



Author: एनआरएन
काठमाडौं। प्रथम गुरुङले मेरो भ्वाइस युनिभर्स सिजन २ उपाधि जितेका छन्। शनिबार साँझ भएको फिनालेमा विजेताका रुपमा प्रथमको नाम घोषणा भएको हो। उनले एक करोड नेपाली रुपैयाँ पनि पाएका छन्। यस्तै सिटिजन्स लाइफ इन्सुरेन्सबाट ५० लाख रुपैयाँ बराबरको सुरक्षित जिवन विमा पनि प्राप्त गरेका छन्। टोपराज तामाङ फर्स्ट रनर अप र जुनु प्रसाई सेकेन्ड रनर अप बने। टोपराजले २५ लाख रुपैयाँ र जुनुले १० लाख रुपैयाँ पाएका छन्। यस्तै मेरो डान्स युनिभर्स सिजन २ विजेता रिस्ता गुरुङ बनेकी छिन्। उनले पनि एक करोड रुपैयाँ पाइन्। हङकङमा बस्दै आएकी रिस्ताले अन्य थुप्रै पुरस्कार जितेकी छिन्। अमृता राई फर्स्ट रनर अप बन्दै…
काठमाडौं । भारतले लिपुलेक पास आफ्नै भएको दावी दोहोर्याएको छ। लिपुलेक माथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भारतको भनाई छ। नेपालले लिपुलेक आफ्नो भएको दावी दोहोर्याएपछि भारतले प्रतिक्रिया जनाएको हो। भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुने गरेको दाबी गरेका छन् । कोभिडका कारण केही वर्ष रोकिएको भएपनि अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको उनको दाबी छ । ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन’उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले अस्वीकार गर्ने बताउँदै स्पष्ट पारेका छन्। बाँकी सीमाका समस्याका विषयमा नेपालसँग…
काठमाडौँ — नेपाल अटोमोबाइल्स एसोसियसन (नाडा) सोको १७ औँ सस्करण मंगलबार राजधानीमा सुरु भएको छ। नाडाको आयोजनामा हरेक वर्ष हुने यो सो मंगलबार भृकुटीमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । मंगलबारदेखि सुरु भएको नाडा अटो सो आगामी भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । अटो सोमा १२५ बढीले अटो र यससँग सम्बन्धित ब्रान्डको प्रदर्शनी रहेको छ । अटो सोमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकको छ। यसपालिको प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट, अत्याधुनिक चारपांग्रे रोबोट्स र डिपलको इभीटोल युएभी (उड्ने सवारी) रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान महत्त्वपूर्ण…
काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीहरूबाट डिम्ब निकाल्न र भण्डारण नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो। डिम्ब निष्काशन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन ढुंगानाले आदेश गरेका छन्। अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए । कानुन बनाएर मात्रै महिला तथा किशोरीहरुको डिम्ब निकाल्न र भण्डारण गर्न रिट निवेदकले माग गरेका थिए।
काठमाडौँ । सर्वोच्च अदालतले डिजिटल मिडिया र सामाजिक सन्जाललाई दर्ता गरेर मात्र चलाउने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सिधाकुरा डटकमसँग सम्बन्धित अदालतको अवहेलना सम्बन्धी मुद्धाको फैसलाको पूर्ण पाठमार्फत उक्त आदेश जारी भएको छ। स्वदेशी वा विदेशी सबै प्रकारका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनमा आउनुअघि अनिवार्य रूपमा आधिकारिक निकायमा दर्ता गर्नुपर्ने पूर्णपाठमा उल्लेख छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित नौ न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ। जिम्मेवार र जवाफदेही बनाउन यस्तो कानुनी प्रबन्ध आवश्यक रहेको अदालतको ठहर छ। फैसलामा भनिएको छ, “स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा…
काठमाडौं। रौतहटको गौरमा १८ वर्षअघि २७ जना माओवादी कार्यकर्ता मारिएको घटनामा परेको जाहेरीमाथी अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। यो आदेशले तत्कालिन मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबसहित एक सय ३० जनामाथी अनुसन्धान गर्ने बाटो खुलेको छ। २०६३ चैत ७ गते गौरस्थित राइस मिलमा मधेशी जनाधिकार फोरका कार्यकर्ताको आक्रमणमा परेर माओवादी कार्यकर्ताको क्रुर हत्या भएको थियो। एकै ठाउँमा एकै दिन सभा आयोजना गर्नेक्रममा विवाद हुँदा फोरमका कार्यकर्ताले माओवादीले बनाएको मन्च भत्काउँदै पछि आक्रमणमा पनि उत्रिएका थिए। घटनामा मारिएकाका आफन्त र घाइतेले यादबकै योजनामा आक्रमण भएको भन्दै उनिसहित १ सय ३० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर राजनीतिक दाउपेचमा…
काठमाडौं। हमासद्धारा अपहृत नेपाली युवक विपिन जोशीको रिहाई माग गर्दै इजरायल पुगेका उनकी आमा र बहिनीलाई त्यहाँका राष्ट्पतीले भेटेका छन्। राष्ट्रपति आईज्याक हरजगले आइतबार आमा पद्मा र बहिनी पुष्पालाई भेटेका हुन्। पुष्पा र पद्माले विपिनको रिहाईका लागि पहल गरिदिन राष्ट्रपति हरजगसँग आग्रह गरेका छन्। अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमास समूहले इजरायलमा आक्रमण गर्नेक्रममा कब्जामा लिएर लगेको थियो। उनको अवस्था के छ भन्ने अझै यकिन हुन सकेको छैन। हमासले यसवीचमा कब्जामा लिएका थुप्रैलाई रिहा गरेपनि विपिनलगायत केही अझै बाँकी छन्।
काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २२ औँ संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गर्यो । मनोनयनमा उसुका विजय सिन्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल परेका छन् । आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी आईएमई खल्तीबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आसिस गौतमले…
काठमाडौं : बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई एक घण्टा ३ मिनेट ३० सेकेन्ड बोल्दै संबोधन गरे। सरकारका कामकारबाही र सरकारमाथी उठाइएका प्रश्नको सेरोफेरोमा रहेर उनले बोलेका थिए। समसामहिक भनेपछि स्वभाविक थियो- उनले पक्कै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र रवि लामिछानेमाथी बोल्नेछन्। तर ओलीले के बोल्छन् चासोपूर्वक हेरिएको थियो। किनभने सार्वभौम संसदमा उभिएर प्रधानमन्त्रीले बोल्ने कुरालाई चासोपुर्वक हेरिने गरिन्छ। महत्वपूर्ण मानिन्छ। पछिल्लो समय रवि लामिछानेलाई जेलमा अमानवीय तरिकाले राखिएको भन्दै सरकारको आलोचना भइरहेको थियो। राष्ट्रिय मानव अधिकार आयोगले समेत रुपन्दहीस्थित जिल्ला कारागार पुगेर लामिछानेलाई राखिएको कोठा निरिक्षण गर्यो। आयोगका प्रतिनिधिले सरकारको ध्यानाकर्षण गराए। रवि स्वयंले आफुलाई काठमाडौको कारागारमा सार्न…
काठमाडौं। नेपाल ओलम्पिक कमिटी-एनओसीका लागि भन्दै तदर्थ समिति बनेको छ। पूर्व अध्यक्ष तथा सांसद ध्रुवबहादुर प्रधानको अध्यक्षतामा तदर्थ समिती बनेको छ। राखेप र खेलकुद मन्त्रालयले जिवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी कार्यसमितीलाई अवैध भन्दै आएको छ। श्रेष्ठ विधान संसोधन गरेर तेस्रो कार्यकालका लागि एनओसी अध्यक्ष बनेका थिए। त्यसपछि असन्तुष्टि समूहले राखेप र सरकारलाई गुहारिरहेको थियो। मंगलबार प्रकाशित एक विज्ञप्तीअनुसार २३ वटा खेल संघको बैठकले तदर्थ समिति बनाएको उल्लेख छ। केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नेपाल ओलम्पिक कमिटी दर्ता गर्न निर्देशन दिएका थिए। त्यसपछि तदर्थ समिती बनेको हो। हाल सातदोबाटोस्थित एनओसी कार्यालयमा जिवनराम नेतृत्वको समितीलाई प्रवेश निषेध गरिएको छ।…