


Author: एनआरएन
काठमाडौं। Li Ning ले नेपालको राष्ट्रिय बास्केटबल टिमका लागि थप ४ वर्ष प्रायोजन सम्झौता गरेको छ। नेपालको आधिकारिक विक्रेता चाइना ट्रेड लिंक कम्पनी प्राली र नेपाल बास्केटबल संघबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भयो। कम्पनीका तर्फबाट सीईओ राजन महर्जन र संघका तर्फबाट अध्यक्ष भीमसिंह गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताबापत Li Ning ले यू-१८ र त्योभन्दा माथीका महिला/पुरुष राष्ट्रिय टोलीका लागि जर्सीलगायत सामग्रीहरु उपलब्ध गराउने छ। चार वर्षअघि देखि Li Ning ले नेपाल बास्केटबल टिमसँग सहकार्य गर्दै आएको छ।
काठमाडौं। घरेलु टोली मेक्सिकोले २३ औँ विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। बिहीबार राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलले हरायो। घरेलु टोलिका जुलियान क्विनोनेस र राउल जिमिनेजले गोल गरे। नवौँ मिनेटमा अग्रता लिएको मेक्सिकोले मध्यान्तरको सुरुवातमै थप बलि यो हुने अवस्था बन्यो जब ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका खेलाडीले सोझै रातो कार्ड पाए। ६७ औँ मिनेटमा जिमिनेजले गोल थपेका थिए। दक्षिण अफ्रिकाले ८४ औँ मिनेटमा अर्को रातो कार्ड पाएको थियो भने मेक्सिकोका खेलाडीले पनि इन्जुरी समयमा रातो कार्ड पाए।
काठमाडौं। फिफा विश्वकप फुटबलको २३ औँ संस्करण आजबाट अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदै छ। राती हुने पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दैछन्। विश्वकपमा विश्वभरबाट छनोट भएर आएका ४८ टिम सहभागी हुँदैछन्। पहिलो चरणमा ४/४ वटा टिमका १२ वटा समूह रहेका छन्। समूहका विजेता र उपविजेतासँगै ८ वटा सर्वोत्कृष्ट तेस्रो टोलीले अन्तिम-३२ को यात्रा तय गर्नेछन्। अर्जेन्टिना प्रतियोगिताको साविक विजेता हो। फ्रान्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो। ब्राजिल सर्वाधिक ५ पटकको विजेता रहेको छ।
काठमाडौं। नेपाल जारी एसिसि महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलबाटै बाहिरिएको छ। बुधबार भएको खेलमा नेपाल, थाइल्यान्डसँग ५६ रनले पराजित भयो। पहिला ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई एक सय ३१ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र जोड्न सक्यो। नेपालका लागि सोनी पाख्रिनले १५, सम्झना खड्काले १२, रुबिना क्षैत्रीले २० र सिता रानामगरले १२ रन बनाए। रुबी पोदारले खाता खोल्न सकिनन् भने पुजा महतोले २ रन बनाइन्। इन्दु बर्मा ७, कविता कुँवर १ र कविता जोशी ४ रन जोडेर आउट भए।
काठमाडौं। DGO एपबाट पुरा फिफा विश्वकप केवल ५४९ रुपैयाँमा हेर्न सकिने भएको छ। डिसहोम डिजिटल प्रालीका अनुसार नेपाली कमेन्ट्री र उच्च गुणस्तरसहित १ सय ४ वटै खेलहरु DGO एपबाट मोबाइलमा हेर्न सकिने छ।
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखे । ‘प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘ “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।’ सार्वभौम संसदका माननीज्यूहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको…
काठमाडौं। वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीहरूको संख्या घटे पनि रेमिट्यान्स भने बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आवको सुरुको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर जम्मा १३.३ प्रतिशत मात्र थियो। वैशाख महिनामा मात्रै रेमिट्यान्स संकलनमा ठुलो रेकर्ड कायम भएको छ। वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ नेपाल भित्रिएको छ, जबकि अघिल्लो वर्षको वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ मात्र आएको थियो। राष्ट्र बैंकका अनुसार नयाँ श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या भने गत वर्षको ४…
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको १० महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। समीक्षा अवधिमा देशको विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा ६.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८३ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ। यसैगरी खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित) ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ३२.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ४ खर्ब ३८ अर्ब ५२ करोड अर्थात् २२.० प्रतिशतले बढेको थियो। खुला बजार कारोबार र नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरी अधिक तरलता…
काठमाडौं । गृहमन्त्रीमा फर्किएका सुदन गुरुङले राजदरबार हत्याकान्डको फाइल खोल्ने निर्णय गरेका छन्। पदभार ग्रहणपछि पत्रकार सम्मेलन गर्दै उनले २५ वर्ष पुरानो घटनाको फाइल खोल्ने निर्णय गरेका हुन्। राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए । गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन तयार गर्न कार्यदल बनाउने निर्णय भएको पनि जानकरी दिए। यस्तै गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गठन गर्ने निर्णय पनि भएको छ।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गृहमन्त्रीमा सुदन गुरुङलाई फर्काएका छन्। मंगलबार प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्री नियुक्त गरे। स्वतन्त्र सांसद महाविर पुन पनि मन्त्री बनेका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि सम्पत्ती स्रोतमाथी प्रश्न उठेपछि तत्कालिन गृहमन्त्री गुरुङले राजिनामा दिएका थिए। न्यायधिशस्तरीय छानबिन समितीले हालै मात्र प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदन सार्वजनिक नगरिकन बालेनले गुरुङलाई पुन गृहमन्त्रीमा नियुक्त गरेर उनले क्लिन चिट पाएको सन्देश दिएका छन्। गुरुङले राजिनामा दिएपछि प्रधानमन्त्री बालेनले आफै गृहमन्त्रालय सम्हालिरहेका थिए।
