


Author: एनआरएन
काठमाडौं- चीनले सुन कारोबारमा दिँदै आएको कर छुट हटाएको छ। चिनियाँ अर्थ मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार नोभेम्बर १ (कात्तिक १५) देखि खुद्रा व्यापारीहरूले सांघाइ गोल्ड एक्सचेन्जबाट खरिद गरेको सुन बिक्री गर्दा त्यसबापतको मूल्य अभिवृद्धि कर (भ्याट) कटौती गर्न नपाउने भएका छन्। ब्लूमबर्गका अनुसार नयाँ व्यवस्था अन्तर्गत सुन प्रत्यक्ष बिक्री भए वा प्रशोधनपछि बिक्री भए पनि कर कटौती गर्न पाइने छैन। यो नियम उच्च-शुद्धताका सुनका बार, इन्गोट र चीनको केन्द्रीय बैंकले स्वीकृत गरेका सिक्का मात्र नभइ गहना तथा औद्योगिक प्रयोजनका सुनमा पनि लागु हुनेछ। चीनमा सुन महँगो हुने भएपछि नेपालको बाटो हुँदै भारततर्फ हुँदै आएको अवैध सुन तस्करीमा पनि कमी…
काठमाडौँ- अक्टोबर महिनामा मात्र एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार,गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट…
काठमाडौं। नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको ट्रिपएडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०२५ प्राप्त गरेको छ। यो सम्मानले गुरु ट्राभल्सलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीमध्ये एकको रुपमा मान्यता दिएको छ। ट्रिप एडभाजरको यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ। यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्छ। गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले भने, ‘ट्रिप एडभाइजरद्वारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो। यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको…
११ देशका राजदुतलाई फिर्ता बोलाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेर सर्वोच्च अदालतले सुसिला कार्की नेतृत्वको जेनजी सरकारलाई गम्भिर धक्का दिएको छ। कार्की पूर्व प्रधान न्यायधिशसमेत भएकाले सर्वोच्च अदालतको यो आदेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ। केपी ओली नेतृत्वको सरकारले बनाएका ११ जना राजदुतलाई फिर्ता बोलाउने निर्णय वर्तमान सरकारले गरेको थियो। ओली सरकारले २०८१ साउन १४ गते विभिन्न १७ देशका लागि राजदुत सिफारिस गरेको थियो। तीमध्ये ६ जनालाई भने सुशिला कार्की नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको थिएन। सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। रिटमाथी फैसला हुन भने बाँकी छ। फैसला नहुँदासम्म सरकारको निर्णय कार्यान्वयन हुने छैन।
नेपालकी अल टाइम हाइ स्कोरर। कहाँ त्यति मात्र होर, दक्षिण एसियाकै अल टाइम हाई स्कोरर। युरोपका लिग फुटबलमा ह्याट्रिक गर्ने दक्षिण एसियाकै पहिलो महिला फुटबलर। सावित्रा भण्डारी साम्बाका नाममा यस्ता थुप्रै सफलता छन्। उनी कतिसम्म प्रतिभावान् छिन् भने फ्रान्सको लिग वानदेखि अस्ट्रेलियाको ए लिगका क्लबसम्मको ढोका खोलिसकेकी छिन्। साम्बाको यही सफलता देखेर नेपालदेखि दक्षिण एसियाली महिला फुटबल जिब्रो टोकिरहेको छ। उनले चालिरहेका पाइला र नापिरहेका बाटा लगभग अविश्वसनीय लाग्छन्। अविश्वसनीय किन भनेको हो भने उनले प्रतितिधित्व गर्ने राष्ट्रिय टोलीले अहिलेसमम् एउटा पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। नेपाली महिला फुटबलमा उपाधिको खडेरी छ। उनका सबै व्यक्तिगत सफलतालाई झन्डै विर्साउने…
काठमाडौं। नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै मैदानमा पुगेर हराएको छ। सिलोङमा सोमबार भएको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले भारतलाई २-१ गोलले हरायो। नेपालको जितमा दुवै गोल सावित्रा भन्डारी साम्बाले गरिन्। उनले दोस्रो र ६३ औँ मिनेटमा गोल गरेकी थिइन्। पहिलो गोल उनले लङ पासमा आएको बलमा विपक्षी डिफेन्डरलाई बिट गर्दै डिबक्स भित्र प्रवेश गरेपछि गरेकी थिइन्। गोलकिपर अगाडि बढेको मौकामा उनलाई गोल गर्न गाह्रो भएन। दोस्रो गोल उनले फ्रिकिकमार्फत गरिन्। अन्तिम समयमा भारतले एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन। नेपालले भारतमा पहिलोपटक घरेलु टोलीलाई हराएको हो। पाँच खेलयता भारतले नेपाललाई हराउन सकेको छैन। यसबीचमा नेपालले तीन जित र दुई…
सेप्टेम्बर ८ र ९ तारिखमा भएको जेन जी आन्दोलन नेपाल प्रहरीका एक वरिष्ठ अधिकृतलाई महँगो बनेको छ। एसएसपी विश्व अधिकारीका लागि सम्हालि नसक्नुको परिस्थिती आइपरेको छ। सायद उनी विश्वास गर्न सकिरहेका छैनन्। आइतबार नेपाल प्रहरीमा रिक्त ५ नायब महानिरिक्षक अर्थात डीआईजको दरबन्दीका लागि बढुवा सिफारिस निकालियो। गृह मन्त्रालयले तिहारको विदा सकिएलगत्तै बढुवा सिफारिस निकालेको थियो। कति बेला बढुवा निस्केला भनेर आकांक्षीहरु कुरेर बसेका थिए। तर दाबेदार अधिकारीको नाम कतै देखिएन। उनी छुटे। नेपाल प्रहरीको भावी आईजिपीका रुपमा दावेदार देखिएका अधिकारी जसरी बढुवामा छुटेका छन्, उनका लागि यो ठुलो सजाय सरह देखिएको छ। विश्व अधिकारी २०५६ सालमा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा…
काठमाडौं। सन् २०२४ अक्टोबर २७ तारिख। भरिभराउ दशरथ रंगशाला। भिडिरहेका हुन्छन् उही चिरप्रतिद्धन्द्धी नेपाल र भारत साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा। नेपालले दशरथ रंगशालामा खेलेका खेलहरुमा रंगशाला दर्शकले नभरिएको इतिहास कमै भेटिन्छ। हरेकपटक रंगशाला भरिभराउ हुन्छ, नेपालको पक्षमा भइरहेको हुटिङले शहर गुन्जिन्छ। अब भारतसँगको खेल थियो त्यो पनि सेमिफाइनल, धेरै दर्शक टिकट नपाएर रंगशालाबाटै फर्किएका थिए। भारतसँगको भिडन्त केवल खेलमा मात्र सिमित हुँदैन, नेपाल, नेपाली खेलाडी र नेपाली समर्थकका लागि। भौगोलिक र आर्थिक रुपमा आफुभन्दा कैयौँ गुणा ठुलो छिमेकीविरुद्ध जित हात पार्नुको अर्थ पक्कैपनि विशेष हुन्छ। त्यसमा पनि प्राय हरेकपटक उपाधि यात्रामा भारत नै बाधक बन्ने विगतका कारण उसलाई हराउन आँतुर…
काठमाडौं। पूर्व प्रधान न्यायधिश नेतृत्वको अन्तरिम सरकारमा दुई जना मन्त्री थपिएका छन्। सामाजिक अभियन्ता बब्लु गुप्ता र पूर्व स्वास्थ्य सचिव सुधा शर्मा गौतम मन्त्रि बनेका छन्। गुप्ता खेलकुद मन्त्री र शर्मा स्वास्थ्य मन्त्री बनेका छन्। दुई जना भने अन्तिम समयमा आएर मन्त्रि बन्नबाट रोकिएका छन्। दलित अभियन्ता खगेन्द्र सुनार र संरक्षणकर्मी गणपतीलाल श्रेष्ठको नाम मन्त्री बन्ने सूचीबाट काटिएको हो। सुनार फरार अभियुक्त भएको समाचारहरु आएका थिए। श्रेष्ठको पृष्ठभूमी पनि विवादित रहेको भन्दै सामाजिक सन्जालमा टिप्पणी भइरहेको थियो। विभिन्न सन्चार माध्यमसँग बोल्दै श्रेष्ठले आफैले अस्विकार गरेको दावी गरेका छन्। उनिहरुबारे सामाजिक सन्जालमा विवाद उठेपछि प्रधानमन्त्री कार्कीले दुई जनालाई मात्र मन्त्रि सिफारिस…
काठमाडौं। नेपाल ४ महिनापछि भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपका लागि छनोट भएको छ। ओमानमा भइरहेको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार यूएईले सामोआलाई हराएपछि नेपाल विश्वकप पुग्ने पक्का थियो। नेपालले आफ्ना दुई खेल बाँकी रहँदै विश्वकपमा स्थान बनाएको छ। नेपालले बुधबार नै हुने खेलमा ओमानलाई हराएको भएपनि आफै विश्वकपमा स्थान बनाउने थियो। तर त्यसलाई कुरिरहन परेन। नेपालले ओमानसँग भएको खेल पनि ३८ रनले जित्यो। विश्वकपमा छनोट हुनुको खुसी त छँदै छ एकातिर, अर्कोतर्फ भारतमा विश्वकप खेल्नु नेपाली क्रिकेटका लागि अर्को उपलब्ध भएको छ। हालसालै भएको जेनजी आन्दोलनपछि संक्रमण, तनाव, अन्योल र विभाजित अवस्थामा…