


Author: एनआरएन
काठमाडौं। लगानीकर्तालाई निराश बनाइरहेको नेपाली सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार हरियाली भएर बन्द भएपछि आगामी साता यसले कस्तो दिशा लिएला भन्ने अनुमानहरु हुन थालेका छन्। साताको पाँचमध्ये तीन दिन राताम्ये भएको सेयर बजार बिहीबार १८.३० अंकले बढेर २ हजार ८ सय ४० दशमलब ३७ विन्दुमा पुगेको छ। कारोबार रकम ८ अर्ब ३३ करोड ९९ लाख रह्यो। अघिल्लो दिन कारोबार रकम ७ अर्ब ४६ करोड ६९ लाख थियो। पछिल्ला ७ कारोबार दिनमा बजार दुई दिन मात्र बढेको छ भने ५ दिन घटेको छ। यो साता समग्रमा सेयर बजार करिब ७२ अंकले घट्यो। साउन १३ गतेदेखि बजार झर्न थालेको…
काठमाडौं । सरकारले कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। २२ वटा ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण मागिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राखिने छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि उनिहरुले बुझाएका थिएनन्न। त्यसपछि सात दिने पत्र काटिएको हो। सडक डिभिजन नुवाकोटको सिफारिसपछि टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा,…
नयाँ दिल्ली : भारतको उत्तराखण्डमा साउन २० गते गएको बाढीमा परि कम्तिमा १७ जना नेपाली सम्पर्कविहिन रहेका छन्। तीमध्ये जाजरकोटको कुशे गाउँपालिकाका मात्र १३ जना रहेको पाइएको छ। उक्त गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उत्तराखण्डको धरालीमा गएको बाढीमा आफ्नो ठाउँका कम्तिमा १३ जना हराइरहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कम्तिमा १७ जना नेपाली उक्त बाढीका कारण हराइरहेको भन्दै उद्धारका लागि पहल भइरहेको उल्लेख गरेका छन्। नदीले बगाएर ल्याएको माटोसहितको लेदोले किनारका बस्ती केही मिनेटमै छोपेको थियो। मानवीय क्षतिको यकिन विवरण आएको छैन। टाइम्स अफ इन्डियाले हालसम्म २ जनाको शव भेटिएको तथा ९ जना सैनिकसहित ७ जना हराइरहेको उल्लेख…
काठमाडौं। नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् तथा काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको थियो।
काठमाडौं। तीन दिनपछि हुने नेपाल प्रिमियर लिगको मिनि अक्सनका लागि खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ। एक सय ५० जना खेलाडीहरु खाली रहेका ३८ वटा कोटाका लागि प्रतिस्पर्धामा रहनेछन्। नेपाल क्रिकेट संघ-क्यानले बुधबार ए, बी र सि क्याटोगोरीका टोटल एक सय ५० जना खेलाडीको सर्ट लिस्ट गरेको छ। आगामी नोभेम्बर डिसेम्बरमा आयोजना हुने अनुमान भइरहेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेल्न ४ सय ५८ जना खेलाडीले मिनि अक्सनका लागि नाम दर्ता गराएका थिए ए, बी र सि क्याटोगोरीका लागि। तीमध्ये एक सय ५० जना खेलाडीलाई सर्ट लिस्ट गरिएको हो। अब उनिहरुको नाम आगामी शनिबार हुने मिनि अक्सनमा बोलिने छ। मिनि…
काठमाडौं। एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् । ५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् । एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थिए ।अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै…
काठमाडौं। गैह्र आवासीय नेपाल संघ-एनआरएनएको आगामी २ वर्ष (कार्यकाल)का लागि सदस्यता लिनेहरुको विवरण सार्वजनिक भएको छ। एनआरएनएका अनुसार कुल ८० हजार ३ सय ६२ जनाले सदस्यता लिएका छन्। तीमध्ये एसिया प्यासिफिकबाट सबैभन्दा बढी २२ हजार ३सय ७९ जनाले सदस्यता लिएका छन्। एसिया प्यासिफिकमा कम्बोडिया, चीन, हङकङ, जापान, दक्षिण कोरिया,मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स र थाइल्यान्डसहित १० वटा देश पर्छन्। यस्तै कोलम्बिया, क्यानडा, चिली, अमेरिका र ब्राजिल रहेको अमेरिकाजमा १६ हजार ७ सय ६४ जनाले सदस्यता लिएका छन्। अफ्रिकाका ९ देश कंगो, घाना, केन्या, रुवान्डा, सेसेल्स, दक्षिण सुडान, तान्जानिया, युगान्डा र जाम्बियामा कुल ९ सय ७ जनाले सदस्यता लिएको एनआरएनए सचिवालयले जनाएको…
काठमाडौं। उच्च अदालत पाटनले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाले कारागारमा रहेका मेडिकल व्यवशायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश गरेको छ। उच्च अदालतका न्यायधिशहरु टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रसाईलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको हो। प्रसाई सोमबार नै काराागर मुक्त भएका छन्। चैत १५ गतेको घटनालगत्तै केही साता फरार भएका प्रसाईलाई प्रहरीले भारतबाट पक्राउ गरि ल्याएको थियो। तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाइते भएका थिए। सोमबार नै भएको अर्को एक मुद्धाको आदेशमा प्रसाईसँग २५ लाख रुपैयाँ धरौटी मागिएको छ। प्रसाईले उक्त धरौटी पनि…
काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले सोमबार साँझ रिजल्ट सार्वजनिक गरेको छ। बोर्डका अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
काठमाडौं। बझाङका २६ वर्षीय रविन्द्र धान्तले शनिबार राती भारतको उत्तर प्रदेशस्थित नोयडामा जितेको एक मिक्स मार्सल आर्टस अर्थात एमएमए प्रतियोगिताले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ। म्याट्रिक्स फाइट नाइटको १७ औँ संस्करणअन्तर्गत बेन्टमवैट क्याटोगोरी जितेर रविन्द्रले नेपाली एमएमए इतिहासमा कीर्तिमान रचेका छन्। बेन्टमवैट भनेको ५७ देखि ६१ केजी तौल समूहको प्रतिस्पर्धालाई जनाउँछ। रविन्द्र धान्तले गरेको प्रतिस्पर्धा र उनले प्राप्त गरेको सफलताले आइतबार सामाजिक सन्जाल रंगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले बधाई दिएका छन्। म्याट्रिक्स फाइट नाइटको इतिहासमा कुनैपनि नेपाली खेलाडीले हालसम्म उपाधि जित्न सकेको थिएन। तपाईहरु धेरैलाई लाग्न सक्छ- हैन यो म्याट्रिक्स फाइट नाइट भन्ने प्रतियोगिता एक्कासी कहाँबाट आयो ? के…