


Author: एनआरएन
काठमाडौं। जेन जीको प्रदर्शनमा कम्तिमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकार सामाजिक सन्जालमाथी प्रतिबन्ध लगाउने निर्णयबाट पछि हटेको छ। सोमबार साँझ बसेको मन्त्रि परिषद् बैठकले सामाजिक सन्जालमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यसअघि सूचिकरण हुन नआएको भन्दै सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सन्जालमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारले प्रतिबन्ध हटाएपछि सामाजिक सन्जालहरु यतिबेला चलिरहेका छन्। जेन जीले भ्रष्टचार अन्त्यलगायत माग राखेर सोमबार देशभर आन्दोलन गरेको थियो। आन्दोलनमा रक्तपात मच्चिएपछि प्रधानमन्त्रीको पनि राजिनामा माग भइरहेको छ।
काठमाडौं। जेन जीले सोमबार देशभर गरेको प्रदर्शनमा कम्तिमा १९ जनाको मृत्यु र ४ सय भन्दा बढि घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन्। उनले घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन्। जेन जीको प्रदर्शनमा काठमाडौंमा मात्र कम्तिमा १७ जनाको ज्यान गएको छ भने ३ सयभन्दा बढी घाइते छन्। प्रहरीले प्रदर्शनकारीको छाती र टाउको ताकेर गोली हानेकाले धेरै हताहती भएका हुन्। बानेश्वरस्थित संसद भवनबाहिर प्रहरीले प्रदर्शनकारीमाथी अन्धाधुन्ध गोली चलाएको थियो।
काठमाडौं । फेसबुक,युट्युबलगायत २६ सामाजिक सञ्जालमाथी प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध परेका रिटहरु दर्ता नगर्ने निर्णय सर्वोच्च अदालत प्रशासनले गरेको छ। सबै १० वटा रिटलाई सर्वोच्चको प्रशासनले दरपीठ गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको बताए। प्रशासनको दरपिठको निर्णयविरुद्ध अर्को रिट दिन सकिन्छ। त्यतिबेला प्रशासनको निर्णयलाई न्यायधिशले उल्ट्याउन पनि सक्छन्। ‘यस अदालतको बृहत पूर्ण इजलासबाट ‘सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व अनिवार्य रूपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीहरूको मूल्यांकन र अनुगमन गर्ने गरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउन’ भनी नेपाल सरकारको नाममा मिति २०८१ असोज १३ मा आदेश समेत…
काठमाडौं । नेपाल, इट्स टाइम । ८ सेप्टेम्बर, भाद्र २३। कमेन्ट म आउँदै छु। वि आर द लास्ट जेनेरेसन यू क्यान फुल। सेप्टेम्बर ८ द जेन जेड रेभ्युलुसन। शनिबारदेखि सामाजिक सन्जाल टिकटकमा यस किसिमका स्लोगन र ब्यानरहरु भाइरल बनिरहेका छन्। लाग्दै छ सेप्टेम्बर ८ अर्थात भाद्र २४ अर्थात भोली काठमाडौंमा ठुलै हंगामा हुन लागेको छ। हो जेनेरेरेसन जेड अर्थात जेन जी सडकमा आइरहेको छ। देश विदेशमा रहेको नेपाली जेन जी अपिल गरिरहेको छ। उनिहरु भनिरहेका छन्- इन्ड करप्सन। बंगलादेश, भियतनाम, इन्डोनेसियामा विधार्थी र युवा पुस्ताले क्रान्ती ल्याएको भन्दै उनिहरु जोश भरिरहेका छन्- सम्भव छ। अब बढी भयो। इनफ इज इनफ।…
‘नेपो बेबी’ अभियान चलाइरहेका जेन्जीले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै काठमाडौं। भ्रष्टचार अन्त्यको माग गर्दै जेन जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। यतिबेला उनिहरु टिकटकमा अभियान चलाइरहेका छन्। उनिहरुले मुलुकमा ब्याप्त भ्रष्टाचार अन्त्यका लागि सडकमा आउन आह्रवान गरेका छन्। बिहान ११ बजे माइति घरबाट प्रदर्शन सुरु हुने टिकटकका पोस्टहरुमा देखिन्छ। यसअघि सरकारले फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सन्जाल सूचिकरण हुन नआएको भन्दै प्रतिबन्ध लगाएपछि जेन जीले टिकटकमा नेपो बेबी अभियान सुरु गरेका थिए। नेताका छोराछोरीको विलाशी जिवन एक्सपोज गर्ने र जनताको छोराछोराको दयनीय अवस्थालाई अभियानकै रुपमा टिकटक प्रयोगकर्ताहरुले देखाइरहेका छन्। नेताहरुले भ्रष्टचार गरेर पैसा कमाएको र उनिरुका सन्तानले शक्तिकै…
काठमाडौं। जोरपाटीमा साउन १२ गते राती एक युवकलाई खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएका तीन जना भारतबाट पक्राउ परेका छन्। घटनापछि फरार रहेका उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर ल्याएको छ। पक्राउ पर्नेमा नुवाकोटका ३३ वर्षीय सुमन तामाङ, काठमाडौंका ३४ वर्षीय लोब्साङ बोम्जन र ३२ वर्षीय कुमार तामाङ रहेका छन्। झन्डै डेढ महिनापछि अभियुक्तहरु पक्राउ परेका हुुन्। प्रहरीका अनुसार साउन १२गते राती जोरपाटीस्थित एक रेस्टुरेन्टमा बाहिर निस्कँदै गर्दा जित मोक्तानमाथी हात र ढाडमा खुकुरी प्रहार भएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। ज्यान लिने नियतले जितमाथी खुकुरी प्रहार भएको प्रहरीको दावी छ। पक्राउ परेका लोप्साङ नेपाली…
काठमाडौं। ललितपुरमा शनिबार मन्त्रि सवार गाडीले पैदल यात्रीलाई ठक्कर दिएर,नरोकी हुँईकिएको घटनाले सामाजिक सन्जाल तात्यो। ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि को १ झ ६९९ नम्बरको सरकारी गाडी घटनालाई वेवास्था गर्दै अगाडि बढेको थियो। घटना बिहान सवा ७ बजेतिर ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा भएको थियो। उक्त गाडीले बाटो क्रस गरिरहेकी ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट बालिका गाडीको छेवैमा पछारिएकी थिइन्। घटनाको सिसिटिभी फुटेज बाहिर आएपछि मन्त्री विवादमा तानिएका छन्। प्रहरीका अनुसार घाइते बालिकाको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर…
काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावशायीक तालिम परिषद्-सिटिईभिटीले विदेशको सम्बन्धन भन्दै मान्यता नलिई सिपमुलक तालिम सन्चालन भएको पाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्ती जारी गर्दै सिटिईभिटीले त्यसरी सिपमुलक तालिम सन्चालन गर्न नपाइने र अवैध हुने जनाएको छ। सिटिईभिटीले अवैध रुपमा त्यस्ता तालिम सन्चालन गर्ने संस्थाहरुको विवरण भने खुलाएको छैन। नेपालभर सन्चालन हुने जुनसुकै सिपमुलक तालिम प्रदायक संस्थाले सिटिईभिटीबाट अनिवार्य सम्बन्धन स्विकृती लिनुपर्ने र विदेशी शिक्षण संस्थाको सम्बन्धनका हकमा शिक्षा मन्त्रालयबाट अनिवार्य स्विकृती लिनुपर्ने जनाएको छ। नेपालमा लामो समयदेखि तालिम प्रदायक संस्थाहरुले सम्बन्धित निकायबाट स्वीकृती नलिई प्रि-डिप्लोमा र डिप्लोमा कोर्सका तालिम सन्चलन र प्रमाणपत्र वितरण गर्दै आएका छन्। सम्बन्धित…
काठमाडौं। सरकारले फेसबुक,युट्युबलगायत २६ वटा सामाजिक सन्जाललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। सूचिकरण हुन नआएको भन्दै म्याद सकिएलगत्तै सूचना तथा सन्चार मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको छ। पछिल्लोपटक ७ दिनको म्याद दिइएको थियो। फेसबुक, फेसबुक म्यासेन्जर, ह्वाट्सएप, ट्वीटर,इन्स्टाग्रामलगायत सामाजिक सन्जाल अब प्रतिबन्धित हुनेछन्। तर सूचिकरण हुन आएलगत्तै प्रतिबन्ध फुकुवा गरिने मन्त्रालयले जनाएको छ। कानुन बमोजिम सामाजिक सन्जालहरु सूचिकृत भएर मात्र सन्चालन हुनुुपर्ने प्रावधान छ। यस्तै हालै मात्र सर्वोच्च अदालतले सामाजिक सन्जाललाई दर्ता तथा सूचिकरण गरेर मात्र सन्चालन गर्ने व्यवस्था मिलाउन आदेश गरेको थियो। टिकटक, भाइबर, निम्बज, विटक,पोपो लाइभ जस्ता सामाजिक सन्जाल भने सन्चालनमा रहनेछन्।
काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक -आईजीपी चन्द्रकुवेर खापुङलाई बिहीबार दर्ज्यानी चिन्ह लगाइएको छ। गृह मन्त्रालयद्धारा आयोजित एक समारोहकाबिच गृहसचिब गोकर्णमणि दुवाडीले नवनियुक्त महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्ह लगाई दिए। नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले समारोहमा बोल्दै आफूले सकेको राम्रो गर्ने बताए । ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन’ उनले भने,’सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ।’ अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । बिहीबार कार्यकाल सुरु हुने खापुङ आगामी कात्तिक २६ गतेसम्म नेपाल प्रहरीको आईजिपी रहनेछन्। यसअघि दीपक थापाले झन्डै…