



Author: एनआरएन
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । शनिबार काठमाडौंस्थित ठमेलमा आयोजित कार्यक्रमममा खतिवडाको अध्यक्षतामा कार्यसमिती निर्विरोध निर्वाचित भएको हो। फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदिप थापा चयन भएका छन । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको पनि उपस्थिती थियो। कार्यक्रममा बोल्दै…
काठमाडौं। चर्चित बलिउड डान्सर नोरा फतेहीले शनिबार साँझ काठमाडौंमा आफ्ना फ्यानहरुलाई नचाएकी छिन्। बौद्धस्थित हायात होटल परिसरमा राती झन्डै एक घण्टा नोरा नाचेकी थिइन्। उनी दुबईबाट शनिबार बिहान काठमाडौं आइपुगेकी थिइन्। कार्यक्रममा तेरिया मगर, दुर्गेस थापा, समर्पण लामालगायतले पनि प्रस्तुती दिएका थिए।
काठमाडौं। सर्वोच्च अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको छ। सर्वोच्च अदालतले शुक्रबार मिश्रलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको हो। मिश्रलाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। उनीविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधलगायत कसुर लगाएर अनुसन्धान सुरु भएको थियो। मिश्रलाई राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखिएको भन्दै आलोचना पनि भइरहेको थियो। बैशाख ३० गते मिश्रकी श्रीमती सारिकाले बन्दी प्रत्यक्षिकरणको रिट सर्वोच्च अदालतमा दायर गरेकी थिइन्। सर्वोच्च अदालतले मिश्रमाथी हुनुपर्ने अनुसन्धान अधिकांश सकिएको भन्दै सर्वोच्चले हिरासतमा राखिरहनु आवश्यक नरहेको आफ्नो आदेशमा उल्लेख गरेको छ। कुमार चुँढाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खोजेका बखत उपस्थित गराउने…
काठमाडौं। टी-२० महिला विश्वकपको एसियाली छनोटबाट लगभग बाहिरि सकेको अवस्थाबाट नेपाली टोली फर्किएको छ। नेपाली टोली सुपर लक्की देखिएको छ। र, अब थाइल्यान्ड र यूएईमध्ये एक टोलीलाई मात्र पछाडि पार्न सके नेपालले विश्वकपको विश्वस्तरको छनोट खेल्ने छ। त्यो अवस्थामा नेपाली महिला क्रिकेटले एतिहासिक सफलता हात पार्ने छ किनभने नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म विश्वस्तरको छनोट खेल्न सकेको छैन। थाइल्यान्डमा भइरहेको एसियाली छनोटमा नेपाल आफ्ना सबै चार खेल खेलेर ५ अंकसहित समूहको पहिलो स्थानमा थियो। समूहमा हङकङ र बहराइन पनि थिए। समूहबाट पहिलो हुने टोली मात्र सुपर-३ पुग्ने थियो। तर हङकङ र बहराइनबीचको खेल बाँकी नै रहेकाले पहिलो स्थानमा रहेर…
काठमाडौं। नविन चौहान निर्देशित ‘ऊनको स्वीटर’रले प्रदर्शनमा आएको पहिलो साता करिब ६ करोड रुपैयाँ कमाएको छ। आर्टमान्डुका अनुसार पहिलो साता यो फिल्मले ५ करोड ७५ लाख रुपैयाँ कमाएको छ। फिल्ममा विपिन कार्की, मिरुना मगरलगायत कलाकारको अभिनय रहेको छ। यसअघि सुजन चापागाईले गाएको फिल्मको शीर्ष गितले निकै चर्चा कमाएको थियो।
म्याड्रिड। बार्सिलोनाले यो सिजन घरेलु लिग ला लिगाको उपाधि पक्का गरेको छ। बिहीबार राती स्पान्योललाई २-० गोलले हराउँदै बार्साले २ खेल बाँकी रहँदै घरेलु लिगको उपाधि पक्का गरेको हो। ३६ खेलबाट ८५ अंक भएको बार्सा तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३६ खेलबाट ७८ अंक छ। स्पान्योलविरुद्ध बार्साका लेमिन यमाल र फर्मिन लोपेजले गोल गरे। बार्साले समग्रमा २८ औँ पटक ला लिगा जितेको हो। सर्वाधिक ला लिगा जित्ने सूचीमा बार्सा दोस्रो स्थानमा छ। रियल म्याड्रिडले यो प्रतियोगिता ३६ पटक जितेको छ। बार्साले पछिल्ला तीनमध्ये दुई सिजन ला लिगा जित्यो। गत संस्करण रियल म्याड्रिडले हात पारेको थियो। बार्सिलोनाले यो…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन्। खासगरी आफु असन्तुष्ट रहेका वडाध्यक्षहरुलाई बालेनले जिम्मेवारीबाट हटाएका छन्। काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको पत्रमा उल्लेख गरिएको छ । यसरी परिवर्तन गरिएका समितिहरुमा सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् । यी समितिमा क्रमशः नविन मानन्धर, ख्यामराज तिवारी, आशामान संगत र मचाराजा महर्जन संयोजक थिए। अब ती समितिमा क्रमशः वीरेन्द्र प्रजापती, दलबहादुर कार्की, विनोद कुमार…
काठमाडौं। प्रहरीले बैंक तथा वित्तिय संस्थाका स्टेटमेन्टदेखि शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरेर तयार गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौँको तारकेश्वर-७ फुटुङमा कार्यालय खोलेर उनिहरुले विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गर्ने गरेको प्रहरीको दावी छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पर्नेमा गोरखाका अञ्जनी बयलकोटी, ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री छन्। बयलकोटी मुख्य व्यक्ती हुन्। उनले ८ वर्षदेखि यो काम गर्दै आएको प्रहरीको दावी छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार बयलकोटीले दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेका थिए। प्रहरीले…
काठमाडौं। चर्चित टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम -टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालिन सन्चार मन्त्रीसहित १८ जनाविरुद्ध मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ। तत्कालिन सन्चार मन्त्री तथा हाल सांसद रहेका मोहन बस्नेतसहितलाई प्रतिवादी बनाइएको छ। बस्नेत सिन्धुपाल्चोकबाट सांसद निर्वाचित नेपाली कांग्रेसका नेता हुन्। नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम…
काठमाडौं। काठमाडौं उपत्यकाका ठुला र गम्भिर प्रकृतीका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा महिनाभर सर्वोंकृष्ट काम गरेको भन्दै नायब निरिक्षक-सई राजन खड्का पुरस्कृत भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले सर्वोत्कृष्ट कार्य सम्पादन गरेकोमा खड्कालाई वैशाख महिनाका लागि पुलिस अफ दी मन्थबाट पुरस्कृत गरेका हुन्। इन्टलिजेन्स र अपराध अनुसन्धानमा सई खड्का अनुभवी मानिन्छन्।