


Author: एनआरएन
काठमाडौं। पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार काठमाडौंमा स्वागत गर्न राजसंस्था पक्षधरहरुले व्यापक तयारी गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपा नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर ठुलो संख्यामा समर्थकहरु उतार्ने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलबाहिरदेखि निर्मल निवाससम्म सडकमा राजसंस्था पक्षधरहरुलाई उभिएर पूर्व राजा ज्ञानेन्द्रको स्वागत गर्न भनिएको छ। गत प्रजातन्त्र दिवशको पूर्व सन्ध्यामा ज्ञानेन्द्रले आफुलाई साथ दिन अपिल गरेका थिए।। त्यसयता राजसंस्था पक्षधरहरुले प्रदर्शनहरु गरिरहेका छन्। ०६२/६३ को जनआन्दोलनले नेपालबाट राजसंस्था फ्याँकेको थियो।
काठमाडौं। अमेरिकाले बुधबार ९ जना नेपालीलाई डिपोर्ट गरेको छ। एक महिलासहित ८ जनालाई चार्टर्ड विमानमार्फत नेपाल पठाइएको छ। यस्तै एक जनालाई भने कमर्सियल फ्लाइटमार्फत नेपाल पठाइएको अध्यागमन विभाग स्रोतले जनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासन आएयता त्यहाँबाट ३५ जना नेपालीलाई डिपोर्ट गरिएको छ। कागजात नभएका, विभिन्न अपराधमा संलग्नहरुलाई ट्रम्प प्रशासनले आफ्नो देश फिर्ता गरिरहेको छ।
काठमाडौं। २०७९ साल असोजको पहिलो साता काठमाडौंको गोठाटारमा साँझपख गोली चल्छ। बाटोको छेवैमा रहेको घरमा जान गाडी रोकेर निस्कन लाग्दा ५८ वर्षीय लाल मोहम्मदलाई पछाडीबाट गोली प्रहार भएको थियो। त्यसपछि उनलाई गाडीवरिपरी लखेटी लखेटी सुटरले गोली हाने। हो हल्ला हुन थालेपछि सुटर पेस्तोल छाडेर नजिकै रोकिराखेको मोटरसाइकलमा निस्किएका थिए। सर्लाहीको हरिवन घर भएका ५८ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु हुन्छ। भारतीय नक्कली नोट कारोबारमा विगतमा संलग्न भएको रेकर्डले प्रहरीले भारतीय गुप्तचर संस्था रको योजनामा लाल मोहम्मदको हत्या भएको हुन सक्ने प्रारभ्भिक अनुमान लगाउँछ। त्यही घटनामा सुटरका रुपमा संलग्न भएको आरोपमा आइतबार गुड्डु पटेललाई गोली हानी काठमाडौंबाट नियन्त्रणमा लिएपछि लाल…
काठमाडौं- नेपालीहरु गरिब छन् ? कम्तिमा नेपाली खेलकुदलाई उनिहरुले गरिररहेको समर्थन र पछ्याइरहेको भिडलाई हेर्नु हुन्छ भने तपाई भन्न सक्नु हुन्छ- नेपालीहरु गरिब छैनन्। चाहे मैत्रिपूर्ण खेल नै किन नहोस्, उनिहरु जति पनि पैसा तिर्न तयार भएर खेल हेर्न जान्छन् भन्ने हालै दशरथ रंगशालामा देखिएको दृश्यबाट स्पष्ट हुन्छ। महिलाका राष्ट्रिय टोलीका प्रतिस्पर्धा अनि मैत्रिपूर्ण खेल, दृश्यहरुले भन्छन् नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुस्, दर्शकको बाढि उर्लिन्छ। मैले यहाँ महिलाका प्रतिस्पर्धा भनेर महिला खेलकुदलाई अन्डर स्टिमेट गर्न खोजेको होइन। हामीले विदेशमा भएका महिला टिम गेम्सहरुमा दर्शकको उपस्थिती हेर्यौँ भने नेपालमा देखिने दृश्यले हरेकपटक विदेशीलाई लोभ्याउँछ। बुधबार सम्पन्न चार देश सहभागी आमन्त्रण महिला फुटबलको…
काठमाडौं– शुक्रबार बिहान देशभर भुकम्पले धक्का दिएको छ। निदाइरहेका मानिसहरु ब्यु“झिने गरी भुकम्प गएको थियो। भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड केन्द्र विन्दु बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको हो।क्षतीको विवरण भने आइसकेको छैन। अन्तिमपटक नेपालमा माघ ३० गते जुम्लालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भुकम्प गएको थियो।
काठमाडौं । नेपाली महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा फेरी एकपटक निराशा ब्यहोरेको छ। घरेलु मैदानमा भएको चार देश सहभागी आमन्त्रण प्रतियोगिताको फाइनलमा नेपाल बुधबार म्यानमारसंग २–० गोलले पराजित भयो। दोस्रो हाफमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल ब्यहोरेको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा हालसम्म उपाधि जित्न सकेको छैन। १३ पटक फाइनल पुगेपनि हरेकमा उपविजेतामा सिमित भयो। नेपाली महिला फुटबल टोली सन् २०१० मा पहिलोपटक फाइनल पुगेको थियो।
काठमाडौं– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउदा लागेको झन्डै १८ करोड रुपैया रिण र त्यससग जोडिएर अदालतमा परेका मुद्धाको भारी बोकेर उकुसमुकुस हुुदै हिडिरहेका चर्चित कलाकार सिताराम कट्टेल अर्थात धुर्मुस फेरी अर्को कानुनी झमेलामा परेका छन्। करडौं लगानी गरेर धुर्मुसका भाइ कुमारसहितको टिम जेपिटि प्रोडक्सनले निर्माण गरेको फिल्म लाज शरणममार्फत धुर्मुस आफ्नो जिवनमा परेको विपद्बाट भेन्टिलेसन खोजिरहेका थिए। यो फिल्ममा धुर्मुसको भूमिका निर्माण पक्षले गोप्य राखेको थियो। धुर्मुसमाथी एकातर्फ धुर्मुस सुन्तली फाउन्डेसनले संकलन गरेको चन्दा अपचलन गरेको आरोप लागिरहेको थियो भने अर्कातर्फ उनी सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण जिम्मा लिएर भुक्तानी नगर्दा १८ करोड रुपैया रिणको भारी बोकिरहेका थिए। सार्वजनिक…
काठमाडौं। फोर नेसन्स महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले किर्गिजस्तानलाई १-० गोलले हराएको छ। सोमबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिजस्थानमाथी जित हात पार्न निकै संघर्ष गर्नु पर्यो। नेपालको जितमा विमला चौधरीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो। नेपाल अग्रपंक्तीमा बारम्बार चुक्यो। रेखा पौडेल र दोस्रो हाफमा मैदान छिरेकी सावित्रा भण्डारी फिनिसिङमा कमजोर देखिए। नेपालले आगामी खेलमा लेबनान र म्यानमारसँग खेल्ने छ।
काठमाडौं। भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययन गरिरहेकी २० वर्षीया नेपाली छात्रा मृत भेटिएपछि उक्त कलेजले त्यहाँ अध्ययन गरिरहेका ५ सयभन्दा बढी नेपाली विधार्थीलाई तत्कालै घर फर्कन उर्दी जारी गरेको छ। बि टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृती लम्साल आइतबार साँझ कलेजको होस्टलमा मृत भेटिएकी थिइन्। सोमबार त्यस कलेजमा अध्ययन गरिरहेका नेपाली विधार्थीले कलेजले लापरबाही गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए। त्यसपछी कलेज प्रशासनले तत्कालै होस्टल खाली गर्न नेपाली विधार्थीलाई निर्देशन दिएको थियो। नेपाली विधार्थीहरु हताहतार होस्टलमा रहेका सामानहरु लिएर निस्कन बाध्य भएका थिए। उनिहरुले बस र ट्रेन चढेर त्यो ठाउँ छाडेको भारतिय सन्चार माध्यमहरुले जनाएका छन्। कतिपयले आफुहरुसँग…
काठमाडौं– नेपालमा सोमबारदेखि सुरु हुन लागेको फोर नेसन्स कप वुमन्स फुटबल प्रतियोगिता खेल्न सावित्रा भण्डारी साम्बा स्वदेश फर्किएकी छिन्। फ्रान्समा व्यावशायीक फुटबल खेलिरहेकी साम्बा सोमबार बिहान नेपाल आइपुगेकी हुन्। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा पहिलो दिन किर्गिजस्तानसंग खेल्दै छ। साम्बाले प्रतियोगिता जित्ने विश्वास व्यक्त गरेकी छिन्।
