



Author: एनआरएन
काठमाडौं। सरकारले सामाजिक सन्जालको नियमन र यसबाट हुने अपराध र त्यसमा हुने सजायको व्यवस्था गर्दै संसदमा विधेयक लगेको छ। प्रस्तावित ऐनका व्यवस्थालाई लिएर यतिबेला प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका पक्षधरहरुले चर्को विरोध गरिरहेका छन्। संसदले यो विधेयक जस्ताको तस्तै पारित गरे जनतालाई के अप्ठेरो पर्छ भन्नेबारे हामीले मिडिया तथा सामाजिक सन्जाल अध्येता कृष्ण आचार्यसँग कुराकानी गरेका छौँ।
काठमाडौं । रवि लामिछानेलाई तीनवटा जिल्ला अदालतले गरेर २ करोड २५ लाख रुपैयाँ धरौटी मागेको छ। कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी मागेकामा आइतबार रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेको थियो। पर्सा र चितवन जिल्लामा पनि रविविरुद्ध सहकारी ठगी सम्बन्धी अनुसन्धान भएको थियो। तीनवटै जिल्ला अदालतमा उनी धरौटी बुझाएर त्यसमा पनि आदेश भएकै दिन छुटेका छन्। रविले कसरी जुटाइरहेका छन् धरौटी भन्ने विषयमा हामीले अधिवक्ता लेखनाथ भट्टराईसँग कुराकानी गरेका छौँ।
काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धामा रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ। आइतबार प्रल्हादकुमार योगीको एकल इजलासले रविसँग एक करोड रुपैयाँ धरौटी मागेर छाड्ने थुनछेकको आदेश गरेको हो। रविले साँझ नै धरौटी बुझाएर छुटेका छन्। यसअघि कास्की जिल्ला अदालतले उनीसँग ६५ लाख रुपैयाँ र काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो। दुवै अदालतमा पनि धरौटी बुझाएर उनी छुटेका थिए। रविविरुद्ध चितवन र पर्सा जिल्लामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो। विभिन्न ५ वटा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप रविमाथी लागेको थियो।
काठमाडौं। ताप्लेजुङको पाथिभारा मन्दिरलाई जोड्न निर्माण गर्न लागिएको केबलकारको विरोध स्थानिय लिम्बु समूह र पहिचानवादीहरुले गरिरहेका छन्। उनिहरुले अवरोध गर्न खोजेपछि सुरक्षाकर्मीले शनिबार गोलीसमेत चलाउनु परेको थियो। घटनामा केही घाइते छन्। केबलकार निर्माणको विरोध किन भइरहेको छ ? सरकारले के सोचेर केबलकार बनाउन दिने निर्णय गर्यो ? हामीले पाथिभारा मन्दिर पर्ने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसँग कुराकानी गरेका छौँ।
काठमाडौं। नेपाली क्रिकेटका ग्लोबल स्टार सन्दीप लामिछाने यतिबेला उपचार गराइरहेका छन्। हर्नियाको अप्रेसनपछि उनी स्वास्थ्य लाभ गदैछन्। उनको यो स्वास्थ्य समस्या लामै समयदेखि थियो भन्ने उपचारका समाचार विवरणहरुमा देख्न सकिन्छ। उनी भारी मन लिएर अस्पताल पुगेका थिए र उपाचारपछि पनि उनको मनको दुख निको नभएको अनुमान यतिबेला गर्न सकिन्छ। किनभने सन्दीप अस्पताल भर्ना हुनुअघि ठिक अगाडी नेपाल क्रिकेट संघबाट अनुशासन कारबाहीका परेका थिए। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै सन्दीपलाई सजाय गर्ने निर्णय गरेको थियो।। सन्दीपलाई एउटा घरेलु खेलमा प्रतिबन्ध लगाइएको छ। ३ डिमेरिट अंक पनि सजाय गरिएको छ। झट्ट हेर्दा सजाय सामान्य लाग्न सक्छ।यसले के फरक पर्छ भन्ने तपाईलाई लाग्न…
काठमाडौ : अखिल नेपाल फुटबल संघ–एन्फाले सिनियर राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोसलाई नियुक्त गरेको छ। स्रोतका अनुसार एन्फाले एक वर्षका लागि रोसलाई नियुक्त गरेको हो।एन्फाले नेपाली टोलीको प्रमुख प्रशिक्षक बन्न विशेष गरी दुईवटा न्युनतम मापदन्ड तोकेको थियो। पहिलो प्रो लाइसेन्स कोच हुनुपर्ने र दोस्रो व्यावशायीक फुटबलमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने। ४ सय ५ जना आवेदकमध्ये अस्ट्रेलियन रोसले बाजी मारेका हु्न्। रोस कुनै समय लाइन्सम्यान थिए, स्कुल टिचर थिए र बस ड्राइभर पनि। तर उनै रोस सहायक प्रशिक्षक हुदा जर्मन महिला फुटबल क्लब फ्रान्कफर्टले सन् २०१५ मा महिलातर्फको युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो।सन् २०२२ मा…
काठमाडौं। बुधबार अपरान्ह लखनउबाट मुम्बईतर्फ सयौँ यात्रु बोकेर पुष्पक एक्सप्रेस रेल गइरहेको थियो। ५ बजे तिरको समयमा अचानक रेलमा आगो लागेको हल्ला फैलिन्छ। यात्रुहरु अत्तालिन्छन्। कसैले रेल रोक्न प्रयोग हुने आपतकालिन चेन तान्छ र रेल रोकिनेक्रममा हुन्छ। साधारण सिटमा बसिरहेका यात्रुहरु आत्तिँदै बाहिर निस्किएर सुरक्षित स्थानतर्फ जान खोज्छन्। अर्को लिकबाट आइरहेको ट्रेनले उनीहरुलाई ठक्कर दिन्छ। महाराष्ट्रको जलगाउँ जिल्लामा पर्ने पाचोरा भन्ने ठाउँमा पुस्पक एक्सप्रेसका यात्रुहरुलाई कर्नाटका एक्सप्रेसले यसरी ठक्कर दिँदा कम्तिमा १३ जनाको मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। ज्यान गुमाउनेमा ४ जना नेपाली रहेका छन्। नेपालीमध्ये एक जना पुरुष, दुई जना महिला र एक जना बालक रहेका छन्।…
काठमाडौं। नेपाल १९ वर्षभन्दा मुनीको आईसिसी महिला टी—२० विश्वकप क्रिकेट खेल्न मलेसिया पुग्यो, सबै तीन खेलमा हार्यो र पहिलो चरणबाटै बाहिरियो । के नेपालको कहानी यत्तिमै सिमित भएको हो त ? नेपालको प्रदर्शन र नेपालले निकालेका नतिजामा दुखी हुने की खुसी वा सन्तोष मान्ने ? हामीलाई नेपालमा यू-१९ महिला क्रिकेटका घरेलु प्रतियोगिताहरु कहिले कहिले भएका थिए भनेर सम्झन गाह्रो छ। यी खेलाडीहरु कसरी जन्मिए भनेर तपाईलाई आश्चर्य लाग्न सक्छ। तर यही अवस्थाबाट माथी निस्किएर नेपालले पहिलोपटक महिला क्रिकेटमा विश्वकप खेल्यो। विश्वकप जा खेल भनेर खेलेको होइन। छनोट चरण पार गरेर त्यहाँ पुगेको थियो। एसियाका एसोसिएट टोलीमा पहिलो भएर नेपालले विश्वकप…
काठमाडौं। नेपाल मलेसियामा जारी १९ वर्षभन्दा मुनीको महिला टी-२० विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाली टोली बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भयो। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले निराश भएको थियो। पहिलो चरणको अन्तिम खेलमा नेपाललाई अस्ट्रेलियाले एक सय ४० रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्न सक्यो। नेपालले महिलातर्फ कुनैपनि स्तरको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकप खेलेको हो।
आप्रवासी विरोधीका रुपमा चिनिएका डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाको ४७ औँ कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी नितिहरुमा व्यापक हेरफेर हुने सकेत बाहिर आएका छन्। तीमध्ये सबैभन्दा बढी चर्चामा छ आप्रवासी सम्बन्धी ट्रम्पले लागु गर्न लागेको नयाँ नीति। यही कारण यतिबेला अमेरिकामा रहेका एक करोड ३० लाख बढी अवैध आप्रवासी र अमेरिका प्रवेश गर्न मेक्सिकन सिमामा कुरिरहेका लाखौँ मानिसको निद् हराम भएको छ। गार्जियन, रोयटर्सजस्ता विश्व चर्चित सन्चार माध्यमले अमेरिकामा आप्रवासीहरु किन संकटमा पर्दैछन् भनेर समाचारहरु प्रकाशित गरिरहेका छन्। सुरु गरौँ सिबिपी वन फोन एप बन्द गरिएको विषयबाट। अमेरिकामा बसिरहेका अवैध आप्रवासी र अमेरिका प्रवेश गर्न सिमावर्ती मेक्सिकन बोर्डरमा कुरिरहेकालाई…