



Author: एनआरएन
काठमाडौं। नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै मैदानमा पुगेर हराएको छ। सिलोङमा सोमबार भएको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले भारतलाई २-१ गोलले हरायो। नेपालको जितमा दुवै गोल सावित्रा भन्डारी साम्बाले गरिन्। उनले दोस्रो र ६३ औँ मिनेटमा गोल गरेकी थिइन्। पहिलो गोल उनले लङ पासमा आएको बलमा विपक्षी डिफेन्डरलाई बिट गर्दै डिबक्स भित्र प्रवेश गरेपछि गरेकी थिइन्। गोलकिपर अगाडि बढेको मौकामा उनलाई गोल गर्न गाह्रो भएन। दोस्रो गोल उनले फ्रिकिकमार्फत गरिन्। अन्तिम समयमा भारतले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन। नेपालले भारतमा पहिलोपटक घरेलु टोलीलाई हराएको हो। पाँच खेलयता भारतले नेपाललाई हराउन सकेको छैन। यसबीचमा नेपालले तीन जित र दुई…
सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेन जी आन्दोलन नेपाल प्रहरीका एक वरिष्ठ अधिकृतलाई महँगो बनेको छ। एसएसपी विश्व अधिकारीका लागि सम्हालि नसक्नुको परिस्थिती आइपरेको छ। सायद उनी विश्वास गर्न सकिरहेका छैनन्। आइतबार नेपाल प्रहरीमा रिक्त ५ नायब महानिरिक्षक अर्थात डीआईजको दरबन्दीका लागि बढुवा सिफारिस निकालियो। गृह मन्त्रालयले तिहारको विदा सकिएलगत्तै बढुवा सिफारिस निकालेको थियो। कति बेला बढुवा निस्केला भनेर आकांक्षीहरु कुरेर बसेका थिए। तर दाबेदार अधिकारीको नाम कतै देखिएन। उनी छुटे। नेपाल प्रहरीको भावी आईजिपीका रुपमा दावेदार देखिएका अधिकारी जसरी बढुवामा छुटेका छन्, उनका लागि यो ठुलो सजाय सरह देखिएको छ। विश्व अधिकारी २०५६ सालमा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा…
काठमाडौं। सन् २०२४ अक्टोबर २७ तारिख। भरिभराउ दशरथ रंगशाला। भिडिरहेका हुन्छन् उही चिरप्रतिद्धन्द्धी नेपाल र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा। नेपालले दशरथ रंगशालामा खेलेका खेलहरुमा रंगशाला दर्शकले नभरिएको इतिहास कमै भेटिन्छ। हरेकपटक रंगशाला भरिभराउ हुन्छ, नेपालको पक्षमा भइरहेको हुटिङले शहर गुन्जिन्छ। अब भारतसँगको खेल थियो त्यो पनि सेमिफाइनल, धेरै दर्शक टिकट नपाएर रंगशालाबाटै फर्किएका थिए। भारतसँगको भिडन्त केवल खेलमा मात्र सिमित हुँदैन, नेपाल, नेपाली खेलाडी र नेपाली समर्थकका लागि। भौगोलिक र आर्थिक रुपमा आफुभन्दा कैयौँ गुणा ठुलो छिमेकीविरुद्ध जित हात पार्नुको अर्थ पक्कैपनि विशेष हुन्छ। त्यसमा पनि प्राय हरेकपटक उपाधि यात्रामा भारत नै बाधक बन्ने विगतका कारण उसलाई हराउन आँतुर…
काठमाडौं। पूर्व प्रधान न्यायधिश नेतृत्वको अन्तरिम सरकारमा दुई जना मन्त्री थपिएका छन्। सामाजिक अभियन्ता बब्लु गुप्ता र पूर्व स्वास्थ्य सचिव सुधा शर्मा गौतम मन्त्रि बनेका छन्। गुप्ता खेलकुद मन्त्री र शर्मा स्वास्थ्य मन्त्री बनेका छन्। दुई जना भने अन्तिम समयमा आएर मन्त्रि बन्नबाट रोकिएका छन्। दलित अभियन्ता खगेन्द्र सुनार र संरक्षणकर्मी गणपतीलाल श्रेष्ठको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो। सुनार फरार अभियुक्त भएको समाचारहरु आएका थिए। श्रेष्ठको पृष्ठभूमी पनि विवादित रहेको भन्दै सामाजिक सन्जालमा टिप्पणी भइरहेको थियो। विभिन्न सन्चार माध्यमसँग बोल्दै श्रेष्ठले आफैले अस्विकार गरेको दावी गरेका छन्। उनिहरुबारे सामाजिक सन्जालमा विवाद उठेपछि प्रधानमन्त्री कार्कीले दुई जनालाई मात्र मन्त्रि सिफारिस…
काठमाडौं। नेपाल ४ महिनापछि भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट भएको छ। ओमानमा भइरहेको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार यूएईले सामोआलाई हराएपछि नेपाल विश्वकप पुग्ने पक्का थियो। नेपालले आफ्ना दुई खेल बाँकी रहँदै विश्वकपमा स्थान बनाएको छ। नेपालले बुधबार नै हुने खेलमा ओमानलाई हराएको भएपनि आफै विश्वकपमा स्थान बनाउने थियो। तर त्यसलाई कुरिरहन परेन। नेपालले ओमानसँग भएको खेल पनि ३८ रनले जित्यो। विश्वकपमा छनोट हुनुको खुसी त छँदै छ एकातिर, अर्कोतर्फ भारतमा विश्वकप खेल्नु नेपाली क्रिकेटका लागि अर्को उपलब्ध भएको छ। हालसालै भएको जेनजी आन्दोलनपछि संक्रमण, तनाव, अन्योल र विभाजित अवस्थामा…
काठमाडौं । एउटा हार जसले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर बनाउन सक्थ्यो। त्यो खेल जुन नेपालले सहजै जित्ने अनुमान गरिएको थियो। हालै वेस्ट इन्डिजलाई दुईवटा खेलमा हराएको नेपाल अहिले कुन स्तरमा थियो भन्नै पर्दैन। तर बुधबार राती कुवेतले नेपाल र नेपाली क्रिकेट समर्थकको मुटु बारम्बार हल्लायो। नेपालले नसोचेको चुनौती सामना गर्न पुग्यो। खेलमा नेपाललाई तनाव हुने गरी धेरैवटा उतारचढावहरु भए।तर अन्तत नेपाल विजयी भयो। नेपाल र नेपाली क्रिकेट समर्थकले ठुलो राहतको सास फेरे। कुवेत सुपर सिक्स पुग्न सक्ने बलियो टोली भएकाले नेपालका लागि यो जित अहिलेलाई अगाडि बढ्न होइन, सुपर सिक्सबाट टप थ्रीमा रहेर विश्वकपमा छनोट हुन महत्वपूर्ण थियो। कुवेत…
काठमाडौं। मंगलबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निकै लामो स्टाटस लेखे। उनले जे लेखे त्यो केही समय पहिल्यैदेखि अनुमान र अपेक्षा भइरहेको थियो। तर बालेनले लेखिरहेका थिएनन्। कुनै मिडियामा गएर बोल्ने वा सार्वजनिक मन्चबाट स्पष्ट पार्ने खालको उनको नेचर विगतमा नदेखिएकाले पनि सामाजिक सन्जालबाटै बालेनले केही लेख्लान् भन्ने अनुमान भइरहेको थियो। तर मंगलबार साँझ बालेनले आफुखुसी लेखेका होइनन्। अझ भनौँ उनका लागि परिस्थिती नै त्यस्तै आईपर्यो। लेख्नै पर्ने भयो। बाध्यता आइलाग्यो। किनभने केही घण्टा अघि मात्र बालेनविरुद्ध नेकपा एमालेनिकट विधार्थी नेताहरु हत्या र लुटपाटको जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए। यसले बालेनलाई अप्ठेरो अवस्थामा पुर्याउन सक्ने थियो। केही बोल्नैपर्ने…
काठमाडौं। नेपालले आगामी टी-२० विश्वकप खेल्छ की खेल्दैन ? भोलीबाट ओमानमा सुरु हुने छनोट प्रतियोगिताबाट तय हुँदै छ। यो छनोट प्रतियोगितामा ९ टोलीले सहभागिता जनाउँदैछन् जसमध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्। यतिबेला नेपालले विश्वकपमा स्थान बनाउँछ की बनाउँदैन विश्व क्रिकेटले हेरिरहेको छ। ? यसका दुई वटा कारण छन्। पहिलो नेपाली क्रिकेटले गरिरहेको प्रदर्शन। दोस्रो नेपाली क्रिकेटको फ्यान बेस। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेको विश्वस्तरको एक मात्र विश्वकप भनेको टी-२० विश्वकप मात्र हो। नेपालले यसभन्दा अघि दुईपटक टी-२० विश्वकप खेलेको छ। पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसका लागि सन् २०१३ मा यूएईमा ग्लोबल क्वालिफायर भएको थियो।…
काठमाडौं। स्याल कराउनु र कुखुरा हराउनु संयोग मात्र होकी स्यालले नै कुखुरा लगेको हो ? यतिबेला नेपालको अग्रणी टेलिभिजन कान्तिपुर टिभिमा यस्तै भएको छ। प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएका छन्। एउटा टेलिभिजनको प्रधान सम्पादकले राजिनामा दिएको विषयले ठुलै चर्चा पाइरहेको छ। कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएको विषयको केन्द्रमा छन् क्रिकेटर सन्दीप लामिछाने। लामिछानेले आफुबारे प्रकाशित समाचारमा आपत्ती जनाएपछि विकशित घटनाक्रमबीच पौडेलले राजिनामा दिएका हुन्। कान्तिपुर टेलिभिजनले मंगलबार रुपेश श्रेष्ठलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिएको छ। सन्दीप प्रकरणमै पौडेलले राजिनामा दिएका हुन् स्पष्टसँग भन्न सकिने अवस्था छैन। व्यक्तिगत कारण देखाएर राजिनामा दिने चलन हुन्छ। तर पौडेलले सन्दीप…
काठमाडौं। अहिले धेरैको मनमा उठिरहेको प्रश्न : वेस्ट इन्डिजसँग भइरहेको ऐतिहासिक शृंखलामा सन्दीप लामिछाने किन खेलिरहेका छैनन् । आशंकाहरु थुप्रै छन् । सन्दीप आफैले खेल्न नचाहेका हुन् की उनलाई टिममा नराखिएको हो ? स्पष्ट बाहिर आएको छैन। जे भएपनि यतिबेला सन्दीप र नेपाल क्रिकेट संघबीच सामान्य अवस्था छैन भनेर हामी सहजै अनुमान गर्न सक्छौँ। अनुमान किन भनेको हो भने यो विषयमा दुवै पक्षले केही स्पष्ट पारेका छैनन्। तर यो सामान्य घटना भने होइन। हामी सबैलाई थाहा छ सन्दीप लामिछाने नेपाली क्रिकेटका पोस्ट ब्वाई हुन्। मैदानमा उनको उपस्थितीले कति फरक पार्छ- इतिहास साक्षी छ। उनले थुप्रैपटक खेल जिताएका छन्, खेल जिताउन…