Author: एनआरएन

काठमाडौं : तिब्बतमा हिउँ चट्टान फुटेर गएको पहिरोले नेपालमा भोटेकोशी र त्रिशुली नदीमा ल्याएको हिलोसहितको बाढीले हालसम्म ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ। अझै २ हजार ५ सय २ जना सम्पर्क विहिन रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जलविधुत् आयोजनाबाट ९ सय ३३, रसुवाबाट ५ सय ६२, नुवाकोटबाट एक सय १५ जना र ५ सय ९२ जना विदेशी नागरिक सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार भएको छ।

Read More

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक…

Read More

काठमाडौं: के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री आज पठाउँदै छ। यस पहिलो चरणको राहत अभियान अन्तर्गत ३० लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ। गहुँको पिठो र खाने तेल, बिस्कुट, चिउरा, दालमोठ र विभिन्न मसलाहरू पठाउन लागिएको हो। वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै…

Read More

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन्। ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन्। नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक–फरक छन्। अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ।…

Read More

काठमाडौं। कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोगार्थ ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सामाजिक उत्तरदायीत्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो। साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब रु.३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ ।हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका…

Read More

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोगार्थ २५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख गरी कुल रु.२५ लाख सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।…

Read More

काठमाडौं। बुधबार बिहान रसुवाको भोटेकोशीमा तिब्बतबाट पसेको बाढीले ठुलो क्षती पुगेको छ। भोटेकोशी र त्रिशुलीसँग तटीय क्षेत्रमा ठुलो भौतिक तथा मानवीय क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। रसुवागढी नाका र त्रिशुली बजार बाढीले बगाएको छ। एक्कासी आएको बाटीले नदी आसपासका बस्ती, पुल र सडकहरु बगाएको छ। बाढीको प्रभाव रसुवा, नुवाकोट, चितवन, धादिङलगायत जिल्लामा परेको छ। नेपाली सेना,शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायत उद्धारमा खटिएका छन्। नेपाली सेनाका ७ तथा निजी क्षेत्रका ८ गरी जम्मा १५ वटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको छ। बुधबार साँझसम्म कम्तिमा ७२ जनाको शव भेटिएको छ। कति मानिस बेपत्ता छन्, यकिन छैन। भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो…

Read More

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार नै ३० हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अनुसार पहिलो दिन नयाँ मोडलका कार, विद्युतीय सवारीसाधन, मोटरसाइकल, स्कुटर तथा बसबारे अवलोकनकर्ताको उल्लेख्य चासो देखिएको छ। प्रदर्शनीमा राखिएका नयाँ मोडलका सवारीसाधनसँगै रोबोट र नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटरले समेत दर्शकको ध्यान खिचेका छन्। विशेषगरी विद्युतीय सवारीसाधनमा उपलब्ध रेन्ज, मूल्य, पावर, चार्जिङ समय र वारेन्टीका विषयमा ग्राहकले कम्पनीका प्रतिनिधिसँग जानकारी लिएका थिए। यस वर्षको अटो शोमा कम्पनीहरूले सस्तो पारिवारिक सवारीसाधनदेखि २ करोड ३० लाख रुपैयाँसम्मका विलासी गाडी सार्वजनिक गरेका छन्। विभिन्न मूल्य वर्गका…

Read More

काठमाडौं। प्रहरीबाटै बलात्कारजस्तो गम्भिर अपराधमा आरोपितसँग भइरहेको सोधपुछको भिडियो खिचेर सार्वजनिक भएपछि यसले गम्भिर प्रश्न उठाएको छ। बारामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका १६ वर्षीय बालकसँग स्वास्थ्यकर्मीले गरिरहेको भिडियो प्रहरीले खिचेर सार्वजनिक गरेका थिए। यसले सडकदेखि संसदसम्म कुरा उठेको छ। सत्तारुढ रास्वपाकै सांसद तथा पार्टी महामन्त्री विपिन आचार्यले यो गम्भिर विषय भएको बताए। उनले समाजलाई कता लैजान लागेको भन्दै प्रश्न समेत गरेका छन्। यो घटनामा भिडियो खिचेर बाहिर ल्याउने प्रहरी हवल्दारलाई पक्राउ गरिएको छ। सार्वजनिक भएको भिडियोमा अन्य प्रहरीले पनि भिडियो खिचिरहेको देखिन्छ। सादा पोसाकमा रहेका व्यक्तीले पनि भिडियो खिचिरहेको देखिन्छ। तर बाहिर एउटाबाहेक भिडियो आएको…

Read More

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार_ सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ।यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ।सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिनुभएको छ।राजस्व चुहावट रोकेर ‘मिसन…

Read More