


Author: एनआरएन
काठमाडौं। कोर बैङ्किङ सिस्टम परिवर्तनपछि हिमालयन बैंकका अधिकांश सेवाहरु सुरु भएका छन्। हिमालयन बैंकले कात्तिक पहिलो साता सिस्टम अपग्रेड गरेको थियो। हिमालयन बैंकका सीईओ अशोक राणाका अनुसार कनेक्ट आईपीएस, आरटीजीएस, कार्ड लगायतका सुविधाहरु सञ्चालनमा आइसकेको छ। बैंकले तिहारको समयमा कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भन्दै ३ देखि १० कात्तिकसम्म मोबाइल बैंकिङ लगायत बैंकिङ सेवा नचल्ने बताएको थियो । बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गरेको थियो । सोही कारण कात्तिक ३ देखि १० गतेसम्म बैंकिङ सेवा नचल्ने सूचना जारी गरेको थियो। अहिले मोबाइल बैङ्किङमा मात्र समस्या रहेको छ। यो पनि समाधान हुन लागेको राणाले बताए। उनले समस्याको…
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।साधारणसभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र…
काठमाडौं। जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकार र त्यसको सत्तारुढ दल अनि प्रहरी प्रशासन विस्तारै खुल्दै गएका छन्। उनिहरु जेनजी आन्दोलन विध्वंस थियो भनिरहेका छन्। जेनजीका नाममा अरु कसैले वितण्डा मच्चाएको उनिहरुको दावी छ। जेनजीहरुले आन्दोलनका दमनकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय आन्दोलनकारीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ। जेनजी अभियन्ताहरुमाथी विभिन्न आरोपहरु लागिरहेको छ। उनिहरु खुलेर बोल्न छाडेका छन्। यता जेनजी सरकार फागुन २१ का लागि चुनावको मिती घोषणा गरेर तयारीमा जुटिरहेको छ। जेनजीहरु त्यसमा सहभागी हुन आह्वान गरिरहेका छन्। यता तत्कालिन सत्तारुढ दलहरु संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा देखिएका छन्। यो अन्योलताबीच हामीले जेनजी अभियन्ता रक्षा बमसँग समसामयीक…
काठमाडौं। सरकारले सोमबार दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजिपी बनाउने निर्णय गरेपछि धेरैको मनमा उठिरहेको प्रश्न हो के कार्कीले केपी शर्मा ओलीलाई पक्राउ गर्न सक्लान् त ? त्यो हिम्मत र आँट यीनीसँग छ ? धेरैले लागिरहेको छ – सरकारले ओलीलाई पक्राउ गर्न सक्ने आईजिपी ल्यायो। नेपाल प्रहरीमा किन आईजिपी फेरिन लागे, के अहिलेका आईजिपी चन्द्रकुबेर खापुङलाई हटाएर सरकारले कार्कीलाई ल्याउन लागेको हो ? अनि कार्की सरकारले चाहेका आईजिपी हुन् त ? कार्कीले जेनजीहरुको अपेक्षा पुरा गर्न सक्छन् ? उनका चुनौतीहरु के के छन् ? यस्तै यस्तै तपाईका जिज्ञासाहरु मेट्ने प्रयाश गर्ने छौँ। सुरुमा बुझौँ, सरकारले किन नयाँ आईजिपी नियुक्त गर्यो ?…
काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख-आईजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रि परिषद्को सोमबारको बैठकले हाल एआईजी रहेका कार्कीलाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि आईजीपि बन्ने होडमा थिए। तर जेनजी सरकारले वरियताको पहिलो नम्बरमा रहेका कार्कीलाई आईजिपी बनाउने निर्णय गर्यो। कार्कीले आगामी कात्तिक २७ गते कार्यभार सम्हाल्नेछन्। उनी २ वर्षभन्दा बढी नेपाल प्रहरीको प्रमुख रहनेछन्। हालका आईजिपी चन्द्रकुबेर खापुङले बुधबार रातीदेखि अनिवार्य अवकाश पाउँदैछन्, ३० वर्षे सेवा अवधिका कारण। उनी झन्डै २ महिना नेपाल प्रहरीको आईजिपी रहे।
काठमाडौं । चालु आर्थिक वर्षमा ५ वटा मात्र वाणिज्य बैंकको नाफा बढेको छ। १४ वटा बैंकको भने नाफा घटेको छ। समग्रमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए । नाफा बढाउनेमा बैंकको सूचीमा ग्लोबल आईएमई बैंक अगाडी छ। चालु आर्थिक वर्षको सुरुको तीन महिनामा यस बैंकले १…
काठमाडौं। बाराको निजगढबाट ठ्याक्कै एक घण्टा २ मिनेटमा काठमाडौं आईपुग्ने बाटो यतिबेला नेपाली सेनाले बनाइरहेको छ जसलाई तराई काठमाडौं जोड्ने फास्ट ट्रयाक भनिन्छ। झन्डै ७१ किलोमिटरको यो बाटोलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको थियो। यो बाटोले तराईबाट काठमाडौं आईपुग्न लाग्ने घण्टौँको समयलाई ह्वात्तै छोट्याउने छ। यति मात्र होइन आर्थिक क्षेत्रमा समेत यो बाटोले ठुलो फड्को मार्न भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले यो बाटो निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो, २०७४ सालमा। विविध कारणले तोकिएको समयमा यो तयार भएन। नेपाली सेनाले २०८३ चैतसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो बाटो तराई क्षेत्रमा २७…
काठमाडौं। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प पछिल्लो समय न्युयोर्कका ३४ वर्षीय युवकदेखि आँत्ति रहेका थिए। अझ भनौँ ती युवकले ट्रम्पलाई आँत्तिनुपर्ने अवस्थामा पुर्याएका थिए। ट्रम्प ती युवक जोहरान मम्दानीलाई घरी कम्युनिस्ट भन्थे त घरी उनी न्युयोर्कको मेयरमा निर्वाचित भए संघीय सरकारले दिने फन्डिङ नै कटौती गर्ने धम्की दिन्थे। ट्रम्पले हदैसम्मको प्रयाश गरे, मम्दानीलाई मेयर हुनबाट रोक्न। न्युयोर्कको मेयरमा डेमोक्रेटिङ पार्टीबाट जोहरान उठेका थिए। ट्रम्पको पार्टी रिपब्लिकनबाट कुर्तिस उमेद्ध्वार थिए। अर्का उमेद्ध्वार थिए एन्ड्रियु कुमो जो डेमोक्रेटिङ पार्टीको उमेद्धवारका लागि भएको निर्वाचनमा मम्दानीसँग पराजित भएका थिए। पार्टीबाट टिकट नपाएपनि कुमोले स्वतन्त्रबाट चुनाव लड्ने निर्णय लिए। न्युयोर्कका पूर्व गभर्नर भएकाले कुमोलाई स्वतन्त्र उठेपनि…
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको छलफलपछि डेडिकेटेड फिडर र ट्रंकलाइन शुल्क भुक्तानी नभएको भनि लाइन काटिएका उधोगीलाई मध्यमार्गी प्रस्ताव अघि सारिएको छ। यस प्रस्तावअनुसार उद्योगीहरूले पहिलेको २८ किस्ता सुविधा अनुसारको एक किस्ता बराबरको रकम धरौटीका रूपमा बुझाएपछि काटिएका विद्युत लाइन तुरुन्त जोडिनेछ। यससँगै उद्योगीहरूले विवादित रकममा पुनरावलोकन र कानुनी उपचार खोज्ने अवसर पनि पाउने नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए। यस कदमबाट उद्योगहरूमा विद्युत आपूर्ति सुचारु भइ उद्योग सञ्चालन नियमित हुने र निजी क्षेत्र र सरकारबीच थप विश्वास र सहयोगको वातावरण बनेको ढकालले विश्वास व्यक्त गरे। महासंघले प्रधानमन्त्री सुशीला कार्की , अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री…
काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले शहिद घोषणा गरेको छ। मन्त्रि परिषद्को सोमबारको बैठकलाई उनिहरुलाई शहिद घोषणा गरेको हो। जेनजी आन्दोलन र त्यससँग जोडिएका घटनामा देशभर कम्तिमा ७६ जनाको ज्यान गएको थियो। त्यसरी ज्यान गुमाएकामध्ये प्रदर्शनका क्रममा कतिले गुमाएका थिए भन्ने यकिन गरेर सरकारले शहिद घोषणा गरेको जनाएको छ। यसअघि नेपाल सेनाले जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये २२ जना मात्र प्रदर्शनकारी भएको बताएको थियो। जेनजी आन्दोलनका क्रममा १० जना कैदी, ३ जना प्रहरी र ४१ जना अन्यको ज्यान गएको सेनाको विवरणमा उल्लेख थियो। आन्दोलनका क्रममा भाटभटेनीका विभिन्न स्टोरहरुमा जलेको अवस्थामा शवहरु भेटिएको…