Author: एनआरएन

काठमाडौं। सोमबार बिहानैदेखि सामाजिक सन्जामला एउटा भिडियो भाइरल भयो। चितवनको घटना भन्दै सार्वजनिक भएको भिडियोमा एक प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरिरहेको देखिन्छ। प्रहरीले फोन गरेर पावर लगाउने भन्दै लखेट्दै ती युवकलाई बुट बजारेको दृश्यले प्रहरीको आलोचना भइरहेको छ। उक्त भिडियोको वास्तविकता के हो, कहाँको घटना हो र प्रहरी के गरिरहेको छ भन्ने विषयमा हामीले प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी दिनेश आचार्यसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं- सन्दीप लामिछानेले शनिबार राती फेसबुकमा लेखेको एउटा स्टाटसले यतिबेला सामाजिक सन्जाल तरंगित छ। कतै उनले सन्याश त लिन लागेका होइनन् भनेर आशंका पनि भइरहेका छन् र त्यही अनुमानमा आधारित रहेर मिडियाहरु समाचार लेखिरहेका छन्। २४ वर्षीय सन्दीपले यो स्टाटस किन लेखे भन्नेबारे केही प्रष्ट भएको छैन नत उनले यसबारे स्पष्टीकरण दिएका छन्। तर हालै भएको जय ट्रफीमा अम्पायरसँग भएको विवादलाई पृष्ठभूमीमा राखेर यो स्टाटसलाई हेर्न सकिन्छ। नेपाल क्रिकेट संघ-क्यानले सोही विषयलाई लिएर सन्दीपलाई स्पष्टीकरण सोधेको बुझिएको छ। हामीले यहि विषयलाई समेटेर भिडियो सामग्री तयार गरेका छौँ।

Read More

काठमाडौं। नेपालका महिला र पुरुष दुवै टिम भारतमा जारी खो खो विश्वकपको फाइनलमा। यो हेडलाइनले एकाएक खो खो खेलले नेपाली खेलकुदमा पछिल्लो समय हाइप ‘क्रियट’ गरिरहेको छ। मानिसहरु भन्दैछन्- ओहो विश्वकपको फाइनलमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ऐतिहासिक सफलता प्राप्त गरेको नेपालका महिला र पुरुष दुवै टिमलाई शुभकामना व्यक्त गरिसकेका छन्। त्यसो त विश्वकप हो, अनि नेपालका महिला र पुरुष दुवै टिम फाइनल पुगेको। यो सफलताले देशकै ध्यान तान्नु अस्वभाविक होइन। देशकै झन्डा फरफराइरहेको छ। तरपनि के फुटबल, क्रिकेट वा अन्य टिम गेम जस्तै विश्वस्तरमा निकै प्रतिस्पर्धात्मक रहेको खेल हो त खो खो ? अन्य खेलको विश्वकपमा पुग्न जति कठिन…

Read More

काठमाडौ‌- पछिल्लो समय दिनदिनै खुसी बाँडिरहेको नेपाली क्रिकेट फेरी एकपटक विश्वस्तरमा चर्चामा आउँदै छ। लामो प्रतिक्षापछि नेपाली महिला क्रिकेटले पनि विश्वकप खेल्ने सपना पुरा गर्दैछ, नेपाली समर्थकले पनि विश्वस्तरमा नेपाली महिला क्रिकेटले खेलेको मज्जा लिने मौका पाउँदैछन्। शनिबारदेखि मलेसियामा सुरु हुने आईसिसी यू-१९ वुमन्स टी-२० विश्वकपमामा नेपालले पनि खेलेको विश्वले देख्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झन्डै १८ वर्षपछी नेपाली महिला क्रिकेटले कुनैपनि स्तरको विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले पहिलो चरणमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्दै छ। एउटा मात्र खेल जितेपनि नेपाल सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्ने छ। किनभने समूहमा रहेका चारमध्ये तीन टोली सुपर सिक्स पुग्नेछन्।…

Read More

काठमाडौं। नेपाल पुलिस क्लबले बहुदिवशीय जय ट्रफी क्रिकेटको उपाधि जितेको छ। फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीबार एक सय ३ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ७४ रनमा अलआउट भयो। आर्मीविरुद्ध पुलिसका सागर ढकालले ६ र ललितनारायण राजबंशीले ४ विकेट लिए। आर्मीका इमरान शेखले २८ तथा विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक छुन सकेनन्। तृतराज दास २, भीम सार्की ५, बासिर अहमद ७ र विवेक यादब ८ रन जोडेर आउट भए। सुमित श्रेष्ठ र सन्तोष कार्कीले खाता खोल्न सकेनन्। पुलिसले ललित र सागरलाई मात्र बलिङमा लगातार उतारेको थियो। त्यसअघि साहब आलम र बासिर अहमदले…

Read More

काठमाडौं। गैह्र आवाशीय नेपाली नागरिकता प्राप्त व्यक्तीले अब १० वर्षसम्मको भिषा निशुल्क पाउने भएको छ। नेपाल सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था गरेको हो। गैह्र आवाशीय नेपाली सम्बन्धी ऐन २०६४ को केही व्यवस्थालाई अध्यादेशमार्फत संसोधन गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले जारी गरेको ‘शुसासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८१’ पुस २९ गते राजपत्रमा प्रकाशित भएको छ। यो व्यवस्थाले नेपालमा बसोबास गर्ने गैह्र आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ती वा परिचय प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिषा निशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। यस्तै गैह्र आवासीय नेपाली नागरिकता प्राप्त…

Read More

काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धाको थुनछेकमा काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा सभापती रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। माधव अधिकारीको एकल इजलासले बुधबार रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। यसअघि कास्की जिल्ला अदालतले पनि रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। रविविरुद्ध चितवन, रुपन्देही र पर्सामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो। अदालतमा अभियोग पत्र दायरा भएमा ती जिल्लाका अदालतमा पनि उनी उपस्थित हुनेछन्।

Read More

काठमाडौं– सहकारी ठगि प्रकरणमा काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धामा यतिबेला प्रतिवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको थुनछेक बहस भइरहेको छ। उनी आइतबार अदालत हाजिर भएका थिए। पहिलो दिन बयान मात्र सकिएको थियो।सोमबारदेखि बहस सुरु भयो। बहसको पहिलो दिन जाहेरवालातर्फबाट १० जना सरकारी वकिल र २ जना निजि वकिलले बहस गरे। हामीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेलाई सोधेका छौँ– वकिलको यति लामो लाइन किन लाग्यो ?

Read More

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा…

Read More

काठमाडौं– कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले न्याय पाएजसरी बाहिर आएर खुसी व्यक्त गरेका थिए। रास्वपा कार्यकर्ता र समर्थकले पनि निर्दोष भए जसरी खुसी साँटेका थिए। अदालतले गरेको आदेशबारे हामीले चर्चित अधिवक्ता सरोजकृष्ण घिमिरेसँग कुराकानी गरेका छौँ।

Read More