Author: एनआरएन

काठमाडौं : विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबमा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले…

Read More

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ। न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतले मंगलबार थुनछेक बहसपछि एक करोड रुपैयाँ धरौटी माग गरेको हो। यसअघि अरु दुई कसुरमा काठमाडौं जिल्ला अदालतले उनीसँग कुल एक करोड धरौटीमा मागेका बुझाएर छुटेका थिए। हिमालयन रि इन्सुरेन्सको विवादमा सीआईबीले उक्त संस्थाका पूर्व अध्यक्ष गोल्छालाई पक्राउ गरेको थियो। पछि उनलाई सर्वोच्च अदालतले बन्द प्रत्यक्षिकरण रिटमा छाड्न आदेश गरेको थियो। गोल्खा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत…

Read More

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ । साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको…

Read More

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ODI कप्तानमा सन्दीप लामिछाने फर्किएका छन्। नेपाल क्रिकेट संघ-क्यानले रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ। उनले आगामी एसिसि प्रिमियर कपदेखि नेपालको कप्तानी गर्नेछन्। यस अघि सन् २०२२ मा सन्दीपमाथी गम्भि र आरो प लागेपछि उनी नि लम्बनमा परेका थिए र नयाँ कप्तान रोहितलाई घोषणा गरिएको थियो। रोहितको कप्तानीमा नेपालले दुईपटक टी-२० विश्वकप र पहिलोपटक एसिया कप खेल्न सफल भएको थियो। यस्तै लगभग असम्भव मानिएको अवस्थाबाट नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो भने पहिलोपटक टेष्ट राष्ट्रलाई पनि हराएको थियो। हालै नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले विश्वकप लिग-२ शृंखलाका चारवटै खेल हा रेपछि कप्तान रोहित पौडेल…

Read More

काठमाडौं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मदिरा सेवन गरेर फेसबुक लाइभमा बोलेको र उनको भनिएको अश्लिल भिडियोबारे प्रष्टिकरण दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले आरोपहरु निराधार भएको बताए। उनले भने : आज ममाथि गम्भीर किसिमको आरोप लागेका छन् । रक्सी खाएर जे पायो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन् । म सिंगो देशलाई साक्षी राखेर यो संसद्को रोष्ट्रममा उभिएर प्रतिनिधिसभाको एक सांसदको हैसियतले सम्माननीय सभामुख र सिंगो संसद्सँग अपिल गर्न चाहन्छु, यही संसद्मा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँचियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म…

Read More

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गर्न लागेको दोस्रो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मंगलबारदेखि सुरु हुँदै छ । गत वर्षदेखि सुरु भएको यो अटो सोले छोटो समयमै ब्यापक लोकप्रियता बटुलेको छ। ब्रान्डेड कम्पनीहरु सहभागी हुँदैछन्। ३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा मोबिलिटीसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ । एक्स्पोमा ५२ वटा स्टल रहनेछन्। प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारी मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सेवा समेटिनेछन् । प्रदर्शनका क्रममा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिनेछ । मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सिप विकास, रोजगारी तथा नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे…

Read More

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग अर्थमन्त्रीले छलफल गरेका हुन्। ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको थियो। छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गरेका छन्। यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा…

Read More

काठमाडौं। एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई शुक्रबार काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट, कलंकी परिसरमा आयोजित विशेष समारोहबीच सुनको बल हस्तान्तरण गरिएको हो । अभियानअन्तर्गत पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा तथा तेस्रो विजेता सबिना थापालाई जनही ३.५ तोला सुनको गोल्डेन बल प्रदान गरिएको छ । विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरू…

Read More

काठमाडौं : स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ को १८ औँ संस्करण आयोजना गर्ने भएको छ। यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा हुन गइरहेको यो भव्य अटो शो सम्पूर्ण अटो, आयल एवं पार्टपुर्जा व्यवसायीहरूका लागि विशेष आकर्षण र व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने आयोजक नाडाले विश्वास लिएको छ। यस वर्षको नाडा अटो शोमा साना र ठूला गरी कुल २०० वटा स्टलहरू रहनेछन्। प्रदर्शनीमा २२ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुई…

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सत्ता सम्हालेको झन्डै साढे ४ महिनापछि पहिलोपटक दुई प्रमुख छिमेकीका कुटनीतिक अधिकारीसँग वन टु वन भेटघाट गर्ने भएका छन्। सोमबार बालेनले नेपालका लागि भारत र चीनका राजदुतसँग एकपछि अर्को भेट गर्दैछन्। उनले सुरुमा भारतीय राजदूत नविन श्रीवास्तवसँग र त्यसपछि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने तयारी रहेको छ। यसअघि सत्ता सम्हालेको केही दिनपछि बालेनले सबै कुटनीतिक प्रतिनिधिसँग सामूहिक भेट गरेका थिए। त्यसयता विभागीय मन्त्रीहरुले वन टु वन भेटघाट गरेपनि बालेनले वास्ता गरेका थिएनन्। यसबीचमा बालेनले औपचारिक विदेश भ्रमण पनि गरेका छैनन्। नेपालका प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि भारत र चीनको ‍औपचारिक भ्रमण गर्ने चलन रहेको छ। त्यसका…

Read More