Author: एनआरएन

काठमाडौं। तीन दिनपछि हुने नेपाल प्रिमियर लिगको मिनि अक्सनका लागि खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ। एक सय ५० जना खेलाडीहरु खाली रहेका ३८ वटा कोटाका लागि प्रतिस्पर्धामा रहनेछन्। नेपाल क्रिकेट संघ-क्यानले बुधबार ए, बी र सि क्याटोगोरीका टोटल एक सय ५० जना खेलाडीको सर्ट लिस्ट गरेको छ। आगामी नोभेम्बर डिसेम्बरमा आयोजना हुने अनुमान भइरहेको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेल्न ४ सय ५८ जना खेलाडीले मिनि अक्सनका लागि नाम दर्ता गराएका थिए ए, बी र सि क्याटोगोरीका लागि। तीमध्ये एक सय ५० जना खेलाडीलाई सर्ट लिस्ट गरिएको हो। अब उनिहरुको नाम आगामी शनिबार हुने मिनि अक्सनमा बोलिने छ। मिनि…

Read More

काठमाडौं। एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेरसमूहमा नेपालका अर्पिल रानाले कम्तीमा कांस्य पदक पक्का गरेका छन् । ५० केजी तौलसमूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसंगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन् । एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थिए ।अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाल संघ-एनआरएनएको आगामी २ वर्ष (कार्यकाल)का लागि सदस्यता लिनेहरुको विवरण सार्वजनिक भएको छ। एनआरएनएका अनुसार कुल ८० हजार ३ सय ६२ जनाले सदस्यता लिएका छन्। तीमध्ये एसिया प्यासिफिकबाट सबैभन्दा बढी २२ हजार ३सय ७९ जनाले सदस्यता लिएका छन्। एसिया प्यासिफिकमा कम्बोडिया, चीन, हङकङ, जापान, दक्षिण कोरिया,मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स र थाइल्यान्डसहित १० वटा देश पर्छन्। यस्तै कोलम्बिया, क्यानडा, चिली, अमेरिका र ब्राजिल रहेको अमेरिकाजमा १६ हजार ७ सय ६४ जनाले सदस्यता लिएका छन्। अफ्रिकाका ९ देश कंगो, घाना, केन्या, रुवान्डा, सेसेल्स, दक्षिण सुडान, तान्जानिया, युगान्डा र जाम्बियामा कुल ९ सय ७ जनाले सदस्यता लिएको एनआरएनए सचिवालयले जनाएको…

Read More

काठमाडौं। उच्च अदालत पाटनले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाले कारागारमा रहेका मेडिकल व्यवशायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश गरेको छ। उच्च अदालतका न्यायधिशहरु टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रसाईलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको हो। प्रसाई सोमबार नै काराागर मुक्त भएका छन्। चैत १५ गतेको घटनालगत्तै केही साता फरार भएका प्रसाईलाई प्रहरीले भारतबाट पक्राउ गरि ल्याएको थियो। तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाइते भएका थिए। सोमबार नै भएको अर्को एक मुद्धाको आदेशमा प्रसाईसँग २५ लाख रुपैयाँ धरौटी मागिएको छ। प्रसाईले उक्त धरौटी पनि…

Read More

काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले सोमबार साँझ रिजल्ट सार्वजनिक गरेको छ। बोर्डका अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

Read More

काठमाडौं। बझाङका २६ वर्षीय रविन्द्र धान्तले शनिबार राती भारतको उत्तर प्रदेशस्थित नोयडामा जितेको एक मिक्स मार्सल आर्टस अर्थात एमएमए प्रतियोगिताले यतिबेला सर्वत्र चर्चा पाइरहेको छ। म्याट्रिक्स फाइट नाइटको १७ औँ संस्करणअन्तर्गत बेन्टमवैट क्याटोगोरी जितेर रविन्द्रले नेपाली एमएमए इतिहासमा कीर्तिमान रचेका छन्। बेन्टमवैट भनेको ५७ देखि ६१ केजी तौल समूहको प्रतिस्पर्धालाई जनाउँछ। रविन्द्र धान्तले गरेको प्रतिस्पर्धा र उनले प्राप्त गरेको सफलताले आइतबार सामाजिक सन्जाल रंगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले बधाई दिएका छन्। म्याट्रिक्स फाइट नाइटको इतिहासमा कुनैपनि नेपाली खेलाडीले हालसम्म उपाधि जित्न सकेको थिएन। तपाईहरु धेरैलाई लाग्न सक्छ- हैन यो म्याट्रिक्स फाइट नाइट भन्ने प्रतियोगिता एक्कासी कहाँबाट आयो ? के…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनएको चुनाव आगामी अक्टोबरमा हुँदै छ। त्यसका लागि अहिले तयारी भइरहेको छ। डा. बद्री केसीको दुई कार्यकाल पुरा भएकाले एनआरएनएले नयाँ अनुहारलाई अध्यक्ष पाउँदै छ। तीमध्ये सम्भावित एक नाम हो रोजिना प्रधान राई। हाल उनी उपाध्यक्ष रहेकी छिन्। एनआरएनए इतिहासमा हालसम्म महिलाहरु अध्यक्ष भएका छैनन्। यसअघि जमुना गुरुङ अध्यक्षका लागि लडेपनि भवन भट्टसँग पराजित भएकी थिइन्। बेलायत बस्दै आएकी रोजिना केही समययता नेपालमा छिन्। एनआरएनए कार्यसमितिमा आएयता नेपाल आगमन उनको ह्वात्तै बढिरहेको छ। नेपालमा लगानीका विभिन्न प्रोजेक्टहरुमा पनि उनी अग्रसर छिन्। बेलायतको काउन्सिलरमा पनि हालै निर्वाचित भएर उनले विदेशमा बस्ने नेपाली मुलका लागि उदाहरणीय बनेकि छिन्।…

Read More

काठमाडौं। नेपाल फुड प्रेनरको पहिलो संस्करण भव्यतासाथ सम्पन्न भएको छ। सोल्टी होटलमा आयोजित कार्यक्रममा तीन जना फुड उद्यमी सहभागी थिए। हस्पिटालिटी गाइड्स प्रालीद्धारा आयोजित कार्यक्रममा शान्ताको अचारकी शान्ता चौधरी, चियावालाका गणेशदेव पान्डे र भाक्का हाउसका विवश काफ्लेले आफ्नो व्यावशायीक अनुभव सेयर गरे। होटल तथा हस्पिटालिटीको क्षेत्रमा नविनतम सोचसहित नेपालमै उद्यम गरिरहेका व्यवशायीहरुका अनुभव र संघर्ष सुन्ने/सुनाउने र नयाँ पुस्तालाई नेपालमै केही गर्नुपर्छ भन्ने सोचको विकाश गर्न नेपाल फुड प्रेनर सुरुवात गरिएको हस्पिटालिटी गाइड्सका प्रबन्ध निर्देशक सुराच प्रसाईले बताए। ‘ होटल तथा हस्पिटालिटी क्षेत्रमा नेपालमै संघर्ष र सफलता हात पारिरहेका उद्यमीलाई सुनेर नयाँ पुस्ता आकर्षित हुन सक्छ भन्ने सोचसहित यो कार्यक्रम…

Read More

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुने बताइएको छ। ठुला शक्ति राष्ट्रसँग अमेरिकाले कर युद्ध गरिरहेका बेला राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णय आएको हो। ट्रम्पको यो निर्णयले भारतको निर्यातबाट प्रत्यक्ष असर पुर्‍याउने छ। यसअघि गत अप्रिलमा अमेरिकाले भारतसँग व्यापार घाटा रहेको भन्दै त्यहाँबाट आयात हुने सामानमा २६ प्रतिशत कर लगाउने निर्णय गरेको थियो। तर त्यतिबेला उक्त निर्णय कार्यान्वयन भएको थिएन। वार्ताका लागि त्यसलाई रोकिएको थियो। भारतले आफ्नो देशबाट आयात हुने सामानमा चर्को कर लगाइरहेको आरोप अमेरिकाको छ।…

Read More

काठमाडौं। चिनियाँ कम्पनीको लगानीमा सिन्धुलीको मरिनमा २० अर्ब रुपैयाँ बराबरको भैँसीको मासु प्रसोधन उधोग खुल्ने भएको छ। छेङ्दु जियान फुड कम्पनीले मरिन-४ मा उधोग स्थापन गर्न उधोग विभागबाट अनुमती पाएको छ। नेपालको हिमालयन फुड इन्टरनेसनल प्राली स्थानीय साझदारका रुपमा रहेको छ। उधोग २० महिनाभित्र तयार हुने र २ वर्षभित्र त्यसले उत्पादन सुरु गर्ने बताइएको छ। यसले ५ हजारभन्दा बढीलाई रोजगारी दिने छ। उधोग विभागका अनुसार उक्त उधोगले वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको मासु निर्यात गर्ने लक्ष्य लिएको छ। स्थापनाको सुरुका दिनमा दैनिक ५ सय र पछि दैनिक ५ हजारसम्म भैँसी खपत गर्ने लक्ष्य उधोगको छ। नेपालमा भैँसीको मासु प्रशोधन केन्द्र…

Read More