



Author: एनआरएन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकामध्ये हालसम्म एक हजार ३ सय ४४ जनाको शव भेटिएको छ। नेपाल प्रहरीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । सरकारले तीनवटै सुरक्षा निकायलाई परिचाल गरेर शवको खोजी र उद्धार कार्य गरिरहेको छ। हाइड्रो पावरका टनेलमा फसेकाहरुको उद्धार प्रयाश कायमै रहेको छ।
ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल बैंकले नियुक्त गर्यो ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई
काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अङ्कित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रले हुन आउने अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता ऋणपत्रले हुन आउने २ अर्ब ४० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिनेछ ।…
काठमाडौं : सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित छेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा रकम जम्मा गरिएको हो । कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागु…
काठमाडौं। भोटेकोशी र त्रिशुलीमा आएको बाढीमा परेकामध्ये हालसम्म झन्डै एक हजार जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९ सय ८७ जनाको शव फेला परेको छ। यस्तै ३ हजार ९ सय १६ जना सम्पर्कविहिन रहेका छन्। विवरण संकलनको काम भइरहेकाले संख्या बढ्न सक्ने छ। एक साता अघि आएको बाढीमा परेकामध्ये रसुवा र नुवाकोटमा धेरै बेपत्ता रहेका छन्। रसुवामा ८ सय ३५, हाइड्रो पावरबाट ६ सय ३९, नुवाकोटमा १५ सय ३८, ५ सय ८३ जना विदेशी पर्यटकहरु सम्पर्कविहिन छन्। सबैभन्दा बढी चितवनमा ३ सय २१, पूर्व नवलपरासीमा २ सय १६, पश्चिम नवलपरासीमा १ सय…
काठमाडौं : केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै, त्यहाँका विदेश तथा डायस्पोरा मामिला मन्त्रीपरिषद् सचिव डा मुसलिया मुड्वडीमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । ‘विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको हुनाले, हामी नेपालका जनतासँग ऐक्यबद्धता प्रकट गर्दछौं—जसमा हामीले गुमाएकाहरू प्रति शोक व्यक्त गर्नुका साथै आफ्नो जीवन पुनःनिर्माण गरिरहेकाहरूको दृढताको सम्मान पनि गर्दछौं’ सन्देशमा उल्लेख गर्दै उनले दुःखको यस घडीमा नेपालसँग ऐक्यबद्धता रहेको बताएका छन् ।
काठमाडौं : तिब्बतमा हिउँ चट्टान फुटेर गएको पहिरोले नेपालमा भोटेकोशी र त्रिशुली नदीमा ल्याएको हिलोसहितको बाढीले हालसम्म ज्यान गुमाउनेको संख्या ७८१ पुगेको छ। अझै २ हजार ५ सय २ जना सम्पर्क विहिन रहेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। जलविधुत् आयोजनाबाट ९ सय ३३, रसुवाबाट ५ सय ६२, नुवाकोटबाट एक सय १५ जना र ५ सय ९२ जना विदेशी नागरिक सम्पर्कविहिन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार भएको छ।
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, वित्तीय सुविधा र नेपाली अटोमोबाइल बजारमा देखिएको नयाँ सम्भावनालाई एकै ठाउँमा प्रस्तुत गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, वित्तीय सेवा तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिएको थियो । नाडाका अनुसार यस वर्षको प्रदर्शनीमा २५ वटा प्यासेन्जर भेहिकल, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे ब्रान्ड तथा १५ वटा बैंक…
काठमाडौं: के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री आज पठाउँदै छ। यस पहिलो चरणको राहत अभियान अन्तर्गत ३० लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ। गहुँको पिठो र खाने तेल, बिस्कुट, चिउरा, दालमोठ र विभिन्न मसलाहरू पठाउन लागिएको हो। वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै…
काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन्। ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन्। नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक–फरक छन्। अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ। बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ।…
काठमाडौं। कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोगार्थ ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सामाजिक उत्तरदायीत्वअन्तर्गत बैंकले उक्त सहयोग गरेको हो। साथै, बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब रु.३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ ।हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका…