Author: एनआरएन

काठमाडौं। इजरायल र अमेरिकाले इरानका जनतालाई ठाउँ खाली गर्न र सुरक्षित ठाउँमा जान भनिरहेका छन्। यता इरानले पनि त्यसै भन्दै छ इजरायलको तेल अभिभ, हैफाजस्ता शहरका बासिन्दालाई। यसले इरान-इजरायलबीच एक साता अघि सुरु भएको युद्ध थप चर्किन सक्ने र कहाँ पुगेर रोकिन्छ भनेर अनुमान गर्न नसकिने अवस्थामा छ। इजरायलले सैन्य र आणविक कार्यक्रमका इलाकालाई लक्ष्यत गरेर आक्रमण सुरु गरेकामा इरानी जनतासँग आफ्नो कुनै समस्या नरहेको उसको भनाई थियो। इजरयालको मिसाइल र ड्रोन आक्रमण इरानका सैन्य इलाका, मिसाइ लन्च केन्द्र, अनुसन्धान केन्द्र, तेल तथा ग्याँस खानी, परमाणु प्रसोधन केन्द्रलाई लक्ष्यित गरिएको छ। परमाणु बमका लागि प्रयोग हुन सक्ने युरेनियमको प्रशोधन केन्द्र…

Read More

काठमाडौं। काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनले उक्त आदेश जारी गरेपछि पाण्डे अब काममा फर्कने भएका छन्। बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। ‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनूरदिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ। आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते…

Read More

काठमाडौं। एसोसियट क्रिकेटको नम्बर एक टोली स्कटल्यान्डमाथी नेपालले मंगलबार राती जित हात पार्‍यो। त्यो पनि स्कटल्यान्डकै मैदानमा। यो जितको नायक बने सन्दीप लामिछाने। पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ९७ रनमै समेटिएको थियो। हो, यति कम स्कोरमा स्कटल्यान्डलाई समेटेपछि नेपालको खेल जित्ने बलियो आधार तयार भएको थियो। अर्थात जितको आधार बलरले तयार गरेका थिए। त्यसमा पनि सन्दीपले चार ओभरमा ११ खर्चिएर ४ विकेट लिए। उनले एक मेडन पनि राखेका थिए। सातौँ ओभरमा सन्दीपले बलिङ सुरु गरेका थिए जतिबेला स्कटल्यान्डले ५ विकेट गुमाएर ३२ रन जोडेको थियो। सन्दीपले आफ्ना सुरुका दुई ओभरमा ९ रन खर्चिएका थिए भने विकेट हात पार्न सकेका थिएनन्। …

Read More

काठमाडौं। काठमाडौंमा प्रशस्त जग्गा जमिन अनि अवकाशतिर लम्किरहेको सरकारी शिक्षकको जागिर। बेलाबखग जग्गाको पनि कारोबार। छोरा छोरीलाई अमेरिका पठाएर पारिवारिक भार पनि हलुङ्गो हुँदै गरेको समय। तर जिवनमा एकाएक काला बादलहरु मडारिन थाल्छन्। न कसैलाई खुलेर भन्न सक्छन् नत त्यसलाई दबाउन सक्छन्। उनको छटपटी त्यतिबेला सम्हालिन नसक्ने हुन्छ जब उनलाई केही समय अघि मात्र चिनजान भएकी युवतीले दुई जनाको अश्लिल तस्विरहरु पठाएर भन्न थाल्छिन्- काठमाडौमा घर र चार आना जग्गा चाहियो नत्र म प्रहरीकहाँ जान्छु ? अर्थात उनी हनी ट्रयापमा परेका थिए। हामीले ती ५५ वर्षीय सरकारी शिक्षकको गोपनियताका कारण यहाँ उनलाई नाम परिवर्तन गरेर कृष्ण भनेर सम्बोधन गर्ने छौँ।…

Read More

काठमाडौं । एक युवा सरकारी डाक्टर सुसाइड नोट लेखेर मोबाइल स्वीट्च अफ गर्छन्। सुसाइड नोटमा राम्रो गर्छुभन्दा आफुलाई काम गर्न नदिइएको, अपमान गरिएको, सरुवा भएको र अन्याय सहने हद पार भएको उल्लेख गर्दै आमादेखि श्रीमतीसम्म माफी मागिएको हुन्छ। ‘नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ’, भन्दै स्टाटसको अन्त्यतिर लेखिएको बाक्यांश मर्मस्पर्शी थियो। एकातर्फ मर्दैछु आशयको स्टाटस छ, अर्कोतर्फ काम गर्ने सिलसिलामा मानसिक यातना पाएको आशय देखिन्छ, एकाएक डाक्टर केशव श्रेष्ठको स्टाटस सामाजिक सन्जालमा भाइरल हुन्छ। बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा पोस्ट भएको उक्त स्टाटसलाई धेरै सेयर गर्छन्। उनको ज्यान बचाउन अपिल गर्छन्। यस्ता थुप्रै कारण थिए…

Read More

नेपालको सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल अनि टी-२० अन्तर्राष्ट्रियको इतिहासमै पहिलोपटक एकै खेलमा तीनवटा सुपर ओभर। सोमबार राती नेपाल र नेदरल्यान्ड्सबीच भएको टी-२० अन्तर्राष्ट्रिय खेल विश्व क्रिकेटले नै लामो समय सम्झिरहने छ। खेल कसले जित्यो भन्दा पनि जसरी यो खेल तीनवटा सुपर ओभर खेलाउनु पर्ने अवस्थामा पुग्यो, त्यो नै बढी स्मरणीय हुने छ। नेपाली क्रिकेट समर्थक भने केही निराश छन्- किनभने नेपालले सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल जित्न सकेन। तीन-तीनपटक सुपर ओभर भएको ऐतिहासिक खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन। सुपर ओभर जस्तो हरेक बलमा छक्का र चौकाका लागि एटेम्ट हुने अवस्थामा प्रशिक्षक स्टूवार्ट लले किन पहिलो खेल खेलिरहेका रुपेश सिंहलाई पठाए?…

Read More

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘अलविदा’ लेखेका चिकित्सक डा केशव श्रेष्ठको खोजी प्रहरीले तिव्र बनाएको छ। सोमबार बिहान केशवले अन्याय सहन नसकेको भन्दै माफी माग्दै स्टाटस लेखेका थिए। उनले अप्रिय निर्णय लिन लागेको संकेत गरेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोदेखि अन्य प्रहरी युनिटले पनि खोजि गरिरहेका छन्। रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले आफुलाई अपमान र षड्यन्त्रपूर्वक त्यहाँबाट हटाइएको उल्लेख गरकेा छन्। आफुले कानुन बमोजिम गर्न खोज्दा अप्ठेरो पारिएको उनले उल्लेख गरेका छन्। ‘मलाई धेरै दुख दिए, अहिले यो दुख/पीडा सहन अनि सोचन पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘कतैबाट केही साथ सहयोग…

Read More

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा शीर्ष दुई स्थानमा रहेका एसोसियट टोलीसँग नेपालले सोमबारदेखि ट्राइ सिरिज खेल्दै छ। वरियताको १३ औँ स्थानमा रहेको स्कटल्यान्ड र १४ औँ स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले यो शृंखला खेल्दै छ। नेपाल टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा १८ औँ नम्बरमा छ। स्कटल्यान्डमा विश्वकप लिग-२ को शृंखला खेलेपछि नेपाललो सोहि शृंखला खेलेका टोलीसँग टी–२० अन्तर्राष्ट्रियको ट्राइ सिरिज खेल्न लागेको हो। विश्वकप लिग-२ को यो साइकलमा हरेक शृंखलापछि ती शृंखलामा सहभागी भएका टोलीहरुबीच टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज पनि भइरहेको छ। तर यो विश्वकप लिग-२ को पार्ट भने होइन। नेपालले यस्तो बेलामा यो सिरिज खेल्दै छ जतिबेला एसोसियट वरियतामा माथिल्लो…

Read More

गुजरात । श्रीमानसँग सँधैका लागि बस्न पाउने भएपछि केही समययता उनको खुसीको सिमा थिएन। राजस्थानको एक निजि हस्पिटलमा उनको डाक्टरी जागिर राम्रै थियो। उनको जिवनमा अझ राम्रा दिनहरु आउँदै थिए। आफ्नो लागि, परिवारका लागि र छोराछोरीका लागि उनले लन्डन रोजेकी थिइन्। एक महिनाअघि भारतको जागिर छाडेर उनी अब विदेशमा जिवन विताउने तयारी गर्दै थिइन्। साथमा रहेका ५ वर्षका जुम्ल्याहा छोरा र ८ वर्षकी छोरी पनि अब लन्डन जाने र बाबुसँगै बस्ने कुराले सुपर एक्साइटेड थिए। लन्डनमा डाक्टरी पेशा नै गरिरहेका प्रतिक जोशी तीन सन्तान र श्रीमती डाक्टर कोनी ब्यासलाई लिन आएर बिहीबार फेरी कर्म भूमी फर्कैदै थिए। उनीहरु कति खुसी…

Read More

काठमाडौं। श्रीमानसँग सँधैका लागि बस्न पाउने भएपछि केही समययता उनको खुसीको सिमा थिएन। राजस्थानको एक निजि हस्पिटलमा उनको डाक्टरी जागिर राम्रै थियो। उनको जिवनमा अझ राम्रा दिनहरु आउँदै थिए। आफ्नो लागि, परिवारका लागि र छोराछोरीका लागि उनले लन्डन रोजेकी थिइन्। एक महिनाअघि भारतको जागिर छाडेर उनी अब विदेशमा जिवन विताउने तयारी गर्दै थिइन्। साथमा रहेका ५ वर्षका जुम्ल्याहा छोरा र ८ वर्षकी छोरी पनि अब लन्डन जाने र बाबुसँगै बस्ने कुराले सुपर एक्साइटेड थिए। लन्डनमा डाक्टरी पेशा नै गरिरहेका प्रतिक जोशी तीन सन्तान र श्रीमती डाक्टर कोनी ब्यासलाई लिन आएर बिहीबार फेरी कर्म भूमी फर्कैदै थिए। उनीहरु कति खुसी थिए,…

Read More