Author: एनआरएन

काठमाडौं। सन्दीप लामिछानेले आफु नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नरहने घोषणा गरेका छन्। बुधबार सामाजिक सन्जालमा लेख्दै लामिछानेले नेपालका लागि भने खेलिरहने बताएका छन्। व्यक्तिगत र व्यावशायीक जिवनका लागि आफुले उक्त निर्णय लिएको उनको भनाई छ। सेन्ट्रल कन्ट्रयाक्टमा उनी ए श्रेणीमा रहेका थिए जसबापत क्यानले उनलाई मासिक एक लाख रुपैयाँ दिने गरेको थियो। सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुका लागि क्यानको आचारसंहिता छ जुन उनिहरुले पालना गर्नुपर्छ। तर यसमा नरहेर आफुलाई के फाइदा हुन्छ भनेर उनले खुलाएका छैनन्। कतै उनले नेपालबाट खेल्न छाड्ने मनस्थिती त बनाइरहेका छैनन्, उनको स्टाटसमा कमेन्ट गर्ने धेरैले आशंका व्यक्त गरेका छन्।   सेन्ट्रल कन्ट्रयाक्टमा रहेर खेल्दा उनलाई…

Read More

काठमाडौं। सबै कुरा ठिकठाक हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी हुन्थे। नेपालले ऐरीको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको हुन्थ्यो। तपाईलाई त्यस्तो लाग्छ की लाग्दैन ? सन् २०२१ को अन्त्यतिर तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एकाएक समाचारको हेडलाइन बनेको पक्कै विर्सिनु भएको छैन होला।हो, नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्रलाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाएपछि नेपाली क्रिकेटमा ठुलै हलचल भयो। क्यान आफैले खुलाएका आधार र कारणलाई हेर्ने हो भने उनिहरुले अनुशासन उल्लंघन गरेका थिए जुन उनिहरुलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट हटाउन पर्याप्त रहेको बताइएको थियो।क्यानले गरेको खेलाडीको ग्रेडिङका विषयमा असन्तुष्टी जनाएका उनिहरुले अन्य खेलाडीहरुलाई पनि भड्काएको…

Read More

काठमाडौं– राजस्रस्था पुनर्वहालीको एजेन्डा बोकेर मोर्चावन्दी गरिरहेका राप्रपा, राप्रपा नेपाललगायतलाई सरकारले त्यस्ता गतिविधि नगर्न सन्देश दिइरहेको छ।चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भएका घटनामा जिम्मेवारी ठहर्‍याउँदै प्रहरीले नेता रविन्द्र मिश्र, दुर्गा प्रसाईलगायतलाई एक महिनाभन्दा लामो समयदेखि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।राजावादीको प्रदर्शन भने रोकिएको छैन। सकडमा मास भने घट्दै गएको देखिन्छ। तर आन्दोलनको नेतृत्व गरिरहेका नेताहरु भने क्रमश एकजुट हुदैछन्।राजेन्द्र लिङ्देन,कमल थापा, नवराज सुवेदीहरु एक ठाउँमा उभिएर राजस्रंस्था फर्काउन मोर्चाैवन्दी गरिरहेका छन्। सरकारले भने राजावादी आन्दोलन अब सह्य नहुने बताइरहेको छ। सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि संविधान विरोधी गतिविधिलाई नियन्त्रण गरिने स्पष्ट पारेको छ।गृहमन्त्री रमेश लेखकले केही…

Read More

काठमाडौं। भारत र पाकिस्तानबीच युद्ध विराम भएको छ। भारतले मे ७ तारिखमा पाकिस्तान र पाकिस्तान प्रशासित विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेपछि दुई देशका सेनाबीच आक्रमण सुरु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लाग मध्यस्थता गरेका थिए। उक्त निर्णयपछि पाकिस्तानीमा खुसीयाली मनाइरहेको छ। पाकिस्तानले विजय प्राप्त गरेको रुपमा यसलाई त्यहाँ मनाइएको छ। यता भारतले भने पाकिस्तानको रक्षा प्रणालीलाई ध्वस्त बनाएको दावी गरेको छ। युद्ध विराम भएको जानकारी दिने कार्यक्रममा भारतीय सैन्य अधिकारीहरुले पाकिस्तानले अफवाह फैलाएको पनि दावी गरे। यता युद्ध विरामको सहमतीपछि दुवै देशले एक अर्कालाई उल्लंघन गरेको आरोप लगाएका छन्। सिमावर्ती क्षेत्रमा सैन्य हमला भइरहेको भन्दै…

Read More

काठमाडौं। भारत र पाकिस्तानबीच बढ्दो तनावको असर नेपालमा पनि देखिन थालेको छ। सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेदेखि संसदमा समेत कुराहरु उठिरहेका छन्। सांसदहरुले यी दुई देशमा रहेका नेपाली र नेपाली विधार्थीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख देवराज घिमिरेले रुलिङ पनि गरेका छन्। यस्तै नेपालस्थित भारतीय राजदुतले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। सरकारले दुई दिनअघि नेपाल जुनसुकै आतङ्कवादको विरुद्धमा रहेको धारणा सार्वजनिक गरेको थियो। प्रधानमन्त्री ओलीले आफ्नो देश छिमेकविरुद्ध प्रयोग हुन नदिनेमा सचेत रहेको भारतीय राजदुतलाई सन्देश दिएका छन्।

Read More

काठमाडौं। पाकिस्तानले भारतविरुद्ध औपचारिक रुपमा सैन्य हमला सुरु गरेको छ। अप्रेसन बुन्यान मर्सुस नाम दिएर पाकिस्तानले भारतका सैन्य अखडामा आक्रमण थालेको छ। त्यसअघि भारतले आफ्ना तीनवटा सैन्य हवाई बेसलाई लक्ष्यित गरेर आक्रमण गरेको पाकिस्तानले जनाएको छ। यसैबीच भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाको लगातारको आक्रमणमा परेर एक जिल्लास्तरका सरकारी अधिकारीको ज्यान गएको छ। भारत प्रशासित कस्मिरमा अप्रिल २२ तारिखमा २६ पर्यटकको हत्या भएपछि भारतले आतङ्कवादी र उनिहरुको गतिविधि भइरहेको क्षेत्र भन्दै मे ७ तारिखमा पाकिस्तान प्रशासित कस्मिर र पाकिस्तानका गरी विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेको थियो। पाकिस्तानले उक्त आक्रमणको जवाफ दिने बताउँदै आएको थियो। त्यसयता सैन्यस्तरमा आक्रमण भइरहेको छ।

Read More

काठमाडौं। भारत र पाकिस्तान सिमावर्ती शहरहरुमा निरन्तर सैन्य हमला भइरहेको छ। दुवै देशले एक अर्काको ड्रोन र मिसाइल हमलालाई निस्कृय बनाइरहेको दावी गरेका छन्। बिहीबार साँझ पाकिस्तानले सिमावर्ती श्रीनगर, अवन्तीपोरा, जम्मु, पथानकोट, अमृतसर, जलान्धर, लुधियाना, चन्द्रिगढ र बथिण्डामा हमला गरेको भारतको दावी छ। ती सबै आक्रमणलाई असफल बनाएको भारतले जनाएको छ। यस्तै बिहीबार दिउँसो भारतले पाकिस्तानका रावलपिण्डि, लाहोरजस्ता ठाउँमा हमला गरेको थियो। ती आक्रमण पनि आफुले असफल पारेको पाकिस्तानले दावी गरिरहेको छ। सम्भावित आक्रमणबीच बिहीबार साँझ भारत प्रशासित कश्मिरमा विजुली बन्द गरिएको थियो। आक्रमण हुने सक्ने खतराबीच विजुलीको लाइन काटिएको थियो। यस्तै धरमशालामा भएको पन्जाब र दिल्लीबीचको खेल पनि स्थगित…

Read More

काठमाडौं। भारत प्रशासित कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या भएको झन्डै २ सातापछि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा हवाई हमला भएको छ। भारतले आतङ्कवादीहरु लुकिरहेको आशंकामा ती क्षेत्रमा हमला गरेको हो। भारतकले पहलगाममा भएको हमलामा संलग्नहरुलाई पाकिस्तानले सहयोग गरेको दावी गर्दै आएको थियो। पाकिस्तानले भने यसलाई अस्विकार गर्दै आएको छ। उक्त घटनापछि भारतले पाकिस्तानमाथी आक्रमण गर्न सक्ने अनुमान हुँदै आएको थियो। बिबिसीका अनुसार भारतिय अधिकारीले विभिन्न ९ स्थानमा आक्रमण गरेको बताएका छन्। पाकिस्तानले तीन ठाउँमा आक्रमण भएको र ५ वटा भारतीय फाइटर जेटले झारेको दावी गरेको छ। भारतीय सन्चार माध्यमका अनुसार मध्यरात एक बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म मिसाई आक्रमण भएको…

Read More

काठमाडौं। क्रिकेटर आदिल आलममाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ-क्यानले सोमबार प्रतिबन्ध हटाएको हो। अब उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न खुला भएका छन्। यसअघि नेपाल टी-२० दौरान स्पट फिक्सिङ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनीमाथी प्रतिबन्ध लगाइएको थियो।  तर अदालतबाट उनले सफाई पाएका थिए। सफाई पाएपनि प्रतिबन्ध खुला भएको थिएन। प्रतिबन्ध फुकुवा भएसँगै अब आफु क्रिकेटमा फर्कने आदिलले उल्लेख गरेका छन्।

Read More

काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीको छनोटबाट बाहिरिएपछि हामिले यस विषयमा आइतबार भिडियो सामग्री तयार गरेका थियौँ। ५/६ वर्षदेखि लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका, कुनै समय विश्व कीर्तिमान बनाएका कुशल छनोटको पहिलो चरणबाटै बाहिरिनु क्रिकेट प्रेमीका लागि ठुलो समाचार हामीले ठान्यौँ। त्यसमाथी यसलाई ठुलो बनाउने विषय थियो एक साताअघि मात्र नेपाली क्रिकेटको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रशिक्षक स्टुवार्ट लको यो पहिलो नोटिसेबल कदम। हामीले बनाएको भिडियो त हेरि हाल्नु भयो। थमनेलमा हामीले लेखेर जिज्ञाशा राखेकमा थियौँ की अब कसो पालो आउँदै छ। मतलब, कुशल मल्लपछि अब टिमबाट बाहिर हुने ठुला खेलाडी को हुन् त ? एकछिन उक्त भिडियोमा आएका यी कमेन्ट्सहरुलाई हेरौँ हई।…

Read More