Author: एनआरएन

काठमाडौं। आईसिसी टी-२० महिला विश्वकपको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। घरेलु मैदानमा मंगलबार भएको खेलमा थाइल्यान्डले पहिला ब्याटिङ गर्दै २ विकेट गुमाएर एक सय ५८ रन जोडेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र जोड्यो। नेपालकी कविता कुँवर सर्वाधिक २४ रन जोडेर रनआउट भइन्। राजमती ऐरीले १९ र रुबिना क्षेत्रीले १२ रन बनाए। सम्झना खड्का ९, रुवि पोदार ४ र इन्दु बर्माले ७ रन बनाए। पुजा महतो, रोमा थापा, इश्वरी विष्ट र रिया शर्माले खाता खोल्न सकेनन्। थाइल्यान्डकी ओन्निचा कम्पचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले चार ओभरमा केवल ११…

Read More

काठमाडौं। चीनबाट सामान लिएर काठमाडौं आउँदै गरेको कन्टेनरभित्र साढे ७ केजी सुन भेटिएको छ। रसुवा प्रहरीले रसुवागढीमा बा ४ ख ६२०१ नम्बरको डब्बा कन्टेनरबाट  ७ केजी ६ सय ५३ ग्राम सुन बरामद गरेको हो। चालक बस्ने क्याबिनको ढोका नजिकै फल्स बटन बनाएर सुन लुकाएर ल्याइएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक २४ वर्षीय किशोर कुमार भुजेललाई पक्राउ गरेको छ। उनी गोसाईकुन्ड गाउँपालिका-५ स्याफ्रुका स्थानीय हुन्। प्रहरीले बरामद सुनसहित चालक र कन्टेनरलाई भन्सार कार्यालय टिमेर बुझाएको छ।  

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्यित गर्दै सामाजिक सन्जालमा अर्को स्टाटस लेखेका छन्। गणतन्त्र मुल समारोह समिती गठनका लागि बोलाइएको बैठकमा आफु अनुपस्थित हुनाको कारण उल्लेख गर्दै ओलीलाई भष्ट्र सिस्टमको नेतृत्व गरेको उल्लेख गरेका छन्। सोमबार साँझ बालेनले फेसबुकमा लेखेका छन्- जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ,त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’ त्यसपछि उनी अगाडि थप्छन्- सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिस्टम सोमबारको बैठकमा बालेन नआएपछि प्रधानमन्त्री रिसाएको समाचारहरु बाहिर आएका छन्। यही पृष्ठभूमीमा बालेनले उक्त स्टाटस लेखेको हुन सक्ने…

Read More

काठमाडौं। सन् २०१० मा लगातार दोस्रोपटक एसिसी यू-१९ क्रिकेट प्रतियोगिता जितेर फर्कँदा नेपाली टोलीमा रहेकी इन्दु बर्मा केवल १३ वर्षकी थिइन्। तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा सानै उमेरमा सफलता हात पारेको भन्दै इन्दुलाई इंगित गरेरै प्रसंसा गरेका थिए। यो त्यस्तो समय थियो जतिबेला नेपाली महिला क्रिकेटबाट खुबै आशा गरिएको थियो। सन् २००७ मा पहिलोपटक नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एसिसि महिला ट्रफीको फाइनलसम्म यात्रा तय गरेको थियो। फाइनलमा बंगलादेशसँग हारेको थियो। अर्को वर्ष एसिसी यू-१९ क्रिकेटको उपाधि जित्यो। यही बढ्दो आशाबीच नेपाली क्रिकेटमा उदाएकी थिइन् इन्दु बर्मा। सन् २०१२ मा पनि नेपालले एसिसी यू-१९ महिला क्रिकेटको…

Read More

काठमाडौं। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गरि थुनामा पठाउन पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले विष्टलाई धरौटीमा छाड्न आदेश गरेको हो। उनीमाथी लिखतसम्बन्धी कसुर गरेको आरोप लगाइएको थियो। विष्टको अनधिकृत पत्रमा प्रहरीले चौधरीलाई पक्राउ गरि कारागार चलान गरेको थियो। चौधरी डिल्लीबजार कागागारमा पुगेपछि सर्वोच्च अदालतले विष्टलाई पक्राउ गर्न भनेर कुनै आदेश र पत्राचार नभएको स्पष्ट पारेको थियो। त्यसपछि विष्ट पक्राउ परेका थिए।

Read More

एक जित जसले नेपाली महिला क्रिकेटमा इतिहास रच्थ्यो, एक हार जसले नेपाली महिला क्रिकेटलाई फेरी एकपटक निराश बनाउन सक्ने थियो। तर नेपाली महिला क्रिकेटरहरु यसपटक निराश हुन तयार देखिएनन्। उनिहरुले इतिहास कोर्न थाइल्यान्ड पुगेको पुष्टी गरे। कप्तान इन्दु बर्मा, उपकप्तान पुजा महतो र पूर्व कप्तान रुबिना क्षेत्रीले इतिहास रच्न उनिहरु कति लायलित थिए मैदानबाट देखाए। जसो परिणाम देखियो, नेपाली सिनियर महिला क्रिकेट पहिलोपटक विश्वकपको विश्वस्तरको छनोट अर्थात ग्लोबल क्वालिफायरमा पुगेको छ। एसियाली छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा यूएईले आइतबार थाइल्यान्डसँग हारेकाले उसलाई थाहा थियो- नेपालसँग जित हात पार्नुको विकल्प छैन। नेपाललाई हराउन सके उसले ग्लोबल क्वालिफायरमा स्थान बनाउने थियो।…

Read More

काठमाडौं। नेपाली महिला क्रिकेट टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायर पुगेको छ। सिनियर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल विश्वकपको ग्लोबल क्वालिफायर पुगेको यो पहिलोपटक हो। एसियाली छनोटअन्तर्गत सुपर-३ को आफ्नो पहिलो खेलमा नेपालले सोमबार यूएईलाई ५ विकेटले हरायो। यूएईले सुपर-३ का दुवै खेल हारेकाले नेपालले थाइल्यान्डसँग खेल्नुअघि नै ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो। पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई एक सय १५ रनको लक्ष्य दिएको थियो। नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्माले नटआउट ३० रन जोडिन्। पूर्व कप्तान रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पुजा महतोले १३ रन जोडे। नेपालले पहिलो विकेटका लागि २८, चौथो…

Read More

काठमाडौं। ब्रिटिस आरोही केन्टन कुलले १९ औँ पटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहण गरेका छन्। ५१ वर्षीय कुल सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने गैह्र शेर्पा हुन्। कुलले पहिलोपटक सन् २००४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनी हरेक वर्षजसो सगरमाथा चढिरहेका छन्। यसबीचमा उनी सन् २०१४,२०१५ र २०२० मा मात्र चढेका थिएनन्। सुरुका दुईपटक हिम पहिरोका कारण उनी चढेका थिएनन् भने तेस्रोपटक कोरोना महामारीका कारण प्रभावित भएको थियो। सगरमाथि सबैभन्दा बढी आरोहण गर्ने विश्व कीर्तिमान नेपाली कामी रिताको नाममा छ जसले ३० पटक सर्वोच्च हिमशिखर आरोहण गरेका छन्।

Read More

काठमाडौं। जति नै गाली खानुपरे पनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरेको सरकारका पक्षमा बोल्न अगाडि सरि हाल्नेमा पर्छन् महेश बस्नेत र विष्णु रिमाल। त्यति मात्र होइन, ओली र ओलीले नेतृत्व गरेको सरकारविरुद्ध सार्वजनिक नोटिस र चर्चा हुने गरी कसैले बोलि हाले रिमाल र बस्नेत सामाजिक सन्जालमा फायर खोलिहाल्ने नेता पनि हुन्। पछिल्लो एक घटनामा यस्तै भएको छ, विषय सन्दर्भ विष्णु रिमालसँग सम्बन्धित भएकाले महेश बस्नेतबारे भने चर्चा गर्ने छैनौँ। अहिले चर्चामा रहेको एउटा फेसबुक स्टाटसबारे कुरा गरौँ जुन आइतबार बिहानदेखि सामाजिक सन्जालदेखि अनलाइन मिडियाहरुमा हेडलाइन बनेर प्रकाशित भएका थिए। बिहानै एमाले नेता रिमालले…

Read More

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । शनिबार काठमाडौंस्थित ठमेलमा आयोजित कार्यक्रमममा खतिवडाको अध्यक्षतामा कार्यसमिती निर्विरोध निर्वाचित भएको हो। फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरुमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाई र सुदिप थापा चयन भएका छन । कार्यक्रममा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको पनि उपस्थिती थियो। कार्यक्रममा बोल्दै…

Read More