


Author: एनआरएन
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट…
काठमाडौं। नेपाल क्रिकेट संघ-क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। खेलाडीको श्रेणी विभाजन र प्राप्त हुने रकमसहित श्रेणी विभाजन सार्वजनिक गरिएको छ। क्यानले नयाँ श्रेणी ए प्लस थपेर श्रेणी छुट्याएको छ। पुरुषतर्फ ए प्लसमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन्। उनिहरुले मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन्। यस्तै ए श्रेणीमा आसिफ शेख, कुशल भुर्तेल, करण केसी र सोमपाल कामी छन्। उनिहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। बी श्रेणीमा ५ जना छन् जसले मासिक ७५ हजार र सी श्रेणीमा ११ जना छन् जसले मासिक ५५ हजार रुपैयाँ पाउनेछन्। डी श्रेणीमा १५ जना छन् जसले मासिक…
काठमाडौं। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न पक्राउ पुर्जी लिइएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। के छ सर्वोच्च अदालतको आदेशमा, हेर्नु्स् :
काठमाडौं। नेपालको अग्रणी डिजिटल प्लेटफर्म DGO ले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ। साफ महिला च्याम्पियनशिप २०२६ आउँदो जेष्ठ ११ देखि जेष्ठ २२ सम्म भारतमा आयोजना हुँदैछ। यसअघि DGO ले आउँदो फिफा विश्वकप २०२६ को समेत नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्तगरेको थियो। ‘नेपाली फुटबल समर्थकहरूका लागि महिला साफ च्याम्पियनसिपको अधिकार प्राप्त गर्नु हाम्रो लागि ठूलो उपलब्धि हो रयो प्रतियोगिता नेपालमा डिजिटल रूपमा DGO मा उपलब्ध हुनेछ’, DGO का स्पोर्ट्स हेड बिपुल भट्टराईले भने। ‘ हामीले DGO मा खेलकुदको एउटा यस्तो बलियो पूल (Pool) बनाएका छौं, जहाँ…
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटमा नेपालले शानदार पुनरागमन गरेको छ। पछिल्लो एक महिनामा घरेलु मैदानमा खेलेका प्रतियोगिताका दुईवटा शृंखलाका ८ खेलमध्ये ६ वटा जितेको छ। यसक्रममा अंक तालिकाको शीर्ष तीन स्थानमा रहेका सबै टोलीलाई हराएको छ। एक महिना अघिसम्म नेपाल अंक तालिकामा २० खेलबाट १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा थियो। तर दुईवटा शृंखला खेलेपछि नेपाल २८ खेलबाट २४ अंक जोडेर तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा सकिएको पछिल्लो शृंखलाअन्तर्गत नेपालले शीर्षस्थानको अमेरिकासँग दुवै खेल जित्यो भने दोस्रो स्थानको स्कटल्यान्डसँग एक जित र एक हारको नतिजा निकाल्यो। अघिल्लो महिना नेपालले घरेलु मैदानमै ओमान र यूएईसँग खेलेको थियो। अंक…
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई मन्त्रालयले निर्देशन दिएको छ । यसअघि एसइईको नतिजा कहिले प्रकाशन हुने र कक्षा ११ को पठनपाठन सुरु हुने भन्ने अन्यौलता थियो । विद्यार्थी र अभिभावको अन्यौलता चिर्दै शैक्षिक सुशासन कायम गरी पठनपाठनलाई प्रभावकारी बनाउन मन्त्रालयले एसइईको…
काठमाडौं। सर्वोच्च अदालतको प्रधान न्यायधिशमा मंगलबार मनोजकुमार शर्मा नियुक्त भए। यहाँ उल्लेखनीय के छ भने उनको संसदीय सुनुवाई पनि मंगलबार सुरु भएर सोही दिन नै सकिएको थियो। झन्डै दुई तिहाईको एकल बहुमतप्राप्त सरकार भएकाले शर्माको सिफारिसमा संसदीय सुनुवाईमा कुनै असहजता भएन। साँझ नवनियुक्त प्रधान न्यायधिशको सपथ ग्रहण राखिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ गराए। संवैधानिक परिषद्ले चौथो वरियताका शर्मालाई प्रधान न्यायधिशमा सिफारिस गरेपछि स्वंय न्यायलय प्रशासनदेखि प्रतिपक्षी दलहरु अचम्मित भएका थिए। कामु प्रधान न्यायधिश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई पाखा लगाउँदै संवैधानिक परिषद्ले शर्मालाई सिफारिस गरेको थियो। त्यसअघि संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने गरि अध्यादेशमार्फत काननु…
काठमाडौं। नेपालले विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रन जोडेको थियो। कुनै समय ७१-१ अवस्थामा देखिएको स्कटल्यान्डले अन्तिम ५ विकेट १९ रनमा गुमाएको थियो। नेपालका ललितनारायण राजबंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए। नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ७४ रन जोडे। इसान पाण्डेले ५५ रन बनाए। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रन जोडेका थिए। यो जितपछि नेपाल अंक तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। नेपालको २७…
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये…
काठमाडौं — नेपाली युवामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यान मा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । फुटबलप्रेमी तथा ग्राहक लक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन् । यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यो योजना जेष्ठ १ गतेदेखी विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ । विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित…
