



Author: एनआरएन
काठमाडौं। नेपाल र उज्वेकिस्तानबीच शनिबार राती भएको खेल र त्यसको नतिजा विर्सन तपाईलाई पक्कै गाह्रो भइरहेको हुनुपर्छ। नेपालले यो खेल जित्ने छ र महिला एसियन कपमा स्थान बनाउने छ। धेरैको यस्तै आशा थियो। तर नेपालले खेल सुरु भएको दुई मिनेट पनि वित्न नपाउँदै गोल व्यहोर्यो। ११ मिनेटमै उज्वेकिस्तानले दोस्रो गोल थप्यो। नेपालले अब जित्ला भन्ने आशा मर्यो। तर नेपालले यसरी पुनरामगन गर्यो की उज्वेकिस्तानले दुईपटक २ गोलको अग्रता लिएर पनि नेपाल बराबरीमा पुगेको थियो। निर्धारित ९० मिनेटको खेलपछि सिधै टाइब्रेकर गरियो। नेपालको पहिलो प्रहार नै मिस भयो। नेपालकी गोलकिपर अन्जना रानामगरविरुद्ध उज्वेकिस्तानले सुरुका लगातार ४ प्रहार गोलमा परिणत गरेको थियो।…
काठमाडौं। मध्यरात सवा एक बजे। जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुममा रिङ बज्छ। फोन उठाउँदा उताबाट बोलेको सुनिन्छ- मैले चार जनालाई छुरी हानेर आएको छु मलाई पक्राउ गर्न आउनु। मध्य निन्द्राको समय, अनि त्यस्तो फोन। प्रहरी एकछिन अक्कनबक्क पर्छन्। कसैले जाँड खाएर दुख दिन पो फोन गरेको हो की, प्रहरीले आशंका गरेपनि ढुक्क हुन सक्दैन। कन्ट्रोलले नजिकैको प्रहरी कार्यालयलाई खबर गर्छ। अस्थायी प्रहरी कार्यालय ओख्रेको टोली तत्कालै मुभ हुन्छ। लगभग १५ मिनेटपछि हुर्बु भन्जाङमा एक युवक पेटमा छुरा हानिएको अवस्थामा सख्त घाइते भेटिन्छन्। प्रहरीलाई फोन गर्ने युवक तीनै भएको यकिन हुन्छ। त्यसपछि ती युवकले छुरा हानेको भनेको ठाउँतर्फ प्रहरी मुभ…
काठमाडौं। भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तीले ससुरालीका ४ जनाको हत्या गरेका छन्। रामप्रसाद राई-२ धोद्लेखानीमा एकै घरका ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले सबै ४ जनाको हत्या गरेँ भन्दै प्रहरी कन्ट्रोलमा मध्यरात खबर गरेका थिए। त्यसपछि प्रहरीले राजेन्द्रले बोलाएको ठाउँमा पुग्दा उनी गम्भिर घाइते अवस्थामा भेटिएका थिए। राजेन्द्रले एक वर्ष अघि मनिषालाई भगाएर विवाह गरेका थिए। तर केही समय अघि मन्जुले मनिषालाई भोजपुर नगरपालिका पुगेर घर ल्याएकी थिइन्। त्यसपछि राजेन्द्र श्रीमतीलाई लिन ४/५ दिन अगाडि आइपुगेका…
काठमाडौं। नेपाल आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल भएको छ। शनिबार राती उज्वेकिस्तानसँग पराजित भएपछि नेपाली महिला फुटबलको सपना अधुरै बन्यो। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि हार जितको नतिजाटाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी र अन्जना रानामगर चुके। उज्वेकिस्तानले सुरुका ४ वटा प्रहार गोलमा परिणत गरेको थियो। अन्जन मिस भएपछि उज्वेकिस्तानले अन्तिम प्रहार गर्नै परेन। त्यसअघि निर्धारित समयमा उज्वेकिस्तानले दुईपटक २ गोलको अन्तरले अग्रता लिएपनि जोगाउन सकेको थिएन। नेपालकी साम्बाले ह्याट्रिक गरिन्। उज्वेकिस्तानले दोस्रो र ११ औँ मिनेटमा गोल गर्दै २-० गोलको अग्रता लिएको थियो। साम्बाले २४ औँ मिनेटमा पहिलो…
काठमाडौं। नेपालले एएफसी महिला एसियन कपको छनोटअन्तर्गत अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्दै छ। यो खेलको नतिजा सामान्य जित हारमा मात्र सिमित हुने छैन। एउटा जितले नेपाली महिला फुटबलमा ठुलो अर्थ राख्ने छ। सावित्रा भण्डारी, प्रिति राई, रेखा पौडेलसहित महिला राष्ट्रिय फुटबल टोलीमा रहेका सबै खेलाडिले ठुलो उपलब्धी हासिल गर्ने छन्। विश्व फुटबल महासंघ-फिफाको वरियताक्रममा उज्वेकिस्तान ५१ र नेपाल एक सयौँ स्थानमा रहेका टोली हुन्। अर्थात वरियताक्रमलाई हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली देखिन्छ। उज्वेकिस्तान सेन्ट्रल एसियन फुटबल एसोसिएसन अर्थात काफाको हालसम्म दुईपटक महिला च्याम्पियनसिप भएकामा दुवैपटक उज्वेकिस्तानले उपाधि जितेको छ। सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिता…
काठमाडौं। नेपाल र श्रीलंकाबीच बुधबार भएको खेल हेर्नु नै भयो होला। यदी छुटाउनु भयो भने नतिजा त पक्कै सुन्नु भयो होला। नेपाली चेलीहरुले ८ गोल गरे। साम्बाले फेरी ह्याट्रिक गरिन्। नेपालले फेरी फराकिलो जित हात पार्यो, एक गोल नखाई। पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९ गोल गरेको थियो विपक्षीलाई एक गोल पनि गर्न नदिकन। तर यी नतिजा र गोलहरुको कुनै अर्थ हुने छैन यदि नेपालले अब समूहको अन्तिम खेलमा उज्वेकिस्तानसँग हार्यो भने। नेपालले घरेलु टोली उज्वेकिस्तानसँग शनिबार साँझ प्रतिस्पर्धा गर्दै छ। यो खेल जसले जित्छ, त्यही टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसियन कप पुग्ने छ। एसियन कप खेल्ने १२ मध्ये…
काठमाडौं। यतिबेला नेपाल सरकारका एक जना अधिकृत प्रहरी हिरासतमा छन्। अधिकृतजस्तो मान्छे पक्कै भष्ट्रचार वा घुस लिएर पक्राउ पर्यो होला ? सुन्ने वित्तिकै तपाईलाई त्यस्तै लाग्न सक्छ। तर घटना अलिक फरक छ। गम्भिर र जघन्य अपराध मानिने बलात्कारको कसुर गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनि ती अधिकृतले बलात्कार गरे भनेर प्रहरीमा जाहेरी दिने व्यक्ती पनि नेपाल सरकारकै अधिकृत हुन्। नेपाल सरकारकै अधिकृत बलात्कार मुद्धामा पिडित ? सुन्दा तपाईलाई यस्तै प्रश्न उठ्न सक्छ ? अनि बलात्कार मुद्धामा अधिकृत पक्राउ ? तपाईलाई केही अनौठो पनि लाग्न सक्छ। दुई जना सिनियर अफिसर कसरी बलात्कार मुद्धामा जोडिए ? तपाईले बलात्कारसँग सम्बन्धित घटनाबारे…
काठमाडौं। पर्सा प्रहरीले हुन्डी कारोबारीको आशंकामा झन्डै २८ लाख रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकाहामैनपुरका २६ वर्षीय अनिलकुमार वर्णवाल, विरगन्जको आदर्शटोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुरका ४४ वर्षीय दीपककुमार सोनार रहेका छन्। विरगन्जको मकालु टोलबाट पक्राउ परेका वर्णवालको साथबाट ९ लाख ४७ हजार रुपैयाँ, कृषि विकाश बैंक लिंक रोडबाट पक्राउ परेका श्रीवास्तवको साथबाट १५ लाख ८१ हजार र रजतजयन्ती चोकबाट पक्राउ परेका सोनारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए। उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं। आँखिर कसले थप्यो त ? प्रतिनिधि सभाले आइतबार पारित गरेको संघीय निजामती सेवा सम्बनधी विधेयकमा रहेको एउटा व्यवस्थालाई लिएर सबै छक्क परिरहेका छन्। कानुन बनाउने सांसदहरु नै भन्दैछन् हैन यो व्यवस्था कसरी घुसाइयो ? सांसदहरुले नै यो/त्यो व्यवस्था कसरी आयो भन्नु अचम्म भएन त ? यो विधेयकमाथी प्रतिवेदन तयार गरेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितीका सभापती रामहरी खतिवडा र समिति सचिव सुरजकुमार दुरामाथी कारबाही हुनुपर्ने माग सांसदहरुले गरिरहेका छन्। दुरा संघीय संसद सचिवालयकै सचिव हुन्। मंगलबार सांसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर छानबिन गर्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्। समिति सभापती खतिवडाले दोषी भए…
काठमाडौं। इरानका एक उच्च धार्मिक गुरुले दिएको स्टेटमेन्टले यतिबेला इस्लामिक समुदायसहित पश्चिमा राष्ट्र र अमेरिकामा तरङ्ग सृजना गरेको छ। ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भगवानविरुद्ध युद्ध गरेको भन्दै भगवानको शत्रुका रुपमा उल्लेख गरेका छन्। एउटा व्यक्तीले दिएको यो स्टेटमेन्ट किन यति चर्चित बन्यो ? किन विश्व समुदायले मह्त्वका साथ हेरिरहेको छ? . यसको अर्थ के हुन्छ ? नासर मकारेम सिराजीले दिएको स्टेटमेन्ट इस्लामिक समुदायका लागि एउटा धार्मिक राय वा आदेश जस्तै हो जसलाई फत्वा भन्ने गरिन्छ। धर्म गुरुहरुले आफ्नो राय जसरी व्यक्त गरेपनि इस्लामिक समुदायले आदेशजसरी त्यसलाई ग्रहण गर्छ। ग्रान्ड आयोतोल्लाह…