



Author: एनआरएन
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मंगलबारदेखि सुरु हुँदै छ । गत वर्षदेखि सुरु भएको यो अटो सोले छोटो समयमै ब्यापक लोकप्रियता बटुलेको छ। ब्रान्डेड कम्पनीहरु सहभागी हुँदैछन्। ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ । एक्स्पोमा ५२ वटा स्टल रहनेछन्। प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सेवा समेटिनेछन् । प्रदर्शनका क्रममा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ । मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सिप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे…
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग अर्थमन्त्रीले छलफल गरेका हुन्। ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको थियो। छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन्। यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा…
काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ । विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू…
काठमाडौं : स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ। यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ। यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सत्ता सम्हालेको झन्डै साढे ४ महिनापछि पहिलोपटक दुई प्रमुख छिमेकीका कुटनीतिक अधिकारीसँग वन टु वन भेटघाट गर्ने भएका छन्। सोमबार बालेनले नेपालका लागि भारत र चीनका राजदुतसँग एकपछि अर्को भेट गर्दैछन्। उनले सुरुमा भारतीय राजदूत नविन श्रीवास्तवसँग र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने तयारी रहेको छ। यसअघि सत्ता सम्हालेको केही दिनपछि बालेनले सबै कुटनीतिक प्रतिनिधिसँग सामूहिक भेट गरेका थिए। त्यसयता विभागीय मन्त्रीहरुले वन टु वन भेटघाट गरेपनि बालेनले वास्ता गरेका थिएनन्। यसबीचमा बालेनले औपचारिक विदेश भ्रमण पनि गरेका छैनन्। नेपालका प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि भारत र चीनको औपचारिक भ्रमण गर्ने चलन रहेको छ। त्यसका…
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले गृहमन्त्रालयको सहयोग लिन लागेकी हुन्। ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्तालाई समस्यामा पार्ने तथा महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन्। मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन…
काठमाडौं। रास्वपाकै सांसदहरुले सरकारको वि रोध गर्न थालेपछि र प्रधानमन्त्री बालेनले आफु एक्लिएको आशय झल्कने गरी स्टाटस लेखेको भोलिपल्ट पार्टी सभापती रवि लामिछानेले त्यसबारे बोलेका छन्। शनिबार आयोजित एक कार्यक्रममा उनले भनेका छन् : कहिलेकाहीँ सरकारको विरोध भइरहँदा, राजनीतिक मुद्धाहरु हेर्दा, पार्लियामेन्टको गतिविधिहरु हेर्दा लौ गयो की, बर्बाद भयो की, यो दुई तिहाईको सरकार पनि खेर जाने हो की, तपाईहरुलाई देख्यौ त भन्दै गाली पर्न गर्लान्, तपाईहरु आत्तिनु त भएको छैन भन्ने मलाई लागेको छ। आँत्तिनु पर्दैन, हामी सम्हालेर जान्छौँ। ट्रान्सिजन कहिलेकाहीँ अत्यासलाग्दो हुन सक्छ। यो पोलिटिक्सको पाराडायम सिफ्ट भएको हुनाले अत्याउनेहरु पनि हुन्छन्, कहिले काहीँ हो की क्या हो…
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्राय सार्वजनिक विदा आसपासमा सामाजिक सन्जालमा स्टाटसहरु लेख्ने गर्छन। उनको यो साइतलाई विभिन्न कोणबाट टिप्पणी पनि हुने गर्छ। उनी प्राय आफ्ना कुराहरु सामाजिक सन्जालबाटै राख्ने गर्छन्। आफ्ना काम, शैली र निर्णयमा आत्मविश्वासी देखिने गरेका बालेन आफ्ना कमजोरी स्विकार नगर्ने नेताका रुपमा मानिसहरु उनलाई बुझ्ने गर्छन्। तर यतिबेला भने प्रधान मन्त्री बालेनले आफु अप्ठेरोमा रहेको संकेत गरेका छन्। शुक्रबार साँझ लेखेको एक स्टाटसको यतिबेला चर्चा भइरहेको जहाँ उनले पार्टीभित्रै एक्लिँदै गएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘ केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक…
काठमाडौं : गत वर्षको आम्दानीबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ कामना सेवा विकास बैंक । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।बैंकको…
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवशायी संघले आन्दोलन घोषणा गरेको छ। शुक्रबार रातीदेखि सरकारी सेवा नलिने र माग पुरा नभए भदौ १ गदेखि श्रमिक बाहिर नपठाउने म्यानपावर व्यवशायीले घोषणा गरेका छन्। यसअघि संघले सरकारलाई १५ बुँदे माग अघि सारेको थियो। तर ती मागको सुनुवाई नगरिएको संघको गु नासो छ। आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए । संघ अध्यक्ष डिकबहादुर खत्रीले आजसम्म श्रम स्वीकृति लिइसकेकाको हकमा १ भदौसम्म वैदेशिक रोजगारीमा पठाइसक्न समय दिइएको बताए । विभागले पूर्व र अन्तिम श्रम स्वीकृति, विज्ञापन, मागपत्र प्रमाणीकरण लगायत सेवा प्रदान गर्दै…