Author: एनआरएन

काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउदा लागेको झन्डै १८ करोड रुपैया रिण र त्यससग जोडिएर अदालतमा परेका मुद्धाको भारी बोकेर उकुसमुकुस हुुदै हिडिरहेका चर्चित कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस फेरी अर्को कानुनी झमेलामा परेका छन्। करडौं लगानी गरेर धुर्मुसका भाइ कुमारसहितको टिम जेपिटि प्रोडक्सनले निर्माण गरेको फिल्म लाज शरणममार्फत धुर्मुस आफ्नो जिवनमा परेको विपद्बाट भेन्टिलेसन खोजिरहेका थिए। यो फिल्ममा धुर्मुसको भूमिका निर्माण पक्षले गोप्य राखेको थियो। धुर्मुसमाथी एकातर्फ धुर्मुस सुन्तली फाउन्डेसनले संकलन गरेको चन्दा अपचलन गरेको आरोप लागिरहेको थियो भने अर्कातर्फ उनी सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण जिम्मा लिएर भुक्तानी नगर्दा १८ करोड रुपैया रिणको भारी बोकिरहेका थिए। सार्वजनिक…

Read More

काठमाडौं। फोर नेसन्स महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले किर्गिजस्तानलाई १-० गोलले हराएको छ। सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिजस्थानमाथी जित हात पार्न निकै संघर्ष गर्नु पर्‍यो। नेपालको जितमा विमला चौधरीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। नेपाल अग्रपंक्तीमा बारम्बार चुक्यो। रेखा पौडेल र दोस्रो हाफमा मैदान छिरेकी सावित्रा भण्डारी फिनिसिङमा कमजोर देखिए। नेपालले आगामी खेलमा लेबनान र म्यानमारसँग खेल्ने छ।

Read More

काठमाडौं। भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययन गरिरहेकी २० वर्षीया नेपाली छात्रा मृत भेटिएपछि उक्त कलेजले त्यहाँ अध्ययन गरिरहेका ५ सयभन्दा बढी नेपाली विधार्थीलाई तत्कालै घर फर्कन उर्दी जारी गरेको छ। बि टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृती लम्साल आइतबार साँझ कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। सोमबार त्यस कलेजमा अध्ययन गरिरहेका नेपाली विधार्थीले कलेजले लापरबाही गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए। त्यसपछी कलेज प्रशासनले तत्कालै होस्टल खाली गर्न नेपाली विधार्थीलाई निर्देशन दिएको थियो। नेपाली विधार्थीहरु हताहतार होस्टलमा रहेका सामानहरु लिएर निस्कन बाध्य भएका थिए। उनिहरुले बस र ट्रेन चढेर त्यो ठाउँ छाडेको भारतिय सन्चार माध्यमहरुले जनाएका छन्। कतिपयले आफुहरुसँग…

Read More

काठमाडौं– नेपालमा सोमबारदेखि सुरु हुन लागेको फोर नेसन्स कप वुमन्स फुटबल प्रतियोगिता खेल्न सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छिन्। फ्रान्समा व्यावशायीक फुटबल खेलिरहेकी साम्बा सोमबार बिहान नेपाल आइपुगेकी हुन्। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा पहिलो दिन किर्गिजस्तानसंग खेल्दै छ। साम्बाले प्रतियोगिता जित्ने विश्वास व्यक्त गरेकी छिन्।

Read More

काठमाडौं। सोमबारदेखि दशरथ रंगशालामा चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै छ। प्रतियोगितामा नेपालसहित लेबनान, किर्गिजस्तान र म्यानमार सहभागी हुँदैछन्। प्रतियोगितामा वरियताका आधारमा म्यानमार सबैभन्दा बलियो देखिएको छ। लेबनानलाई नेपालले वाफ च्याम्पियनसिपको सेमिफाइनलमा हराएको थियो। प्रतियोगिताको पूर्व सन्ध्यामा हामीले नेपालका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बासँग कुराकानी गरेका थियौँ।

Read More

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छाननिवन गर्न आठ सदस्यीय छानविन समिति गठन गरेका छन्। आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन भएको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव छन्। साथै समितिमा एक जना विष्पोटक पदार्थ…

Read More

काठमाडौं। सरकारले सामाजिक सन्जालको नियमन र यसबाट हुने अपराध र त्यसमा हुने सजायको व्यवस्था गर्दै संसदमा विधेयक लगेको छ। प्रस्तावित ऐनका व्यवस्थालाई लिएर यतिबेला प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका पक्षधरहरुले चर्को विरोध गरिरहेका छन्। संसदले यो विधेयक जस्ताको तस्तै पारित गरे जनतालाई के अप्ठेरो पर्छ भन्नेबारे हामीले मिडिया तथा सामाजिक सन्जाल अध्येता कृष्ण आचार्यसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं । रवि लामिछानेलाई तीनवटा जिल्ला अदालतले गरेर २ करोड २५ लाख रुपैयाँ धरौटी मागेको छ। कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी मागेकामा आइतबार रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको थियो। पर्सा र चितवन जिल्लामा पनि रविविरुद्ध सहकारी ठगी सम्बन्धी अनुसन्धान भएको थियो। तीनवटै जिल्ला अदालतमा उनी धरौटी बुझाएर त्यसमा पनि आदेश भएकै दिन छुटेका छन्। रविले कसरी जुटाइरहेका छन् धरौटी भन्ने विषयमा हामीले अधिवक्ता लेखनाथ भट्टराईसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धामा रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ। आइतबार प्रल्हादकुमार योगीको एकल इजलासले रविसँग एक करोड रुपैयाँ धरौटी मागेर छाड्ने थुनछेकको आदेश गरेको हो। रविले साँझ नै धरौटी बुझाएर छुटेका छन्। यसअघि कास्की जिल्ला अदालतले उनीसँग ६५ लाख रुपैयाँ र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो। दुवै अदालतमा पनि धरौटी बुझाएर उनी छुटेका थिए। रविविरुद्ध चितवन र पर्सा जिल्लामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो। विभिन्न ५ वटा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप रविमाथी लागेको थियो।

Read More

काठमाडौं। ताप्लेजुङको पाथिभारा मन्दिरलाई जोड्न निर्माण गर्न लागिएको केबलकारको विरोध स्थानिय लिम्बु समूह र पहिचानवादीहरुले गरिरहेका छन्। उनिहरुले अवरोध गर्न खोजेपछि सुरक्षाकर्मीले शनिबार गोलीसमेत चलाउनु परेको थियो। घटनामा केही घाइते छन्। केबलकार निर्माणको विरोध किन भइरहेको छ ? सरकारले के सोचेर केबलकार बनाउन दिने निर्णय गर्‍यो ? हामीले पाथिभारा मन्दिर पर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसँग कुराकानी गरेका छौँ।  

Read More