Author: एनआरएन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। महानगरले आइतबार साँझ जरिवाना तिर्न राप्रपालाई पत्र काटेको थियो। भोलिपल्टै राप्रपाले जरिवाना बुझाएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर जम्मा भएका राजावादीहरुले चक्रपथ सडक खन्डका विभिन्न भागमा फोहोर गर्नुका साथै भौतिक क्षती पुर्‍याएको भन्दै महानगरपालिकाले जरिवाना गर्ने निर्णय गरेको थियो। राप्रपाको नेतृत्वमा राजावादीहरु ज्ञानेन्द्रको स्वागतमा पुगेका थिए। हजारौँ समर्थकहरुले ज्ञानेन्द्रलाई एयरपोर्टमा स्वागत गर्दै निर्मल निवासतर्फ जयजयकार गर्दै छाडेका थिए। यसअघि नेकपा एमालेलाई महानगरले गरेको जरिवाना भने अझै भुक्तान भएको छैन। एमालेले जरिवाना तिर्न इन्कार गर्दै आएको छ।

Read More

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह जनतासग भोट मागिरहेका हुनेछन्। ज्ञानेन्द्रले जनताको विश्वास जित्न प्रयाशहरु गर्नेछन्। उनीबारे जनताले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नेछन् र प्रतिनिधि सभामा पठाउने की नपठाउने भन्ने निर्णय गर्नेछन्। यो मैले गरेको कल्पना होइन। राजनीतिक दलहरु अहिले यस्तै कामना गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भाषणहरु खोजेर सुन्नुस्त ? ओली ज्ञानेन्द्रलाई खुलेहाम चुनौती दिइरहेका छन्, ‘ लोकप्रिय छु भन्ने लाग्छ भने चुनाव लड्नुस।’ यो ओलीको मात्र चाहना होइन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पनि यही भन्दैछन्। बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने अधिकांशको एउटै स्वर छ, ‘ ज्ञानेन्द्रले देश चलाउने र जनताको सेव…

Read More

काठमाडौं। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर राजावादीहरुको जनसागर उर्लियो। पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न हजारौँ राजसस्था पक्षधरहर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थि ए। राजावादीहरुले ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म पुर्‍याएका थिए। राजसंस्थाको वकालत गर्दै आएको राप्रपासहितको नेतृत्वमा पूर्व राजाको स्वागत गरिएको हो। नेपालमा गणतन्त्र आएयता राजावादीले काठमाडौंमा यस किसिमको प्रदर्शन गरेको पहिलोपटक हो। गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन आह्वान गरेपछि राजावादीहरु अगाडि बढेका हुन्।

Read More

काठमाडौं। पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौंमा स्वागत गर्न राजसंस्था पक्षधरहरुले व्यापक तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठुलो संख्यामा समर्थकहरु उतार्ने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलबाहिरदेखि निर्मल निवाससम्म सडकमा राजसंस्था पक्षधरहरुलाई उभिएर पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्न भनिएको छ। गत प्रजातन्त्र दिवशको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन अपिल गरेका थिए।। त्यसयता राजसंस्था पक्षधरहरुले प्रदर्शनहरु गरिरहेका छन्। ०६२/६३ को जनआन्दोलनले नेपालबाट राजसंस्था फ्याँकेको थियो।

Read More

काठमाडौं। अमेरिकाले बुधबार ९ जना नेपालीलाई डिपोर्ट गरेको छ। एक महिलासहित ८ जनालाई चार्टर्ड विमानमार्फत नेपाल पठाइएको छ। यस्तै एक जनालाई भने कमर्सियल फ्लाइटमार्फत नेपाल पठाइएको अध्यागमन विभाग स्रोतले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासन आएयता त्यहाँबाट ३५ जना नेपालीलाई डिपोर्ट गरिएको छ। कागजात नभएका, विभिन्न अपराधमा संलग्नहरुलाई ट्रम्प प्रशासनले आफ्नो देश फिर्ता गरिरहेको छ।

Read More

काठमाडौं। २०७९ साल असोजको पहिलो साता काठमाडौंको गोठाटारमा साँझपख गोली चल्छ। बाटोको छेवैमा रहेको घरमा जान गाडी रोकेर निस्कन लाग्दा ५८ वर्षीय लाल मोहम्मदलाई पछाडीबाट गोली प्रहार भएको थियो। त्यसपछि उनलाई गाडीवरिपरी लखेटी लखेटी सुटरले गोली हाने। हो हल्ला हुन थालेपछि सुटर पेस्तोल छाडेर नजिकै रोकिराखेको मोटरसाइकलमा निस्किएका थिए। सर्लाहीको हरिवन घर भएका ५८ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु हुन्छ। भारतीय नक्कली नोट कारोबारमा विगतमा संलग्न भएको रेकर्डले प्रहरीले भारतीय गुप्तचर संस्था रको योजनामा लाल मोहम्मदको हत्या भएको हुन सक्ने प्रारभ्भिक अनुमान लगाउँछ। त्यही घटनामा सुटरका रुपमा संलग्न भएको आरोपमा आइतबार गुड्डु पटेललाई गोली हानी काठमाडौंबाट नियन्त्रणमा लिएपछि लाल…

Read More

काठमाडौं- नेपालीहरु गरिब छन् ? कम्तिमा नेपाली खेलकुदलाई उनिहरुले गरिररहेको समर्थन र पछ्याइरहेको भिडलाई हेर्नु हुन्छ भने तपाई भन्न सक्नु हुन्छ- नेपालीहरु गरिब छैनन्। चाहे मैत्रिपूर्ण खेल नै किन नहोस्, उनिहरु जति पनि पैसा तिर्न तयार भएर खेल हेर्न जान्छन् भन्ने हालै दशरथ रंगशालामा देखिएको दृश्यबाट स्पष्ट हुन्छ। महिलाका राष्ट्रिय टोलीका प्रतिस्पर्धा अनि मैत्रिपूर्ण खेल, दृश्यहरुले भन्छन् नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुस्, दर्शकको बाढि उर्लिन्छ। मैले यहाँ महिलाका प्रतिस्पर्धा भनेर महिला खेलकुदलाई अन्डर स्टिमेट गर्न खोजेको होइन। हामीले विदेशमा भएका महिला टिम गेम्सहरुमा दर्शकको उपस्थिती हेर्‍यौँ भने नेपालमा देखिने दृश्यले हरेकपटक विदेशीलाई लोभ्याउँछ। बुधबार सम्पन्न चार देश सहभागी आमन्त्रण महिला फुटबलको…

Read More

काठमाडौं– शुक्रबार बिहान देशभर भुकम्पले धक्का दिएको छ। निदाइरहेका मानिसहरु ब्यु“झिने गरी भुकम्प गएको थियो। भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको हो।क्षतीको विवरण भने आइसकेको छैन। अन्तिमपटक नेपालमा माघ ३० गते जुम्लालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भुकम्प गएको थियो।

Read More

काठमाडौं । नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा फेरी एकपटक निराशा ब्यहोरेको छ। घरेलु मैदानमा भएको चार देश सहभागी आमन्त्रण प्रतियोगिताको फाइनलमा नेपाल बुधबार म्यानमारसंग २–० गोलले पराजित भयो। दोस्रो हाफमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल ब्यहोरेको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन। १३ पटक फाइनल पुगेपनि हरेकमा उपविजेतामा सिमित भयो। नेपाली महिला फुटबल टोली सन् २०१० मा पहिलोपटक फाइनल पुगेको थियो।

Read More

काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउदा लागेको झन्डै १८ करोड रुपैया रिण र त्यससग जोडिएर अदालतमा परेका मुद्धाको भारी बोकेर उकुसमुकुस हुुदै हिडिरहेका चर्चित कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस फेरी अर्को कानुनी झमेलामा परेका छन्। करडौं लगानी गरेर धुर्मुसका भाइ कुमारसहितको टिम जेपिटि प्रोडक्सनले निर्माण गरेको फिल्म लाज शरणममार्फत धुर्मुस आफ्नो जिवनमा परेको विपद्बाट भेन्टिलेसन खोजिरहेका थिए। यो फिल्ममा धुर्मुसको भूमिका निर्माण पक्षले गोप्य राखेको थियो। धुर्मुसमाथी एकातर्फ धुर्मुस सुन्तली फाउन्डेसनले संकलन गरेको चन्दा अपचलन गरेको आरोप लागिरहेको थियो भने अर्कातर्फ उनी सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण जिम्मा लिएर भुक्तानी नगर्दा १८ करोड रुपैया रिणको भारी बोकिरहेका थिए। सार्वजनिक…

Read More