



Author: एनआरएन
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले गगन थापालाई पार्टी सभापती चयन गरेको छ। बुधबार राती सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतीमा निर्विरोध चयन गरेको हो। सभापतीमा थापाको मात्र उमेद्ध्वारी परेको थियो। अन्य पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गर्न निवेदन दिएका थिए। तर केन्द्रीय समितीले महाधिवेशन आह्वान नगरेपछि महाधिवेशन प्रतिनिधिले नै आयोजना गरेका हुन्। संस्थापन पक्षधरले यो विशेष महाधिवेशनलाई विधानविपरित भएको बताउँदै आएको थियो। बुधबार मात्र गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निश्कान गरेको थियो। यतिबेला गगन पक्षधरले आफुहरु नै आधिकारिक नेपाली कांग्रेस…
काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले बुधबार मधेश प्रदेशमा क्रिकेट फर वास कार्यक्रमको उद्घाटन गरिएको छ। मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्। वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक…
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ। उनिहरुसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरले पनि उक्त कारबाही गरिएको छ। ५ वर्षसम्मका लागि उक्त कारबाही गरिएको छ। बुधबार संस्थापन पक्षधर केन्द्रीय कमिटीले उनिहरुलाई कारबाही गर्ने निर्णय गरेको हो। उनिहरुको पक्षमा उभिएका अन्यलाई भने पार्टी फर्कन भनिएको छ। गगन र विश्वप्रकाशको अगुवाईमा अहिले पार्टीको विशेष महाधिवेशन भइरहेको छ। यसलाई संस्थापन पक्षले विधान विपरित भन्दै मानिरहेको छैन। विशेष महाधिवेशन पक्षधरसँग सहमती जुट्न नसकेपछि कारबाहीको निर्णयमा सभापती शेरबहादुर देउवा पुगेका हुन्। यता विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै छ। दुवै पक्षले आफुहरु नै…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमती भएको १२ दिनमै कुलमान घिसिङ अलग भएका छन्। रास्वपाले एकता भंग भएको बताएपछि उज्यालो नेपालले कुलमानलाई पार्टी अध्यक्ष बनाएको छ। यसअघि उनकै अगुवाईमा उज्यालो नेपाल दर्ता भएपनि पार्टीमा उनि कुनै भूभिकामा थिएनन्। रास्वपा र उज्यालो नेपालबीच एकता गर्ने सहमति भएको थियो। तर पदाधिकारी, पार्टीको नामलगायत विषयमा सहमती नभएपछि कुलमान बाहिरिएका हुन्। कुलमानले अब उज्यालो नेपालले एक सय ६५ वटै निर्वाचन क्षेत्रबाट उमेद्ध्वार उठाउने बताएका छन्।
काठमाडौँ: गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०-बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ। मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर-कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ। यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न निर्देशन भएको छ। यसका लागि जिल्ला…
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन तथा…
काठमाडौं। जेनजीहरुको अगुवाईमा नेपालमा वैकल्पिक शक्तिहरुको बलियो एकता बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनपछि कुलमान घिसिङलाई पनि भित्र्याएको छ। कुलमानको उज्यालो नेपाल पार्टी र रास्वपाबीच सोमबार एकिकरण भएको छ। कुलमान रास्वपा उपसभापती र दोस्रो वरियताको नेता बनेका छन्। कुलमानलाई भित्र्याएसँगै बालेन रास्वपामा तेस्रो वरियताको नेता बनेका छन्। यसअघि रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उमेद्ध्वार बनाउने गरी भित्र्याएको थियो।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमती भएको छ। बालेन अब रास्वपा नेता बनेका छन्। रवि लामिछाने र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरे। सहमतीअनुसार रवि हालकै सभापती पदमा निरन्तर रहनेछन् भने बालेन आगामी प्रतिनधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अगाडी सार्ने सहमती भएको छ। धरौटीमा थुनामुक्त भएपछि रवि लामिछाने र रास्वपाले एकताका लागि बारम्बार बालेनसँग छलफल गरिरहेको थियो।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ। रास्वपा नेता असिम शाहको एका कार्यालयमा भएको भेटघाटले राजनीतिक तरङ्ग सृजना गरेको छ। रास्वपा आगामी प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उमेद्ध्वारका रुपमा अघि सारेर जाने तयारीमा रहेको छ। यही सन्दर्भमा रविले बालेनलाई भेटेका हुन्। धरौटीमा थुनामुक्त भएलगत्तै रविको राजनीतिक सक्रियता बढेको छ। उनी गत साता छुटेका थिए। त्यसयता उनले प्रधानमन्त्री सुशिला कार्कीसँग पनि भेट गरिसकेका छन्। बालेनसँग रविको भेटको नतिजा उत्साहजनक रहेको शाहले सामाजिक सन्जालमा लेखेका छन्। उनी फेसबुकमा लेख्छन् – अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको…
काठमाडौं। ललितपुरको लुभुमा एकै समूहले एक दिनको अन्तरमा दुई जनाको हत्या गरेको प्रहरीले दावी गरेको छ। सिन्धुलीका २५ वर्षीय केशवराज हायु र भोजपुरका २२ वर्षीय पारुहाङ राईको हत्या भएको हो। हायु र राई साथी हुन्। उनिहरु लुभुमा जग्गा भाडामा लिएर कृषी फार्म गरि नजिकै बस्दै आएका थिए। उनिहरुको हत्याको आरोपमा सिन्धुलीका देवराज ढुंगेलसहित दुई जना पक्राउ परेका छन्। ढुंगेल घटनाको योजनाकार भएको प्रहरीको दावी छ। हायु मंसिर २४ साँझ र पारुहाङ मंसिर २५ साँझदेखि बेपत्ता भएका थिए। हायुको शव पुस २ गते उनकै फार्ममा रहेको इनारभित्र भेटिएको थियो। राईको शव शनिबार राती भेटिएको हो। पक्राउ परेका ढुंगेल हायुका ज्वाई हुन्।…