



Author: एनआरएन
काठमाडौं। नेपाल प्रहरीका एक सय २१ नायब उपरिक्षक-डीएसपीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार राती सरुवा निकालेको हो। यो सरुवाले केही जिल्ला, वृतलगायत युनिटहरुको नेतृत्व फेरिएका छन्। हेर्नुस्- को कहाँ पुगे ?
काठमाडौं। कश्मिरमा २६ जनाको जनाको ज्यान जाने गरी भएको हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको दावी गर्दै बुधबार बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी-सिसिएसले आफ्नो देशमा रहेका पाकिस्तानी नागरिकलाई छाड्न ४८ घण्टा र मे १ सम्मको समय सिमा दिने निर्णय गरेको छ। सार्क क्षेत्रीय सुविधाको भिसा प्राप्त पाकिस्तानीलाई भारत छाड्न ४८ घण्टाको समय दिइएको छ। यस्तो भिषा सरकारी अधिकारीलगायतलाई दिने गरिएको थियो। यस्तै सामान्य भिषामा भारतमा रहेका पाकिस्तानीलाई मे १ सम्म छाड्न समय सिमा दिइएको छ। यसबाहेक भारत-पाकिस्तान ओहोरदोहोर हुने र ब्यापार जोड्ने मुख्य स्थल नाका अत्तरी पनि तत्काल बन्द गर्ने निर्णय सिसिएसले गरेको छ।…
काठमाडौं। आफुलाई सामाजिक अभियन्ता दावी गर्ने आशिका तामाङ व्यक्तिका गोपनियता भंग गर्ने स्तरमा क्रियाकलाप गर्दै आइरहेकी छिन्। पछिल्ला उनका गतिविधिहरु अझ विवादित बन्दै गइरहेका छन्। तर उनी ती क्रियाकलाप गर्न रोकिने अवस्थामा देखिन्नन्। उनी यसअघि थुनामा पनि पुगेकी थिइन्। तर बाहिर निस्किएपछि उनका पुराना गतिविधिहरुले तिव्रता पाइरहेका छन्। आफुलाई बर्दि विनाको प्रहरी भन्दै थर्काउँदै गरेका कुराकानी, त्यसको भिडियो रेकर्ड र सामाजिक सन्जालमा राख्ने क्रम उस्तै छ। हामीले यस विषयमा साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौँ।
काठमाडौं। भारत प्रशासित कश्मिरको पर्यटकीय क्षेत्रमा मंगलबार कम्तिमा २६ जनाको गोली हानी हत्या भएको छ। उक्त घटनाको विश्वभरका नेताहरुले निन्दा गरेका छन्। बन्धुकधारीले पर्यटकको समूहलाई लक्ष्यित गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। पहलगाममा उक्त घटना भएको थियो। भारतीय सुरक्षा अधिकारीले आक्रमण कसले गरेको थियो भन्ने स्पष्ट नपारे पनि कश्मिरमा भारतको शासनविरुद्ध लडिरहेका समूहमध्येबाट भएको हुन सक्ने अनुमान गरेका छन्। उनिहरुका अनुसार कम्तिमा ४ जना बन्धुकधारीले नजिकैबाट अन्धाधुन्द आक्रमण गरेका थिए। आक्रमणकारीको खोजी भइरहेको सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। भारतको स्विट्जरल्यान्ड भनिने कश्मिरमा पर्यटक लक्ष्यित आक्रमण दुर्लभ घटना हो। कश्मिर पाकिस्तानी भुभाग दावी गर्दै…
काठमाडौं। कुनै समयका विश्व चर्चित फुटबलर रोर्बटो कार्लोस नेपाल आईपुगेका छन्। कार्लोस मंगलबार बिहान काठमाडौं उत्रिएका हुन्। नेपाल सुपर लिग-एनएसएलको निमन्त्रणामा ब्राजिलियन कार्लोस नेपाल आउने पक्का भएको थियो। केही समय अघि केपी ओली कप फुटबलमा विश्व चर्चित जियाँनलुइगी बुफोन नेपाल आएका थिए। केपी ओली कप आयोजकले बुफोनलाई नेपाल ल्याएको थियो। फ्रेन्चाइज फर्म्याटको नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा बुधबार धनगढी एफसी र पोखरा थन्डर्स भिड्दैछन्। पहिलो क्वालिफायरमा धनगढीलाई हराउँदै ललितपुर सिटी फाइनल पुगिसकेको छ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि कक्षा १२ को परिक्षा स्थगित भएको छ। राष्ट्रिय परिक्षा बोर्डले मंगलबार साँझ दुई दिनपछि सुरु हुने परिक्षा स्थगित गर्ने निर्णय गरेको हो। उक्त परिक्षा बैशाख ११ गतेबाट सुरु हुँदै थियो। अब यो परिक्षाका लागि अर्को मिती बैशाख २१ गते तोकिएको छ। सरकारी शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलन बाबजुत बोर्डले परिक्षा स्थगित नगर्ने निर्णय मंगलबार बिहान मात्र गरेको थियो। आन्दोलनरत देशभरका शिक्षकहरुले आफ्ना मागहरु पुरा नभएसम्म काठमाडौं नछाड्ने अडान लिइरहेका छन्। सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएकी थिइन्।
काठमाडौं। शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छिन्। सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएकी हुन्। देशभरका सरकारी शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन र शैक्षिक हड्ताल चर्काइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छिन्। शिक्षकहरु २० दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। दैनिक १२ बजेदेखि ३ बजेसम्म माइतिघरदेखि नयाँ बानेश्वरसम्म उनिहरु हजारौँको संख्यामा उत्रिएर प्रदर्शन गर्ने गरेका छन्।
काठमाडौं– राजसंस्था पुर्नवहालीको एजेन्डा बोकेर आइतबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने घोषणा गरेको राप्रपाका शीर्षस्थ नेताहरु पक्राउ परेका छन्। प्रहरीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, सांसद ज्ञानेन्द्र शाहीलगायतलाई पक्राउ गरेको छ।संसदीय दलको कार्यलयबाट बाहिर निस्कँदै गर्दा प्रदर्शन गरेको भन्दै उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। लिङदेनसहितका नेताहरु नयाँ बानेश्वरतर्फ अगाडी बढ्ने तरखरमा थिए।उता नयाँ बानेश्वरमा राप्रपा समर्थकको भिडले पार्टी नेताहरुलाई पर्खिरहेको थियो। चैत १५ गतेको आन्दोलनमा पक्राउ परेका पार्टीका नेताहरुलाई रिहा गर्नुपर्नेलगायत माग राखेर राप्रपाका नेताहरु आइतबार अघोषित रुपमा गिरफ्तार दिन तयार देखिएका थिए। साँझ प्रहरीले लिङ्देनलगायत नियन्त्रणमा लिइएका सबैलाई रिहा गरेको छ।
काठमाडौं। वर्षा वाधक बनेपछि आगामी वर्ष आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ। घरेलु मैदानमा भइरहेको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा खेल रद्ध भएर अफगानिस्तानसँग अंक बाँढेपछि नेपाल अगाडि बढ्न सकेन। अफगानिस्तानसँग समान अंक भएपनि नेपाल नेटरनरेटका आधारमा दोस्रो स्थानमा रहेर विश्वकप पुग्न नसकेको हो। ५ टोली सहभागी रहेको एसियाली छनोटबाट एक टोली मात्र विश्वकप पुग्ने प्रावधान थियो। अफगानिस्तान र नेपाल दुवैले जारी छनोटका आफ्ना अघिल्ला सबै तीन खेल जितेका थिए। नेपालले हालसम्म ८ पटक आईससिसी यू-१९ विश्वकप खेलेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो २ बजे रद्ध भएको…
काठमाडौं । तपाई हामी सबैलाई थाहा नै छ, नेपालले अहिले घरेलु मैदानमा आईसिसी यू-१९ विश्वकपको एसियाली छनोट खेलिरहेको छ र सुरुका लगातार तीन खेल जितेको छ। तर शनिबार हुने अन्तिम खेलमा अफगानिस्तानलाई हराउन नसके यी जितहरुको कुनै अर्थ हुने छैन। अफगानिस्तानलाई हराउन सके मात्र नेपालले यो प्रतियोगिता खेल्नुको लक्ष्य पुरा गर्ने छ र विश्वकप पुग्ने छ। यो प्रतियोगिताबाट एक टोली मात्र विश्वकप पुग्ने भएकाले नेपालले त्यतिबेला मात्र यो सफलता हात पार्ने छ जब अफगानिस्तानलाई हराउने छ। अफगानिस्तानलाई हराएमा मात्र नेपालले विश्वकपमा स्थान बनाउछ भनेर यो प्रतियोगिता अघि नै अनुमान र विश्लेषण भएको कुरा हो। अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्नु…