


Author: एनआरएन
काठमाडौं। १७ औँ नाडा अटो सो सम्पन्न भएको छ। स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आइतबार नाडा अटो सोको समापन गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको यस अटो सोलाई एक लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरु राखिएका थिए। उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको…
काठमाडौं। गत आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८१/८२ मा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि छ। अघिल्लो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९ सय ५७ रहेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३,३३,३०९ रहेको छ । अघिल्लो आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने ४ लाख ६० हजार एक सय २ थिए भने पुन श्रम स्विकृती लिनेको संख्या २ लाख ८१ हजार एक सय…
काठमाण्डौं – केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ’, प्रवक्ता काफ्लेले भने,’ मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’ त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र…
काठमाडौं। माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट भएको छ। सर्वसाधारणका लागि छुट्याइएको आईपीओ बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बाँडफाँट गरेको छ। साउन २६ देखि २९ गतेसम्म खुलाइएको आईपीओका लागि २२ लाख ५ हजार ८७१ जनाले आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् । यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।
काठमाडौं। प्रथम गुरुङले मेरो भ्वाइस युनिभर्स सिजन २ उपाधि जितेका छन्। शनिबार साँझ भएको फिनालेमा विजेताका रुपमा प्रथमको नाम घोषणा भएको हो। उनले एक करोड नेपाली रुपैयाँ पनि पाएका छन्। यस्तै सिटिजन्स लाइफ इन्सुरेन्सबाट ५० लाख रुपैयाँ बराबरको सुरक्षित जिवन विमा पनि प्राप्त गरेका छन्। टोपराज तामाङ फर्स्ट रनर अप र जुनु प्रसाई सेकेन्ड रनर अप बने। टोपराजले २५ लाख रुपैयाँ र जुनुले १० लाख रुपैयाँ पाएका छन्। यस्तै मेरो डान्स युनिभर्स सिजन २ विजेता रिस्ता गुरुङ बनेकी छिन्। उनले पनि एक करोड रुपैयाँ पाइन्। हङकङमा बस्दै आएकी रिस्ताले अन्य थुप्रै पुरस्कार जितेकी छिन्। अमृता राई फर्स्ट रनर अप बन्दै…
काठमाडौं । भारतले लिपुलेक पास आफ्नै भएको दावी दोहोर्याएको छ। लिपुलेक माथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भारतको भनाई छ। नेपालले लिपुलेक आफ्नो भएको दावी दोहोर्याएपछि भारतले प्रतिक्रिया जनाएको हो। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुने गरेको दाबी गरेका छन् । कोभिडका कारण केही वर्ष रोकिएको भएपनि अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको उनको दाबी छ । ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन’उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले अस्वीकार गर्ने बताउँदै स्पष्ट पारेका छन्। बाँकी सीमाका समस्याका विषयमा नेपालसँग…
काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसियसन (नाडा) सोको १७ औँ सस्करण मंगलबार राजधानीमा सुरु भएको छ। नाडाको आयोजनामा हरेक वर्ष हुने यो सो मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । अटो सोमा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी रहेको छ । अटो सोमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकको छ। यसपालिको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान महत्त्वपूर्ण…
काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो। डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन ढुंगानाले आदेश गरेका छन्। अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए । कानुन बनाएर मात्रै महिला तथा किशोरीहरुको डिम्ब निकाल्न र भण्डारण गर्न रिट निवेदकले माग गरेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतले डिजिटल मिडिया र सामाजिक सन्जाललाई दर्ता गरेर मात्र चलाउने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सिधाकुरा डटकमसँग सम्बन्धित अदालतको अवहेलना सम्बन्धी मुद्धाको फैसलाको पूर्ण पाठमार्फत उक्त आदेश जारी भएको छ। स्वदेशी वा विदेशी सबै प्रकारका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनमा आउनुअघि अनिवार्य रूपमा आधिकारिक निकायमा दर्ता गर्नुपर्ने पूर्णपाठमा उल्लेख छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित नौ न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ। जिम्मेवार र जवाफदेही बनाउन यस्तो कानुनी प्रबन्ध आवश्यक रहेको अदालतको ठहर छ। फैसलामा भनिएको छ, “स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा…
काठमाडौं। रौतहटको गौरमा १८ वर्षअघि २७ जना माओवादी कार्यकर्ता मारिएको घटनामा परेको जाहेरीमाथी अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। यो आदेशले तत्कालिन मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबसहित एक सय ३० जनामाथी अनुसन्धान गर्ने बाटो खुलेको छ। २०६३ चैत ७ गते गौरस्थित राइस मिलमा मधेशी जनाधिकार फोरका कार्यकर्ताको आक्रमणमा परेर माओवादी कार्यकर्ताको क्रुर हत्या भएको थियो। एकै ठाउँमा एकै दिन सभा आयोजना गर्नेक्रममा विवाद हुँदा फोरमका कार्यकर्ताले माओवादीले बनाएको मन्च भत्काउँदै पछि आक्रमणमा पनि उत्रिएका थिए। घटनामा मारिएकाका आफन्त र घाइतेले यादबकै योजनामा आक्रमण भएको भन्दै उनिसहित १ सय ३० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर राजनीतिक दाउपेचमा…