Author: एनआरएन

काठमाडौं। कहाँसम्म चाहिँ पुग्छ ?  बा, अब लगातार झर्ने पो हो की ! यतिबेला सेयर बजारका लगानीकर्ताहरु यस्तै सोचिरहेका छन्। तपाई पनि यस्तै कन्फ्युजनमा भएको हुनुपर्छ। पुग्छ चाहिँ कतिसम्म ? लगानी गरौँ बजार झर्न पो थाल्ने हो की ! सेयर बजार बढोस् या घटोस् साना लगानीकर्ताहरुलाई बजारमा इन्ट्री गर्न सँधै यस्तै सकस पर्छ। जब बजार बढ्न थाल्छ- लगानीकर्ताहरु हरेक दिन लोभिन्छन्। अस्ति नै लगानी गरेको भए, मनमनै नाफाको हिसाब सुरु हुन्छ। बजार बढ्दा प्राय लगानीकर्तालाई यस्तै हुन्छ। मैले यसो भनिरहँदा यसले मेरै मनको कुरा भनिरहेको छ। तपाईलाई यस्तै लागिरहेको हुनुपर्छ। यो कुरा किन गरिरहेको छु भने यतिबेला सेयर बजार बुलतर्फ…

Read More

काठमाडौं। सन् २००८ मा रोनाल्डीन्होले बार्सिलोना छाडेर एसि मिलान जाने निर्णय लिए। त्यतिबेला बार्सिलोनामा युवा खेलाडी लियोनल मेस्सीको प्रभाव बढ्दै थियो।  २७ वर्षे ब्राजिलियन रोनाल्डिन्होले बार्सा छाडेको खबर सामान्य थिएन। ५ वर्ष बार्सिलोनामा रहँदा उनले दुईपटक फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए। बार्सिलोना आउनु अघि ग्रेमियो र पेरिस सेन्ट जर्मनका लागि खेलेका थिए तर क्लब फुटबलमा बार्सिलोना आएपछि मात्र रोनाल्डिन्होको प्रभाव ह्वात्तै बढ्यो। त्यसैले रोनाल्डिन्होले बार्सिलोना छाड्ने कुरा जति चर्चामा थियो त्यत्तिकै चर्चामा थियो अब उनले लगाउँदै आएको १० नम्बरको जर्सी कसले लगाउँछ ? किनभने बार्सिलोनामा १० नम्बर जर्सीको शान फेरी उच्च बनेको थियो। रोनाल्डिन्होले लोभलाग्दो बनाएका थिए। सामान्यतया…

Read More

काठमाडौं। नेपालकी स्टार फुटबलर सावित्रा भण्डारी व्यावशायीक फुटबल खेल्न फ्रान्सबाट अस्ट्रेलियन लिग क्लब पुगेकी छिन्। अब साम्बाले अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यावशायीक महिला फुटबल लिग ए लिग खेल्ने भएकी छिन्। उनलाई न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सले आबद्ध गरेको छ। यसअघि सावित्रा फ्रान्सको सबैभन्दा ठुला महिला फुटबल लिग जसलाई प्रिमियर लिग फेमिनाइन भनिन्छ त्यसमा खेल्थिन्। साम्बालाई सन् २०२४ को सुरुवातमा एन एभान्त गुइनगाम्पले आबद्ध गरेको थियो। पहिलो सिजन साम्बाले अन्तिमका केही खेलहरु खेल्न पाइन्। त्यतिबेला उनले ४ खेल खेल्दै एक गोल गरेकी थिइन्। यो सिजन उनले २५ खेल खेल्न पाइन्, ६ गोल गरिन्। तर लगातार १९ सिजन खेलेपछि एन एभान्त गुइनगेम्प रेलिगेसनमा पर्‍यो।…

Read More

थपिएको दुई महिनामा पनि निमार्णको काम नसकिएपछि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट निर्माणको काम गरिरहेका ठेक्केदारलाई कारबाही गरेको छ। यस्तो कारबाही जुन ठेक्केदार कम्पनीलाई निकै महँगो पर्ने देखिएको छ। अब ठेक्केदारले दैनिक करिब २ लाख रुपैयाँको हाराहारीमा जरिवाना तिर्नुपर्ने छ। यसअघि वैशाख २४ गतेभित्र फ्लडलाइट र प्यारापिट निर्माण गरिसक्ने भनेर ठेक्केदार कम्पनीले काम थालेका थिए जतिबेला उनिहरुसँग झन्डै २ महिनाको मात्र समय थियो। उक्त समयसिमाभित्र काम नसकिएपछि सरकारले झन्डै २ महिना समय थपिदिएको थियो। उक्त समयभित्र पनि फ्लडलाइट र प्यारापिट तयार नभएपछि सरकारलले कारबाही गरेको हो। शहरी विकाश मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत सरकारले प्यारापिट…

Read More

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो हुन्थ्यो भने आजका दिनसम्म अर्थात असार मसान्तसम्म त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनि सकेको हुन्थ्यो, फ्लडलाइट जडान भइसकेको हुन्थ्यो। प्रधानमन्त्रीले चाहेका मात्र थिएनन्, असार मसान्तसम्म प्यारापिट र फ्लडलाइट जडान नभए त्यो सरकारलाई सह्य नहुने चेतानवीपूर्ण स्टेटमेन्ट समेत दिएका थिए। सुन्दा यस्तो लागेको थियो- असारभित्र चाहीँ जसरी पनि प्यारापिट र फ्लडलाइट बन्ने भयो। प्रधानमन्त्रीले नै यसरी बोलेपछि किन पो हुँदैन ? ठेक्केदारले करिब दुई महिनामा दुवै संरचना तयार गर्नु भनेका थिए। उनिहरुले काजगमा गरेको सम्झौता हेर्ने हो भने गत बैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट तयार हुने थियो। ठेक्केदारले सुरुमा पाएकै…

Read More

काठमाडौं। युट्युबले मंगलबारदेखि लागु गर्न लागेको एउटा मनिटाइजेसन पोलिसीका कारण कन्टेन्ट क्रियटरहरु केही समययता  निकै कन्फ्युजमा परिरहेका छन्। के गर्न मिल्ने हो, के गर्न नमिल्ने हो ? बा त्यसो गर्दा मनिटाइजेसन पो हट्ने हो की ? कन्टेन्ट क्रिएटरका जिज्ञासा धेरै यस्तै छन्। उनिहरुले युट्युबसँग धेरैजसो यस्ता जिज्ञासा राखेका छन्। युट्युबले के के गर्न मिल्छ भनेर जवाफ पनि दिएको छ। तपाईलाई पक्कै थाहा छ. युट्युबले कन्टेन्ट क्रिएटरहरु, युट्युबमा भिडियो अपलोड गर्नेहरुका लागि निश्चित शर्त पुरा गरेपछि युट्युब पार्टनर प्रोग्राममा सहभागी गराउँछ। अर्थात कन्टेन्ट क्रिएटरका भिडियोहरुलाई मनिटाइजेसन गर्छ। युट्युबमा भिडियो हालेर डलर कमाउँछन् भनेर पक्कै सुन्नु भएको होला। मनिटाइजेसन हुनु भनेको डलर…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाले सम्पत्ती कर प्रयोजनका लागि आफ्नो क्षेत्रको प्रति आना मुल्य निर्धारण गरेको छ। मुख्य सडक र त्यसका दायाँबायाँ जोडिएका जग्गाहरूको प्रतिआना मूल्य तोकिएको छ। बढीमा प्रति आना ५० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ। हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि…

Read More

काठमाडौं। चालु आर्थिक वर्षको जेठसम्म सबै वाणिज्य बैंकहरु मुनाफामा देखिएका छन्। तर गत वर्षको सोही अवधिको तुलनामा भने ९ वटा वाणिज्य बैंकको मात्र नाफा बढेको छ। ११ वटा वाणिज्य बैंकको खुद मुनाफा घटेको छ। सोही कारण वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको देखिएको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन्। गत वर्षको जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए । सबैभन्दा धेरै नाफा बढाउने बैंकमा नेपाल बैंक रहेकाे छ । गत वर्ष १ अर्ब ७ करोड…

Read More

काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि भएको पहिलो सेयर कारोबार उत्साहजनक देखिएको छ। नेपाल सेयर बजार परिसूचक नेप्से आइतबार २९ अंक अर्थात १.०६ प्रतिशतले बढेर २७६०.८० विन्दुमा पुगेको छ। ३ करोड २५ लाख ९२ हजार ३० सेयर खरिदविक्री भएकामा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपैयाँ कारोबार भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष ८२/०८३ का लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। विश्वनाथ पौडेल गभर्नर नियुक्त भएयता उनले पहिलो मौद्रिक नीति ल्याएका हुन। अब यो मौद्रिक नीति हरेक तीन महिनामा समिक्षा हुने छ र आवश्यक परे परिमार्जन गरिने छ। गभर्नर पौडेलले सेयर बजार, घर जग्गा कारोबार…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनए अध्यक्ष डा. बद्रि केसीले अहिले भइरहेको राष्ट्रिय समन्वय समिती र आसन्न अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनमा भाग लिन सबै पक्षलाई आह्वान गरेका छन्। उनले एनआरएनएमा कुनै पनि विवाद नराख्न र एक ढिक्का भएर अगाढि बढ्न आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले आफ्नो समिती नै एनआरएनएको आधिकारिक नेतृत्व भएको र आसन्न निर्वाचन नै आधिकारिक निर्वाचन हुने बताए। ‘बाढी आएको बेला मुल नदीबाट दुई तिनवटा शाखा निस्किने र बाढी रोकिएपछि पानी मुल नदीबाटै बगेजसरी अब एनआरएनए पनि एक ढिक्का हुने छ। सबै पक्ष निर्वाचनमा सहभागी हुनु हुने छ र एनआरएनए एकताबद्ध भएर अगाडि बढ्ने छ भन्ने…

Read More