Author: एनआरएन

काठमाडौं- काठमाडौं महानगरपालिकाले सम्पत्ती कर प्रयोजनका लागि आफ्नो क्षेत्रको प्रति आना मुल्य निर्धारण गरेको छ। मुख्य सडक र त्यसका दायाँबायाँ जोडिएका जग्गाहरूको प्रतिआना मूल्य तोकिएको छ। बढीमा प्रति आना ५० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ। हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौँ महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौँ महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकिएको छ। केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि…

Read More

काठमाडौं। चालु आर्थिक वर्षको जेठसम्म सबै वाणिज्य बैंकहरु मुनाफामा देखिएका छन्। तर गत वर्षको सोही अवधिको तुलनामा भने ९ वटा वाणिज्य बैंकको मात्र नाफा बढेको छ। ११ वटा वाणिज्य बैंकको खुद मुनाफा घटेको छ। सोही कारण वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको देखिएको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन्। गत वर्षको जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए । सबैभन्दा धेरै नाफा बढाउने बैंकमा नेपाल बैंक रहेकाे छ । गत वर्ष १ अर्ब ७ करोड…

Read More

काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछि भएको पहिलो सेयर कारोबार उत्साहजनक देखिएको छ। नेपाल सेयर बजार परिसूचक नेप्से आइतबार २९ अंक अर्थात १.०६ प्रतिशतले बढेर २७६०.८० विन्दुमा पुगेको छ। ३ करोड २५ लाख ९२ हजार ३० सेयर खरिदविक्री भएकामा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपैयाँ कारोबार भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष ८२/०८३ का लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो। विश्वनाथ पौडेल गभर्नर नियुक्त भएयता उनले पहिलो मौद्रिक नीति ल्याएका हुन। अब यो मौद्रिक नीति हरेक तीन महिनामा समिक्षा हुने छ र आवश्यक परे परिमार्जन गरिने छ। गभर्नर पौडेलले सेयर बजार, घर जग्गा कारोबार…

Read More

काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनए अध्यक्ष डा. बद्रि केसीले अहिले भइरहेको राष्ट्रिय समन्वय समिती र आसन्न अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनमा भाग लिन सबै पक्षलाई आह्वान गरेका छन्। उनले एनआरएनएमा कुनै पनि विवाद नराख्न र एक ढिक्का भएर अगाढि बढ्न आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले आफ्नो समिती नै एनआरएनएको आधिकारिक नेतृत्व भएको र आसन्न निर्वाचन नै आधिकारिक निर्वाचन हुने बताए। ‘बाढी आएको बेला मुल नदीबाट दुई तिनवटा शाखा निस्किने र बाढी रोकिएपछि पानी मुल नदीबाटै बगेजसरी अब एनआरएनए पनि एक ढिक्का हुने छ। सबै पक्ष निर्वाचनमा सहभागी हुनु हुने छ र एनआरएनए एकताबद्ध भएर अगाडि बढ्ने छ भन्ने…

Read More

काठमाडौं। नेपाली महिला फुटबल खेलाडी फेरी एकपटक यतिबेला उकुसमुकुस छन्। फेरी एउटा गतिलो मौका मुखैबाट उम्कियो। त्यो गरेको भए हुन्थ्यो की यो गरेको भए हुन्थ्यो की ? सायद यस्तै कुराहरु उनिहरुका मनमा खेलिरहेको हुन सक्छन्। केहीलाई लागिरहेको होला- अहिले नभएको अब कहिले हुन्छ ? केहीले सोचिरहेका होलान् – अब यस्तो मौका कहिले आउँदैन। अनि केहीको मन खिन्न भइरहेको होला- नेपालका लागि यो वर्ष खेल्दा सम्झिनलायक एउटा सफलता पनि प्राप्त हुन सकेन। तर हामी अनुमान गर्न सक्छौँ- सावित्रा भण्डारी साम्बालाई कति गाह्रो भइरहेको छ। नेपाल एसियन कपमा छनोट नहुनु, आफुले पेनाल्टी मिस गर्नुको पिडा त उनलाई छ नै। त्यो भन्दा बढी…

Read More

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सुस्त रहेको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित मौद्रिक नीति ल्याएका छन्। घरजग्गा र सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा केही लचकता अपनाइएको छ। अब घर खरिदका लागि ३ करोड रुपैयाँसम्म ऋण पाइने छ। यसअघि यस्तो ऋणको सिमा २ करोड रुपैयाँ थियो। पहिलो पटक घर खरिद गर्नेलाई दिइने कर्जाको मूल्याङ्कन अनुपात बढाएर ८० प्रतिशत पुर्याइएको छ भने घरजग्गा खरिदका लागि दिइने सामान्य कर्जाको मूल्याङ्कन अनुपात ७० प्रतिशत पुर्‍याइएको छ। यस्तै व्यक्तीले सेयर धितोबापत अब २५ करोड रुपैयाँसम्म कर्जा पाइने छन्। यसअघि यस्तो सिमा १५…

Read More

काठमाडौं। कुनै समय देशब्यापी कुनै वाणिज्य बैंकभन्दा कम चर्चा थिएन ललितपुरको पुल्चोकमा रहेको लालिगुरास बहुउदेश्यीय सहकारी संस्थाको। वाणिज्य बैंकका सन्चालकहरु समेत लालिगुरासको लोकप्रियता देखेर जिब्रो टोक्थे। तर त्यही सहकारीमा विगत झन्डै डेढ वर्षदेखि ताला लागेको छ। सहकारीका सयौँ कर्मचारी र हजारौँ बचतकर्ता विचल्लीमा छन्। केही बचतकर्ताको उजुरीपछि सरकारले २०८० फागुन २९ गते लालिगुरासलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। त्यसयता ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्ने काम सरकारले बनाएको  समस्याग्रस्त सहकारी व्यवस्थापन समितीको कार्यालयले गरिरहेको छ। समस्याग्रस्त घोषणा भएपछि बचत फिर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो। तर जम्मा ४५ सय बचतकर्ताले मात्र निवेदन दिए जबकी २० हजारभन्दा बढी बचतकर्ता…

Read More

काठमाडौं। तिब्बतको लेन्दे खोलामा आएको बाढीले चीनसँगको प्रमुख नाका रसुवागढीबाट अझै २० जना हराइरहेका छन् भने ५ जनाको शव भेटिएको छ।  लेन्दे खोला नेपालमा आएर मिसिएपछि त्यो भोटोकोशी बन्छ। भोटेकोशीमाथी, नेपाल र तिब्बतलाई जोड्ने मितेरी पुल बगाएको छ। भोटेकोशी किनारमा रहेका संरचनाहरुमा नराम्रोसँग क्षति पुगेको छ भने सडकहरु पनि भत्किएका छन्।

Read More

काठमाडौं। प्रहरीले स्रोत नखुलेको आरोपमा झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौंको बौद्धबाट ४० चिनियाँ नागरिक वाङ जियानलाई पक्राउ गरेको हो। जियानको साथबाट एक करोड ४४ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। उनी दुई महिनादेखि नेपालमा बसिरहेको बताइएको छ। उनी बुद्ध चित्त मालाका कारोबारी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले त्यत्रो रकम कसरी जम्मा गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं। प्रहरीले झापामा गोली हानी लागु औषध कारोबारी नियन्त्रणमा लिएको छ। भद्रपुर नगरपालिका-८ स्थित हुलाकी लोकमार्गमा प्रहरीले चेकजाँच गर्नेक्रममा भाग्न खोज्दा नियन्त्रणमा लिन ६ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। लागु औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कारोबारीको खोजिमा निस्किएको थियो। पक्राउ पर्नेमा भारतको बिहारका ३५ वर्षीय मनिसुर आलम र झापाको कचनकवलका ५५ वर्षीय नशरुदिन मियाँ छन्। नशरुदिनको पिड्युलामा गोली लागेको छ। प्रहरीका अनुसार आलमको साथबाट एक सय ३ ग्राम ७० मिलिग्राम र मियाँको साथबाट एक सय २ ग्राम १० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।

Read More