Author: एनआरएन

काठमाडौं : नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक एःन्इ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरेन्स जोन समेत सञ्चालन हुनेछ । दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम…

Read More

काठमाडौं । सरकारले सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको कर कटौतीसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। नयाँ व्यवस्थाअनुसार अब ३६५ दिन वा सोभन्दा कम अवधि सेयर स्वामित्वमा राखेर बिक्री गर्दा हुने नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा हुने नाफामा ३.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार यी दरहरू अग्रिम करका रूपमा कायम गरिएको हो। यसअघि चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाएको थियो। त्यसअनुसार एक वर्षभन्दा कम अवधिका लागि सेयर होल्ड गर्ने लगानीकर्ताले…

Read More

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी असोज २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नआएपछि बैंकहरूले निक्षेपको ब्याजदरमा सामान्य कटौती गरेका छन्। असोज महिनामा व्यक्तिगत निक्षेपतर्फ २० वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौ महिनाको ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतविन्दुले कम हो। त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको यस्तो दर असोजमा ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशतमा झरेको हो। एभरेष्ट बैंकको ब्याजदरमा सबैभन्दा ठूलो कटौती असोज महिनाका लागि एभरेष्ट बैंकले निक्षेपको ब्याजदरमा सबैभन्दा ठूलो कटौती गरेको छ।…

Read More

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गते मंगलबार आवेदन आह्वान गरिएको हो । इच्छुक आवेदकहरूले आगामी असोज २६ गतेसम्म (१२ अक्टोबर २०२६) आवेदन दिन सक्नेछन् । अठार वर्ष उमेर पुगेका र नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदनपछि छनोट हुनेले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम राख्नुपर्ने प्रावधान छ । समावेशी तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने माध्यमका रूपमा उद्यमशीलता…

Read More

काठमाडौं । लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा सुधारको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर घरजग्गाको कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्ष घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा भने कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो। चौथो त्रैमासमा कारोबार झनै बढ्यो गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गा कारोबारमा थप तीव्रता देखिएको छ। उक्त अवधिमा कुल कारोबार संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले…

Read More

काठमाडौं — सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै नेपाली पूँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ। अर्थ मन्त्रालयले ल्याएको २१ बुँदे कार्ययोजनाले बजारमा तरलता विस्तार, लगानी वृद्धि तथा पूँजी बजारको पुनरुत्थानलाई प्राथमिकता दिएको छ। बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिका कारण अर्थतन्त्र र जलविद्युत क्षेत्रमा परेको असरलाई सम्बोधन गर्दै बजारलाई चलायमान बनाउने उद्देश्यले कार्ययोजना ल्याइएको हो। कार्ययोजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ। सोमबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ९.१९ अंक, फ्लोट इन्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१३ अंकले वृद्धि भएका छन्। बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य…

Read More

काठमाडौं : नेपाल सरकारले पुँजी बजारलाई चलायमान बनाउँदै अर्थतन्त्रको विस्तार र पुनरुत्थान गर्ने उद्देश्यले २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना घोषणा गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी वृद्धि र कर प्रणालीमा सुधारलाई प्राथमिकता दिइएको छ। भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीबाट जलविद्युत आयोजना तथा भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको उल्लेख गर्दै मन्त्रालयले पुँजी बजारसहित समग्र अर्थतन्त्रलाई पुनः चलायमान बनाउन कार्ययोजना अघि सारेको हो। आईपीओ प्रणालीमा सुधार र मूल्य अन्वेषण कार्ययोजनाअनुसार नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन IPO का लागि सामान्य…

Read More

काठमाडौं । आचार्य श्रीनिवासले आफूलाई ‘विवादित’ व्यक्तिका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन्। अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमानित गर्ने काम भइरहेको उनको गुनासो छ। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै आचार्य श्रीनिवासले आफूलाई विवादित भन्नुको आधार स्पष्ट पार्न चुनौती दिए। उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिन आग्रहसमेत गरे। ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने। जेनजी शहिद स्मृती कार्यक्रममा उनलाई अतिथी बनाएर राखिएपछि चर्को आलोचना भएको थियो। आचार्य श्रीनिवासले आफू धर्मका नाममा रकम उठाउने नभई सहयोग गर्ने गुरु भएको दाबी गरे। आफूले कसैलाई ठगेको वा गलत काम गरेको प्रमाण भए…

Read More

काठमाडौं : भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ।मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनले बाढी प्रभावित समुदाय, विशेषगरी जोखिममा रहेका तथा संवेदनशील समुदायको स्वास्थ्य आवश्यकताको विस्तृत अध्ययन गर्नेछ। मूल्याङ्कनका क्रममा प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति अवस्था, रोग निगरानी प्रणाली र आपतकालीन पूर्वतयारीको अवस्थाबारे अध्ययन तथा समीक्षा गरिनेछ। त्यस्तै, बाढीका कारण स्वास्थ्य सेवा प्रवाहमा परेको असर, प्रभावित स्वास्थ्य संस्थाको अवस्था…

Read More

काठमाडौं : नेपालले एसिसि प्रिमियर कप २०२६ को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा नेपालले यूएईलाई ४४ रनले हरायो। पहिला ब्याटिङ गरेको नेपालले ३ सय १४ रनको लक्ष्य दिएको थियो। नेपालका लागि आसिफ शेखले एक सय २ रन बनाएका थिए। गुल्सन झाले ५२. अर्जुन कुमालले ४३ र रोहित पौडेलले ४० रन बनाए। नेपालले पहिलो विकेटका लागि ९७ रन साझेदारी गरेको थियो। यूएईले ४९.१ओभरमा सबै विकेट गुमाएर २ सय ६९ रन जोड्यो। आकाश चोप्राले एक सय रन बनाएपनि टिमको हार टार्न सकेनन्। नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो, यसअघि सन् २०२३ मा घरेलु मैदानमा आयोजित संस्करण जितेको थियो। एसिसि प्रिमियर…

Read More