



Author: एनआरएन
काठमाडौँ। सरकारले २०६२/६३ सालदेखि हाल ९२०८२/८३० सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/ छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १००…
काठमाडौं। बालेन सरकारले सबै ६ वटा राष्ट्रिय दलका चुनावी घोषणा पत्रका आधारमा राष्ट्रिय घोषणा पत्र जारी गरेको छ। प्रतिनिधि सभा निर्वाचनमार्फत राष्ट्रिय दलको मान्यतामा रहेका ६ वटा दलले गर्छु भनेका कामलाई साझा वाचाका रुपमा बालेन सरकारले राष्ट्रिय प्रतिबद्धता जारी गरेको हो। राष्ट्रिय प्रतिबद्धतालाई १८ बुँदामा समेटिएको छ। पढ्नुस् ती के के छन् त :
काठमाडौं। बालेन सरकारका मन्त्रिहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ। प्रधान मन्त्री तथा मन्त्रि परिषद् कार्यालयले आइतबार सम्पत्ती विवरण आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेनसहित सरकारमा रहेका सबै १६ जना मन्त्रि तथा प्रधान मन्त्रीको सम्पत्ती विवरण सार्वजनिक भएको छ। हेर्नुस कसको कति छ :
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मुल्य फेरी बढाएको छ। बिहीबार भएको निगमको निर्णयअनुसार पेट्रोलको मुल्य प्रति लिटर २ सय १९ रुपैयाँ पुगेको छ। प्रति लिटर १७ रुपैयाँ बढाइएको हो। पछिल्लो २५ दिनमा पेट्रोलको मुल्य ६२ रुपैयाँले बढेको छ। यसअघि तीनपटक १५/१५ रुपैयाँले बढाइएको थियो। मध्यपूर्वमा चर्किरहेको द्धन्द्धको प्रभाव नेपालमा लगातार देखिरहेको छ। इन्धन खपतलाई कम गर्न सरकारले आइतबार पनि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ। यस्तै वर्क फ्रम होम पनि आह्वान गरेको छ। निगमले खाना पकाउने ग्याँस पनि एक सय रुपैयाँले बढाएको छ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्। रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिसगरेका थिए। यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो। मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने…
काठमाडौं। अमेरिका/इजरायल र इरानबीच जारी युद्ध दुई साताका लागि रोकिएको छ। दुवै पक्षले दुई साताका लागि युद्ध रोक्न सहमती जनाएका हुन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुहरुसँग सम्झौता गर्न इरानलाई ४८ घण्टाको समय दिएका थिए जुन नेपाली समयअनुसार बुधबार बिहान सकिँदै थियो। त्यसअघि अमेेरिकाले इरानमा भिषण आक्रमणको तयारी गरिरहेको थियो। ट्रम्पले इरानको सम्पूर्ण सभ्यता नै सखाप बनाउने चेतावनी दिएका थिए। पाकिस्तानको मध्यस्थतामा दुई साताको युद्ध विराम भएको हो। यो अवधिमा युद्धमा सहभागी कुनैपनि पक्षमाथी आक्रमण नहुने बताइएको छ।
काठमाडौं। विदेशबाट आएको ‘अवैधानिक, आपराधिक वा शंकास्पद’ रकम बैंकहरुले फिर्ता पठाउन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंक ले विदेशी विनिमय तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) प्रणालीलाई थप कडा बनाउँदै बैंकिङ कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकका अनुसार यसले अवैध धन ओसारपसार नियन्त्रण गर्दै सम्पत्ति शुद्धीकरण विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा सहयोग पुर्याउनेछ। त्यसैगरी, व्यक्तिगत विदेशी मुद्रा खातामा अब नेपाली नागरिकले ५ हजार अमेरिकी डलरसम्म नगद जम्मा गर्न चाहेमा स्रोत खुल्ने कागजात अपुग भए पनि ‘स्वघोषणा’का आधारमा बैंकले उक्त रकम स्वीकार गर्न सक्नेछन्। विदेश यात्रा गर्ने नेपालीका लागि पनि सहुलियत थपिएको छ। कुनै देशमा भिसा प्रयोजनका लागि फिर्ता हुने धरौटी…
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिए। मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त गरेको छ । उनले राष्ट्र बैंकको सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन्। बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गर्दै सोको सूचना नेपाल…
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान सक्न नत्र थुनामुक्त गर्न परमादेश जारी गरेको छ। निवेदकहरुले ओली र लेखकलाई गैरकानुनी प क्राउ र हिरासतमा राखिएको भन्दै थुनामुक्त गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार त गर्यो बिहीबारभित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ । सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार दिएको अभिव्यक्तीका कारण शेयर बजारमा प्रभाव देखिएको छ। उनले नेपाल आर्थिक पत्रकार समाज-सेजनका प्रतिनिधिसँग कुराकानी गर्दै हरेक दिन पहिरो गइरहेको सेयर बजारका विषयमा सम्बोधन गरेका थिए। सेयर बजारका लगानीकर्ता नयाँ सरकारदेखि डराएको भनि उनीसँग जिज्ञासा राखिएको थियो। अर्थमन्त्रीले लगानीकर्तासँग ‘सम्पत्ति कहाँबाट ल्यायौ’ भनेर सोध्ने अवस्था नरहेको बताएका थिए। सरकारले कसैलाई धरपकड गर्ने नीति नलिएको स्पष्ट पारेका थिए। ‘यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने मात्रै विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ नत्र साधारण लगानीकर्ता प्यानिक हुनु आवश्यक छैन’, उनले भने, ‘ ‘शेयर बजारमा त्रास फैलाउने काम भएको छ, तर सरकारले…