँको तारकेश्वर-७ फुटुङमा कार्यालय खोलेर उनिहरुले विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गर्ने गरेको प्रहरीको दावी छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पर्नेमा गोरखाका अञ्जनी बयलकोटी, ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री छन्। बयलकोटी मुख्य व्यक्ती हुन्। उनले ८ वर्षदेखि यो काम गर्दै आएको प्रहरीको दावी छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार बयलकोटीले दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेका थिए। प्रहरीले…

Read More

काठमाडौं। चर्चित टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम -टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन सन्चार मन्त्रीसहित १८ जनाविरुद्ध मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ। तत्कालिन सन्चार मन्त्री तथा हाल सांसद रहेका मोहन बस्नेतसहितलाई प्रतिवादी बनाइएको छ। बस्नेत सिन्धुपाल्चोकबाट सांसद निर्वाचित नेपाली कांग्रेसका नेता हुन्। नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम…

Read More

काठमाडौं। काठमाडौं उपत्यकाका ठुला र गम्भिर प्रकृतीका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा महिनाभर सर्वोंकृष्ट काम गरेको भन्दै नायब निरिक्षक-सई राजन खड्का पुरस्कृत भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले ‍सर्वोत्कृष्ट कार्य सम्पादन गरेकोमा खड्कालाई वैशाख महिनाका लागि पुलिस अफ दी मन्थबाट पुरस्कृत गरेका हुन्। इन्टलिजेन्स र अपराध अनुसन्धानमा सई खड्का अनुभवी मानिन्छन्।

Read More

काठमाडौं। सन्दीप लामिछानेले आज फेसबुकमा लेखेको स्टाटस देखेर तपाईलाई कस्तो लाग्यो ? नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने रे तर नेपालका लागि चाहीँ खेलिरहने रे ? सेन्ट्रल कन्ट्राक्टमा पर्नु खेलाडीका लागि ठुलो सफलता हुन्छ। सन्दीपकै कुरा गरौँ, उनी क्यानबाट मासिक एक लाख रुपैयाँ पाइरहेका थिए। अब सेन्ट्रल कन्ट्रयाक्टमा बस्दिन भन्दा यसले सन्दीपलाई कहाँनेर फाइदा हुन्छ ? यति बेला यही कुराले क्रिकेट प्रेमीहरु छक्क परिरहेका छन् र ठुलो समूहको आशंका छ- सन्दीपले कतै अटेन्सन सिक गर्नका लागि मात्र यो स्टाटस त लेखेका होइनन् ? यो विषयमा केही बेरपछि कुरा गरौँला। अहिलेलाई सन्दीप जोडिएका यस्तै विषयको सिलसिलेवार कुरा गरौँ जसमा पटकपटक सन्दीपले…

Read More

काठमाडौं। सन्दीप लामिछानेले आफु नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नरहने घोषणा गरेका छन्। बुधबार सामाजिक सन्जालमा लेख्दै लामिछानेले नेपालका लागि भने खेलिरहने बताएका छन्। व्यक्तिगत र व्यावशायीक जिवनका लागि आफुले उक्त निर्णय लिएको उनको भनाई छ। सेन्ट्रल कन्ट्रयाक्टमा उनी ए श्रेणीमा रहेका थिए जसबापत क्यानले उनलाई मासिक एक लाख रुपैयाँ दिने गरेको थियो। सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुका लागि क्यानको आचारसंहिता छ जुन उनिहरुले पालना गर्नुपर्छ। तर यसमा नरहेर आफुलाई के फाइदा हुन्छ भनेर उनले खुलाएका छैनन्। कतै उनले नेपालबाट खेल्न छाड्ने मनस्थिती त बनाइरहेका छैनन्, उनको स्टाटसमा कमेन्ट गर्ने धेरैले आशंका व्यक्त गरेका छन्।   सेन्ट्रल कन्ट्रयाक्टमा रहेर खेल्दा उनलाई…

Read More

काठमाडौं। सबै कुरा ठिकठाक हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी हुन्थे। नेपालले ऐरीको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको हुन्थ्यो। तपाईलाई त्यस्तो लाग्छ की लाग्दैन ? सन् २०२१ को अन्त्यतिर तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एकाएक समाचारको हेडलाइन बनेको पक्कै विर्सिनु भएको छैन होला।हो, नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्रलाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाएपछि नेपाली क्रिकेटमा ठुलै हलचल भयो। क्यान आफैले खुलाएका आधार र कारणलाई हेर्ने हो भने उनिहरुले अनुशासन उल्लंघन गरेका थिए जुन उनिहरुलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट हटाउन पर्याप्त रहेको बताइएको थियो।क्यानले गरेको खेलाडीको ग्रेडिङका विषयमा असन्तुष्टी जनाएका उनिहरुले अन्य खेलाडीहरुलाई पनि भड्काएको…

Read More

काठमाडौं– राजस्रस्था पुनर्वहालीको एजेन्डा बोकेर मोर्चावन्दी गरिरहेका राप्रपा, राप्रपा नेपाललगायतलाई सरकारले त्यस्ता गतिविधि नगर्न सन्देश दिइरहेको छ।चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनामा जिम्मेवारी ठहर्‍याउँदै प्रहरीले नेता रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतलाई एक महिनाभन्दा लामो समयदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।राजावादीको प्रदर्शन भने रोकिएको छैन। सकडमा मास भने घट्दै गएको देखिन्छ। तर आन्दोलनको नेतृत्व गरिरहेका नेताहरु भने क्रमश एकजुट हुदैछन्।राजेन्द्र लिङ्देन,कमल थापा, नवराज सुवेदीहरु एक ठाउँमा उभिएर राजस्रंस्था फर्काउन मोर्चाैवन्दी गरिरहेका छन्। सरकारले भने राजावादी आन्दोलन अब सह्य नहुने बताइरहेको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि संविधान विरोधी गतिविधिलाई नियन्त्रण गरिने स्पष्ट पारेको छ।गृहमन्त्री रमेश लेखकले केही…

Read More

काठमाडौं। भारत र पाकिस्तानबीच युद्ध विराम भएको छ। भारतले मे ७ तारिखमा पाकिस्तान र पाकिस्तान प्रशासित विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेपछि दुई देशका सेनाबीच आक्रमण सुरु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लाग मध्यस्थता गरेका थिए। उक्त निर्णयपछि पाकिस्तानीमा खुसीयाली मनाइरहेको छ। पाकिस्तानले विजय प्राप्त गरेको रुपमा यसलाई त्यहाँ मनाइएको छ। यता भारतले भने पाकिस्तानको रक्षा प्रणालीलाई ध्वस्त बनाएको दावी गरेको छ। युद्ध विराम भएको जानकारी दिने कार्यक्रममा भारतीय सैन्य अधिकारीहरुले पाकिस्तानले अफवाह फैलाएको पनि दावी गरे। यता युद्ध विरामको सहमतीपछि दुवै देशले एक अर्कालाई उल्लंघन गरेको आरोप लगाएका छन्। सिमावर्ती क्षेत्रमा सैन्य हमला भइरहेको भन्दै…

Read More