Author: एनआरएन

काठमाडौं। नेपालले विश्वकप क्रिकेट छनोटको तयारी थालेको करिब तीन साता भयो। नेपाल क्रिकेट संघ-क्यानले ३२ जनालाई प्रशिक्षणमा बोलाएको थियो। यतिबेला भारतको बैगलोर र काठमाडौंमा रहेर नेपाली टोलीका लागि तयारी भइरहेको छ। यी दुवै ठाउँमा भइरहेका ट्रेनिङमा सन्दीप लामिछाने समावेश छैनन्। अहिले मात्र हुन् जुन दिनदेखि नेपालले ३२ जना खेलाडी बोलाएर प्रशिक्षण थाल्यो त्यही दिनदेखि सन्दीप टिम प्रशिक्षणमा सहभागी छैनन्। यतिबेला भारतको बैंगलोरस्थित एनसीएमा २० जना खेलाडी र प्रशिक्षक स्टुवार्ट ल छन्। यता काठमाडौंमा भइरहेको प्रशिक्षणमा ११ जना खेलाडी र सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल छन्। नेपाल टोलीले अगष्टको दोस्रो साता अस्ट्रेलियामा विश्वकप छनोट तयारीका रुपमा एक प्रतियोगिता खेल्दै छ। त्यसअघि अगस्ट…

Read More

न्युयोर्क : अन्तर्राष्ट्रिय व्यावशायीक फुटबलमा पछिल्लो समय एउटा टर्म चर्चामा छ- त्यो हो रिटायरमेन्ट लिग। युरोपका ठुला घरेलु लिगमा खेलिरहेका खेलाडीहरुले करियरको अन्तिम समयतिर रोजिरहेका त्यस्ता लिगलाई रिटायरमेन्ट लिग भनिन्छ जहाँ ती खेलाडीले मनग्गे पैसा पाउँछन्। पछिल्लो समय अमेरिकाको मेजर लिग सकर अर्थात एमएलएस र साउदी अरबको साउदी प्रो लिगको छवी यस्तै छ। करियरको अन्तिम तिर भएर के भयो र, नाम चलेका ठुला खेलाडिहरु आएकै कारण यस्ता लिगहरुले एकाएक हाईप लिइरहेका छन्। यतिबेला एक खेलाडीको कारण मेजर लिग सकर अझ चर्चामा आएको छ। एक विश्व चर्चित मिडफिल्डरले ३१ वर्षकै उमेरमा मेजर लिग सकर क्लब जोइन गर्ने निर्णय गरेका छन्। यति…

Read More

काठमाडौं। नेपाली सेयर बजार परिसूचक नेप्से करिब ४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा पुगेको छ। यस अघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेको थियो। त्यसयता उक्त विन्दु छुन सकेको थिएन। मंगलबार नेप्से बढेपनिकारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १९ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकामा मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँबराबरको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भि इनर्जी र…

Read More

पोखरा । सिन्धुलीबाट हराएको १६ जनाको हायू परिवार कास्कीमा भेटिएको छ। उनिहरु सबै कास्कीको गगनगौंडामा फेला परेका छन् । गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको दुईवटा घरमा बसिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई फेला पारेको हो। सिन्धुलीको गोलन्जोर गाउँपालिक-६ मा एकान्त ठाउँमा बस्दै आएको उर्मिया हायुको परिवार सोमबार बिहान घरमा नभएको पाइएको थियो। अन्तिमपटक गत बिहिबार उनीहरुलाई देखेको स्थानीयले बताएका थिए। त्यसपछि उनिहरुको खोजि सुरु भएको थियो। प्रहरीले भेटाएपछि हायु परिवारका सदस्यले काम खोज्न आएको बताएका छन्। उर्मिला हायु ६ छोरा र ५ छोरीसहित सम्पर्कविहिन भएकी थिइन्।

Read More

रामकृष्ण पोखरेल  नेपाल स्वदेशी, विदेशी, अनुसंधान र घुमन्तेहरु का लागि एउटा साहसिक, धार्मिक र रमणीय पर्यटकीय देश हो । एशियाली दुई ठुल्ल ठुला देश भारत र चीनको सिमानासंग जोडिएको पहाडी मुलकबाट विश्व मान चित्रण गरिएको छ । विश्वको पर्यटकीय भ्रमण देशमा नेपाल ८१ आौ स्थानमा आउँछ । पर्यटकहरु विभिन्न देशको भ्रमण गर्दा निश्चित उद्येश र धेयका लागि जाने गर्दछन । विश्व पर्टकिय मानचित्रमा फ्रान्स पहिलो स्थानमा आउदा स्पेन दोश्रोमा आउदै गर्दा एशियाली देशमा थाईल्यान्ड र चीनले मात्र माथिल्लो तहको १० वटा देशहरूमा स्थान ओगट्न सफल रहेको छन । अमेरिक, जर्मनी, टर्की मेक्सिको जस्ता देशहरु विश्व ब्यापि पर्यटकिय स्थान ओगट्तै गर्दा…

Read More

काठमाडौं। १६ जनाको परिवार तर केही दिनसम्म पनि गाउँलेले चाल पाउँदैनन्-उनिहरु गाउँबाट बेपत्ता भएको। हो सही सुन्दै हुनुहुन्छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पानजिक भण्डास विप्पर कटेरी भन्ने ठाउँमा रहेको एक घरमा बसिरहेका कम्तिमा १६ जना सम्पर्कविहिन भएका छन्। उर्मिला हायु, उनका ६ जना छोरा, ५ जना छोरी, ज्वाई र नाति नातिना सम्पर्कविहिन छन्। उनिहरु कहिलेदेखि बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन। हालसम्मको अनुसन्धानमा उनिहरु बिहीबारसम्म घरमै थिए भन्ने पाइएको छ। वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बिहिबार उर्मिलाको घरमा सुँगुर काटेर भोज गरिएको थियो। केही मासु गाउँलेले पनि किनेका थिए। वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाका अन्य आफन्तहरु पनि त्यस दिन उनको घरमा आएको…

Read More

काठमाडौं। राष्ट्रिय जनावर गाईबारे सर्वोच्च अदालतले एउटा महत्वपूर्ण आदेश गरेको छ। यसलाई सरकारलाई गम्भिरतापूर्वक लागु गरे गाईको संरक्षण, संम्वर्द्ध र प्रवर्द्धनमा महत्वपूर्ण हुने विश्वास लिइएको छ। सर्वोच्च अदालतका न्यायधिशहरु कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले २०८१ कात्तिकमा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ। स्याङ्जाका केदारशरण विकल, हुमनाथ शर्मा पौडेल र गुल्मीका रामहरी ज्ञवाली गाईहरु वेवारिसे बन्दै गएको, भीरबाट खसाल्नेदेखि नदीमा बगाई दिनेसम्मका प्रवृती देखिएको, मासुका लागि लुकिछिपि गाईको हत्या हुने गरेको र मासुकै लागि तस्करी गरेर छिमेकी मुलुकहरुमा लैजाने गरिएको भन्दै २०७६ सालमा सर्वोच्च अदालत पुगेका थिए। स्थानीय प्रजातीका गाईहरु पहाडका गाउँबस्तीबाहेक अन्य ठाउँमा लोप भइसकेको भन्दै…

Read More

काठमाडौं। तीन सातादेखि मुम्बईबाट हराइरहेका आफ्ना  दुवै छोरीहरु भक्तपुरको एक घरमा बिहीबार बिहान झुन्डिएर मृत अवस्थामा भेटिएको जानकारी पाएपछि बाबु बासुदेव पाण्डेले आफु नआईकन शवलाई केही नगर्नु भनेका थिए। उनिहरुले प्रहरीलाई जसरी पनि आईपुग्छु, घटनास्थल जस्तो छ त्यस्तै अवस्थामा रहन दिनु भनेका थिए। डोरीमा झुन्डिरहेको अवस्थामा शवलाई प्रहरीले दिनभर कुर्‍यो। राती अबेरसम्म पनि कुर्‍यो। तर बासुदेव र उनको परिवार आईपुगेनन्। प्लेनबाट आईपुग्न बिहानसम्म समय लाग्ने देखेपछि प्रहरीले राती ११ बजे शवलाई डोरीबाट झार्‍यो, मुचुल्का गर्‍यो। हामीले भक्तपुर प्रहरी प्रवक्ता ढुण्डिराज न्यौपानेसँग कुराकानी गरेका थियौँ। दिनभरको गर्मीले शव गन्हाउन थालेकाले राती नै काठमाडौंमा रहेका मृतकका आफन्तको उपस्थितीमा मुचुल्का उठाएर पोस्ट मार्टमका…

Read More

काठमाडौं। भारतीय फुटबलसँग सम्बन्धित एक समाचारले शुक्रबार युरोपसम्म तरङ्ग ल्यायो। समाचार नै त्यस्तै थियो। भारतको चर्चित न्युज पेपर टाइम्स अफ इन्डियाले विश्वकप विजेता जाभीले भारतीय राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका लागि आवेदन दिएको समाचार प्रकाशित गरेको थियो। त्यसको पुष्टी भारतीय फुटबल टोलिका डाइरेक्टर सुब्रत पलले गरेकाले त्यस समाचारलाई विश्वास नगर्नुपर्ने कारण थिएन। जाभीले भारतीय टिमको प्रशिक्षकका लागि निवेदन दिएको ? कसरी सम्भव छ ? अधिकांशको मनमा यस्तै जिज्ञासा थियो। तर फेरी पनि यो कुरा भारतीय फुटबल टोलीका डाइरेक्टर सुब्रत पलले पुष्टी गरेका थिए। आधिकारिक स्रोतलाई हवाला दिएर समाचार लेखेपछि कसरी नपत्याउनु ? यति ठुलो विषयमा आधिकारित व्यक्तीले झुटो बोल्छन् भन्ने कल्पना…

Read More

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाईएको छ । दिल्ली विमानस्थलबाट एनओसी विना कुवेत जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली दुतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुदै बिहीबार राति रुपन्देही ल्याइएको छ। दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दुतावासका कर्मचारीको टिमले महिलाहरुलाई सुनौली नाका हुदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरुलाई अहिले प्रहरीले काठमाण्डौं ल्याइरहेको छ ।

Read More