काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईको मासिक तलब १०० प्रतिशतभन्दा बढीले बढाएर दुई हजार अमेरिकी डलर पुर्याएको छ । यससँगै उनको मासिक तलब अब २ लाख ६८ हजार रुपैयाँ पुगेको छ, पछिल्लो डलर सटही दरअनुसार । एन्फा महासचिवले यसअघि एक लाख २० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका थिए । एन्फा कार्यसमितिले नियुक्त र मनोनीत ८ पदाधिकारीले मासिक तलब पाउँछन् । एन्फामा महासचिव, कोषाध्यक्ष र सीईओ नियुक्त गरिन्छन् भने तीन सहमहासचिव र सह-कोषाध्यक्ष मनोनीत गरिन्छ । यसरी नियुक्त तथा मनोनीत गरिएकाहरुसँग भोटिङ राइट्स भने हुँदैन । तीन जना सहमहासचिवले जनही मासिक ७५ हजार रुपैयाँ तलब पाउँछन्…
Read More