



Author: एनआरएन
काठमाडौं। नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरी फेरी पक्राउ परेका छन्। टिकापुर घटनामा जन्मकैद भएका चौधरी राष्ट्रपतीले आम माफी गरेपछि छुटेका थिए। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। अहिले अदालतले चौधरीले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै पत्र पठाएपछि प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो। बुधबार नागरिक उन्मुक्ती पार्टीको पार्टी एकिकरण कार्यक्रम भइरहेका बेला चौधरी पक्राउ परेका हुन्। चौधरी २०८० जेठ १४ गते छुटेका थिए। त्यसको १२ दिनअघि मात्र सर्वोच्च अदालतले रेशमलाई जन्मकैद सजाय सदर गरेको थियो । उक्त फैसलाअनुसार रेशमलाई थुनामा राख्न अदालतले प्रहरीलाई पत्राचार गरेको छ। रिगल भनिने योगराज ढकाललाई आम माफी हुने फैसला सर्वोच्च अदालतले उल्टाएको…
काठमाडौं। उच्च अदालत सुर्खेतले पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा भएको जाजरकोटका नवराज विकसहित ६ जना दलित युवाको सामूहिक हत्यामा २३ जनालाई जन्मकैद हुने जिल्ला अदालतको फैसला सदर गरेको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने बदर गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते आफ्नी प्रेमिका लिन साथीहरु लिएर पुगेका नवराजसहितलाई केटी पक्षले कुटेर मारेको आरोप लागेको थियो। मृतकहरुको शव नदीमा भेटिएको थियो। आरोपी पक्षले भने भाग्नेक्रममा युवकहरु आफै नदीमा हाम फालेको दावी गर्दै संलग्नता अस्विकार गर्दै…
काठमाडौं। प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरिक्षक-एसपीहरुको सरुवा गरेको छ। सोमबार निकालिएको सरुवाअनुसार एसपी प्रमुख हुने धेरै जिल्लाका नेतृत्व फेरिएका छन्। सिराहामा अनन्तराम शर्मा, पश्चिम नवलपरासीमा अनुपम श्रेष्ठ, काभ्रेमा कोमल शाह, कन्चनपुरमा खडकबहादुर क्षेत्री,चितवनम गोविन्द पुरी पुगेका छन्। यसैगरी बाग्लुङमा तिलक भारती, स्याङ्जामा दधिराम न्यौपाने, धादिङमा दिपेन्द्र शाही, धनुषामा नरहरी रेग्मी, गुल्मीमा नारायणप्रसाद अधिकारी, मोरङमा नारायणप्रसाद चिमोरिया, रौतहटमा नेत्रमणी गिरी, पाल्पामा पवनकुमार भट्टराईले जिम्मेवारी पाएका छन्। कैलालीमा बालनरसिंह राणा, सर्लाहीमा योगेन्द्रकुमार खड्का, बाँकेमा रामप्रसाद घर्तिमगर, सिन्धुलीमा लालध्वज सुवेदी, धनकुटामा शरतकुमार थापा क्षेत्री, सुर्खेतमा सुधिरराज शाही र महोत्तरीमा हेरम्ब शर्मा पुगेका छन्।
काठमाडौं। १४ वर्षको उमेर। तपाईको मानसपटलमा स्कुल पढिरहेको कुनै किशोरको इमेज खेल्न सक्छ। सायद त्यो उमेरको आफुलाई पनि सम्झिरहुन भएको होला। अक्सर स्कुल जाने, पढ्ने, रइमालो गर्नेभन्दा बढी अपेक्षा यो उमेरमा गरिँदैन। तर भारतका वैभव सुर्यवंशीलाई हेर्नु भयो भने १४ वर्षकै उमेर पनि दुनियाँलाई आश्चर्य बनाउन पर्याप्त हुने रहेछ भन्ने तपाईलाई लाग्ने छ। इन्डियन प्रिमियर लिग क्रिकेट जुन विश्वका एक से एक होनाहार खेलाडीले खेल्ने गर्छन् त्यसमा १४ वर्षकै उमेरमा खेल्न पाउनु, ३५ बलमा सतक पुरा गर्नु, ११ वटा छक्का प्रहार गर्नु, इशान्त शर्मा, प्रसिद्ध कृष्ण, रसिद खान, मोहम्मद सिराजजस्ता विश्व प्रशिद्ध बलरहरुलाई हायलकायल बनाउनु धेरैका लागि एउटा सपना लाग्न…
काठमाडौं। विधालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै काठमाडौंमा जम्मा भएका देशभरका सरकारी शिक्षकहरुको आन्दोलन असामान्य बन्दै गएको छ। आइतबार विजुली बजार-नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल मात्र भएन, झडप पनि भयो। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। त्यसक्रममा शिक्षकहरुले पनि ढुंगा-इट्टा प्रहार गरेका थिए। झडपमा केही घाइते भएको प्रहरीले जनाएको छ।
काठमाडौं। ललितपुर सिटी एफसीले नेपाल सुपर लिग-एनएसएल फुटबलको उपाधि जितेको छ। शनिबार साँझ भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २-१ गोलले हरायो। दशरथ रंगशालामा भएको खेलमा ललितपुरका इमो इजिकियल र पापा इबु केबेले एक एक गोल गरे। प्रतियोगिताको उपाधि जितेको ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गर्यो।
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक स्टुवार्ट ल जिम्मेवारी सम्हाल्न आईपुगेका छन्। शुक्रबार साँझ काठमाडौं उत्रिएका ललाई नेपाल क्रिकेट संघ-क्यानले शनिबार बिहान सार्वजनिक गर्यो। मुलपानी क्रिकेट मैदानमा आयोजित कार्यक्रममा बोल्दै लले आफ्नो प्रमुख लक्ष्य नेपाललाई विश्वकपमा छनोट गराउनु रहेको बताए। यस्तै खराब प्रदर्शन गर्ने खेलाडीहरु अब अनुभवका कारण मात्र टिममा नरहने पनि संकेत गरे। क्यान सचिव पारस खड्काले नयाँ प्रमुख प्रशिक्षक लबाट तत्कालै अपेक्षा गर्न नहुने बताए। उनले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताभन्दा ठुलो चुनौती नेपालको घरेलु क्रिकेटको संरचना बलियो बनाउनु रहेको बताए।
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्त नेतृत्वको सरकारी वार्ता टोलीसँग वार्ता गर्न गएको आन्दोलनरत शिक्षक टोली सिंहदरबारको गेटबाटै फर्किएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफ्नो टोली वार्ता नगरी फर्किएको बताएका छन्। उनले फर्कनुको कारण खुलाएका छैनन्। यता सरकारसँग वार्ताका लागि कुनै टोली नबनाएको पनि उनले स्पष्ट पारेका छन्। सरकारले २५ जना शिक्षकलाई सिंहदरबार प्रवेशका लागि सहजिकरण गर्न पठाएको पत्र अहिले सामाजिक सन्जालमा भाइरल छ। महासंघ अध्यक्ष सुवेदीले त्यसैलाई संकेत गर्दै स्टाटस लेखेको बुझ्न सकिन्छ। यसअघि शिक्षामन्त्री पन्तले दिउँसो ३ बजेका लागि वार्ता आह्वान गरेका थिए। सर्वोच्च अदालतले बिहीबार आदेश गर्दै ३ दिनभित्र शिक्षकका मागका सम्बन्धमा उपयुक्त निर्णय गरी उनिहरुलाई काममा…
काठमाडौं। गएको मंगलबार भारत कश्मिरस्थित पहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले शनिबार धर्नाको कार्यक्रम घोषणा गरेका छन्। आतङ्कबादी समूहको आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको ज्यान गएको थियो। कार्यवहाक अध्यक्ष डा. हरिहर घिमिरे रहेको नेपाल नागरिक अभियानले आतंकबादविरुद्ध एक्यवद्धता जनाउन काठमाडौंको चुनदेवी मन्दिर परिसरमा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेस आदिबासी जनजाती विभागले समेत आतंकबाद विरुद्ध एक्येबदाता जनाउने भएको छ । त्रिचन्द्र क्याम्पस नेपाल विद्यार्थी युनियनले समेत शनिबार विरोधको कार्यक्रम राखेको छ । उनीहरुले घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले दिएको अभिव्यक्ति समेत आपत्तीजनक रहेको भन्दै पाकिस्तानको भूमिकामा पनि…
काठमाडौं। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्कने बाटो बनाउन आदेश गरेको छ। शिक्षकहरुले राखेका माग सम्बोधनमा उचित र आवश्यक निर्णय गरी आदेश प्राप्त भएको तीन दिनभित्र काममा फर्काउने बाटो बनाउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको हो। नहकुल सुवेदीको एकल इजलासले अधिवक्ता श्रवणकुमार चौधरीसमेतले दायर गरेको रिटमा बिहीबार प्रारम्भिक आदेश गरेको छ। यो आदेशले आन्दोलनरत शिक्षकभन्दा बढी सरकारमाथी दबाब दिएको देखिन्छ। देशभरका सरकारी शिक्षकहरु तीन साताभन्दा बढी समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। विधालय शिक्षा ऐन जारी हुनुपर्ने लगायत माग राखेर उनिहरुले शैक्षिक हड्ताल गरिरहेका छन्। शिक्षकहरु काठमाडौंमा जम्मा हुँदा एसईईको उत्तरपुस्तिका परिक्षणको काम हुन सकेको छैन भने…