Author: एनआरएन

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौलाले बाजी मारेका छन्। १५ औँ महाधिवेशनबाट उनिहरु निर्वाचित भएका हुन्। उपसभापतिका दुई खुला पदमा भण्डारी र आचार्य तथा समावेशी पदमा चौधरी निर्वाचित भएका हुन्। उपसभापतिमा भण्डारीले ३ हजार ७३५ मत प्राप्त गरे। आचार्यले २ हजार ३४२ मत पाएर दोस्रो स्थान हासिल गरे भने समावेशी समूहबाट निर्वाचित चौधरीले १ हजार ७४५ मत प्राप्त गरे। महामन्त्रीका दुई खुला पदमा पौडेल र राणा विजयी हुँदा महिला पदमा संग्रौला निर्वाचित भएकी छन्। पौडेलले सबैभन्दा बढी ४ हजार १९४ मत प्राप्त…

Read More

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २ सय ११ रनमा सिमित भयो। क्यानडाविरुद्ध नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी र नन्दन यादबले २/२ विकेट लिए। त्यसअघि नेपालको पालीमा रोहित पौडेलले एक सय एक रन बनाएका थिए। गुल्सन झाले ४८ र बासिर अहमदले ३० रन बनाएका थिए। यो जितपछि नेपाल ३३ खेलबाट २६ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३४ खेल खेलेको क्यानडाको २५ अंक रहेको छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतदानपछि गरिएको मतगणनामा थापा सभापतिमा निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाएका छन्। मतगणनाका क्रममा ५४ मत बदर भएको थियो। निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए। यसअघि विशेष महाधिवेशनबाट थापा सभापतीमा निर्विरोध निर्वाचित भएका थिए।

Read More

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एक घरमा छापा मारी ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी मूल्यको साढे २१ किलो अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा ‘अपरेसन ब्राभो गोल्फ’ नाम दिएर चलाइएको उक्त कारबाहीका क्रममा अवैध सुन प्रशोधन कारखाना सञ्चालन गरिरहेका तीन जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा चीनको जियाङ्सु तथा ग्वाङडोङका २७ वर्षीय हान फेइ, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन्। उनीहरू सबै जना पर्यटकीय भिसामा हङकङ हुँदै नेपाल आएका हुन्। ४ किलोको सूचना, छापा मार्दा भेटियो २१ किलोभन्दा बढी प्रहरीलाई बुढानीलकण्ठ क्षेत्रमा चिनियाँ…

Read More

काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्। त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न…

Read More

काठमाडौंं : कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षकहरुले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरण मार्फत सहभागी महिला चिकित्सकहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरेका थिए । डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्व बारे प्रकाश पारिन्। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विषयमा अनुपमा सङग्रौला तथा बैंकको तर्फबाट डिजिटल अपरेशन विभागका प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत…

Read More

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिए। कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिवि सभाको ६७औं वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताए। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिए। क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। यस सन्दर्भमा उहाँले निर्देशन दिँदै भने,प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्याङ्कन,…

Read More

काठमाडौं : नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो । सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश समेत पारित गरेको छ । साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो । साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस…

Read More

काठमाडौं। नेपाल उधोग वाणिज्य महासंघको खेलकुद तथा मनोरञ्जन समितिमा लि निङ नेपालका सीईओ राजन महर्जन नियुक्त भएका छन्। खेलकुदमा उनको लामो अनुभव र सक्रियताको पृष्ठभूमीमा एफएनसिसीआईले महर्जनलाई समिती सदस्यमा नियुक्त गरेको हो। महर्जन पूर्व खेलाडी पनि हुन् र हाल ललितपुरको गोदावारी उधोग वाणिज्य संघका अध्यक्ष रहेका छन्। उनी आबद्ध रहेको लि निङ नेपालले नेपालका विभिन्न खेल संघ र खेलाडीहरुलाई प्रायोजन गरिरहेको छ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेल लगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने। उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ । थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित…

Read More