



Author: एनआरएन
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सुस्त रहेको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित मौद्रिक नीति ल्याएका छन्। घरजग्गा र सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा केही लचकता अपनाइएको छ। अब घर खरिदका लागि ३ करोड रुपैयाँसम्म ऋण पाइने छ। यसअघि यस्तो ऋणको सिमा २ करोड रुपैयाँ थियो। पहिलो पटक घर खरिद गर्नेलाई दिइने कर्जाको मूल्याङ्कन अनुपात बढाएर ८० प्रतिशत पुर्याइएको छ भने घरजग्गा खरिदका लागि दिइने सामान्य कर्जाको मूल्याङ्कन अनुपात ७० प्रतिशत पुर्याइएको छ। यस्तै व्यक्तीले सेयर धितोबापत अब २५ करोड रुपैयाँसम्म कर्जा पाइने छन्। यसअघि यस्तो सिमा १५…
काठमाडौं। कुनै समय देशब्यापी कुनै वाणिज्य बैंकभन्दा कम चर्चा थिएन ललितपुरको पुल्चोकमा रहेको लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाको। वाणिज्य बैंकका सन्चालकहरु समेत लालिगुरासको लोकप्रियता देखेर जिब्रो टोक्थे। तर त्यही सहकारीमा विगत झन्डै डेढ वर्षदेखि ताला लागेको छ। सहकारीका सयौँ कर्मचारी र हजारौँ बचतकर्ता विचल्लीमा छन्। केही बचतकर्ताको उजुरीपछि सरकारले २०८० फागुन २९ गते लालिगुरासलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। त्यसयता ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्ने काम सरकारले बनाएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितीको कार्यालयले गरिरहेको छ। समस्याग्रस्त घोषणा भएपछि बचत फिर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो। तर जम्मा ४५ सय बचतकर्ताले मात्र निवेदन दिए जबकी २० हजारभन्दा बढी बचतकर्ता…
काठमाडौं। तिब्बतको लेन्दे खोलामा आएको बाढीले चीनसँगको प्रमुख नाका रसुवागढीबाट अझै २० जना हराइरहेका छन् भने ५ जनाको शव भेटिएको छ। लेन्दे खोला नेपालमा आएर मिसिएपछि त्यो भोटोकोशी बन्छ। भोटेकोशीमाथी, नेपाल र तिब्बतलाई जोड्ने मितेरी पुल बगाएको छ। भोटेकोशी किनारमा रहेका संरचनाहरुमा नराम्रोसँग क्षति पुगेको छ भने सडकहरु पनि भत्किएका छन्।
काठमाडौं। प्रहरीले स्रोत नखुलेको आरोपमा झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौंको बौद्धबाट ४० चिनियाँ नागरिक वाङ जियानलाई पक्राउ गरेको हो। जियानको साथबाट एक करोड ४४ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। उनी दुई महिनादेखि नेपालमा बसिरहेको बताइएको छ। उनी बुद्ध चित्त मालाका कारोबारी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले त्यत्रो रकम कसरी जम्मा गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौं। प्रहरीले झापामा गोली हानी लागु औषध कारोबारी नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका-८ स्थित हुलाकी लोकमार्गमा प्रहरीले चेकजाँच गर्नेक्रममा भाग्न खोज्दा नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारोबारीको खोजिमा निस्किएको थियो। पक्राउ पर्नेमा भारतको बिहारका ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवलका ५५ वर्षीय नशरुदिन मियाँ छन्। नशरुदिनको पिड्युलामा गोली लागेको छ। प्रहरीका अनुसार आलमको साथबाट एक सय ३ ग्राम ७० मिलिग्राम र मियाँको साथबाट एक सय २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
काठमाडौं। भोटेकोशीमा अचानक बढेको पानीको बहावले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । चीनतर्फ आएको बाढीले नेपालका नदिनालामा पानीको बहाव बढेपछि क्षति पुगेको हो। पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ । बाढीले भन्सार कार्यालयमा क्षति पुुर्याएको छ। भन्सार जाँचपासका लागि राखिएका गाडीहरुमा बगाएको प्रशासनले जनाएको छ। सुरक्षा अधिकारीका अनुसार बिहान तीन बजेतिर भोटेकोशीमा अचानक बाढी आएको थियो । मानवीय क्षतिको विवरण भने आइसकेको छैन।
काठमाडौं। नेपाल र उज्वेकिस्तानबीच शनिबार राती भएको खेल र त्यसको नतिजा विर्सन तपाईलाई पक्कै गाह्रो भइरहेको हुनुपर्छ। नेपालले यो खेल जित्ने छ र महिला एसियन कपमा स्थान बनाउने छ। धेरैको यस्तै आशा थियो। तर नेपालले खेल सुरु भएको दुई मिनेट पनि वित्न नपाउँदै गोल व्यहोर्यो। ११ मिनेटमै उज्वेकिस्तानले दोस्रो गोल थप्यो। नेपालले अब जित्ला भन्ने आशा मर्यो। तर नेपालले यसरी पुनरामगन गर्यो की उज्वेकिस्तानले दुईपटक २ गोलको अग्रता लिएर पनि नेपाल बराबरीमा पुगेको थियो। निर्धारित ९० मिनेटको खेलपछि सिधै टाइब्रेकर गरियो। नेपालको पहिलो प्रहार नै मिस भयो। नेपालकी गोलकिपर अन्जना रानामगरविरुद्ध उज्वेकिस्तानले सुरुका लगातार ४ प्रहार गोलमा परिणत गरेको थियो।…
काठमाडौं। मध्यरात सवा एक बजे। जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुममा रिङ बज्छ। फोन उठाउँदा उताबाट बोलेको सुनिन्छ- मैले चार जनालाई छुरी हानेर आएको छु मलाई पक्राउ गर्न आउनु। मध्य निन्द्राको समय, अनि त्यस्तो फोन। प्रहरी एकछिन अक्कनबक्क पर्छन्। कसैले जाँड खाएर दुख दिन पो फोन गरेको हो की, प्रहरीले आशंका गरेपनि ढुक्क हुन सक्दैन। कन्ट्रोलले नजिकैको प्रहरी कार्यालयलाई खबर गर्छ। अस्थायी प्रहरी कार्यालय ओख्रेको टोली तत्कालै मुभ हुन्छ। लगभग १५ मिनेटपछि हुर्बु भन्जाङमा एक युवक पेटमा छुरा हानिएको अवस्थामा सख्त घाइते भेटिन्छन्। प्रहरीलाई फोन गर्ने युवक तीनै भएको यकिन हुन्छ। त्यसपछि ती युवकले छुरा हानेको भनेको ठाउँतर्फ प्रहरी मुभ…
काठमाडौं। भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तीले ससुरालीका ४ जनाको हत्या गरेका छन्। रामप्रसाद राई-२ धोद्लेखानीमा एकै घरका ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले सबै ४ जनाको हत्या गरेँ भन्दै प्रहरी कन्ट्रोलमा मध्यरात खबर गरेका थिए। त्यसपछि प्रहरीले राजेन्द्रले बोलाएको ठाउँमा पुग्दा उनी गम्भिर घाइते अवस्थामा भेटिएका थिए। राजेन्द्रले एक वर्ष अघि मनिषालाई भगाएर विवाह गरेका थिए। तर केही समय अघि मन्जुले मनिषालाई भोजपुर नगरपालिका पुगेर घर ल्याएकी थिइन्। त्यसपछि राजेन्द्र श्रीमतीलाई लिन ४/५ दिन अगाडि आइपुगेका…
काठमाडौं। नेपाल आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल भएको छ। शनिबार राती उज्वेकिस्तानसँग पराजित भएपछि नेपाली महिला फुटबलको सपना अधुरै बन्यो। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि हार जितको नतिजाटाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी र अन्जना रानामगर चुके। उज्वेकिस्तानले सुरुका ४ वटा प्रहार गोलमा परिणत गरेको थियो। अन्जन मिस भएपछि उज्वेकिस्तानले अन्तिम प्रहार गर्नै परेन। त्यसअघि निर्धारित समयमा उज्वेकिस्तानले दुईपटक २ गोलको अन्तरले अग्रता लिएपनि जोगाउन सकेको थिएन। नेपालकी साम्बाले ह्याट्रिक गरिन्। उज्वेकिस्तानले दोस्रो र ११ औँ मिनेटमा गोल गर्दै २-० गोलको अग्रता लिएको थियो। साम्बाले २४ औँ मिनेटमा पहिलो…