Author: एनआरएन

काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायधिश नियुक्तीका लागि सिफारिस गरेको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका जनकपुरका मुख्य न्यायधिश श्रीकान्त पौडेल र उच्च अदालत दीपालयका मुख्य न्यायधिश शान्ति सिंह थापा सिफारिस भएका हुन्। चारवटा दरबन्दी खाली भएपनि तीन जनालाई मात्र सिफारिस गरिएको छ। सर्वोच्च अदालतमा प्रधान न्यायधिशसहित २१ जना न्यायधिश रहन्छन्। सिफारिस भएका तीन जना संसदीय सुनुवाईबाट अनुमोदन भएपछि मात्र न्यायधिश नियुक्ती हुनेछन्। सिफारिस भएका तीन जना सर्वोच्च अदालतको न्यायधिश नियुक्त भएपनि यी कोही पनि प्रधान न्यायधिश बन्ने छैनन्।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।

Read More

काठमाडौं। चालु आर्थिक वर्षको सुरुको १० महिनामा रेमिट्ट्यान्स १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ११ खर्ब ९८ अर्ब ६३ करोड रेमिट्ट्यान्स भित्रिएको थियो। गत वर्ष यो अवधिमा रेमिट्टयान्स १६.९ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षमा ४ लाख ५ हजार ६ सय १० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृती लिएको र २ लाख ८० हजार ३ सय १० जनाले पुन श्रम स्विकृती प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष सुरुको १० महिनामा ३ लाख ७३ हजार ३ सय ७ जनाले अन्तिम श्रम स्विकृती र…

Read More

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर तथा उपनिर्देशक रामबाबु महतो कोइरीमाथी झन्डै साढै ४ करोड रुपैयाँ अकुत सम्पत्ती आर्जन गरेको आरोप लागेको छ। कोइरीविरुद्ध सोमबार विशेष अदालतमा मुद्धा दायर भएको छ। कोइरी २०४६ देखि २०७८ सम्म काठमाडौं महानगरपालिकामा थिए। उक्त समयमा उनले गरेको वैध आम्दानी र खर्चका आधारमा झन्डै साढे ४ करोड सम्पत्तीको स्रोत नखुलेको दावी अख्तियारको छ।

Read More

काठमाडौं। नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीमाथी रिण प्रवाह गर्दा घुस लिएको आरोपमा एकै दिन तीनवटा मुद्धा दायर भएको छ। र्‍याडिसन प्रोजेक्टको हकमा १९ लाख घुस लिएको आरोपमा अधिकारीसहित ५ जनालाई प्रतिवादी बनाइएको छ। तनहुँको आबुखैरेनीस्थित अकला देवी ट्रेडर्शलाई धितो राखेर २५ करोड रुपैयाँ रिण दिने प्रयोजनका लागि ५० लाख उक्त घुस लिएको आरोपमा अधिकारीसहित ६ जनालाई प्रतिवादी बनाइएको छ। यस्तै हिमाल तराई कन्स्ट्रक्सनसँग ५लाख रुपैयाँ घुस लिएको आरोपमा अधिकारीसहित २ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा दायर भएको छ।

Read More

काठमाडौ। पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको विजेता बनेको छ। नेपाली समयअनुसार सोमबार बिहान जर्मनीमा सम्पन्न फाइनलम पोर्चुगलले साविक विजेता स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो। पोर्चुगलले सबै ५ प्रहारमा गोल गर्‍यो। सुरुका तीन प्रहार गोलमा परिणत गरेको स्पेनका लागि चौथो प्रहार गरेका मोराटा चुकेका थिए। त्यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। खेलमा दुईपटक पछाडि परेर पनि पोर्चुगल बराबरीमा फर्किएको थियो। स्पेनका मार्टिन जुबिमेन्डी र मिकेल ओयारजबलले गोल गरे। पोर्चुगलका नुनो मेन्डेस र क्रिस्टियानो रोनाल्डोले गोल गरे। पोर्चुगलले यसअघि सन् २०१९ मा आयोजना भएको पहिलो संस्करण जितेको थियो। रोनाल्डोले…

Read More

काठमाडौं। अन्तिम ओभरमा जितका लागि केवल सात रन चाहिएको छ अनि ब्याटिङमा छन् करण केसी। तपाई जितभन्दा बाहेक केही सोच्न सक्नु हुन्छ। सोच्न किन पनि सक्नु हुन्न भने करणका लागि त्यो सजिलो कुरा हो, करण ठुला प्रहार गर्न सक्छन्। स्कटल्यान्ड लगातार दबाबमा आइरहेको थियो, स्कटल्यान्डका बलर निराश हुँदै थिए। अनि त्यो ७ रनले नेपाली क्रिकेटमा अर्को इतिहास रच्ने थियो- नेपाली क्रिकेट प्रेमीदेखि विश्व क्रिकेट भन्ने थियो- नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय २४ रनसम्मको लक्ष्य पुरा गरेको छ भनेर। विपक्षीहरुलाई हरेकपटक टाउको दुख्ने थियो- नेपालले अन्तिम बलसम्म खेल हार्दैन। बलरहरुले पनि खेल जिताउन सक्ने ब्याटिङ गर्छन्। विश्वकप लिग-२ क्रिकेटको आइतबार…

Read More

काठमाडौं- नेपाल टेलिकमको बिलिङ प्रणालीका सम्बन्धमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत भएको नाताले प्रतिवादी कायम भएकी हुन्। नियमविपरीत बिलिङ प्रणालीको थप सम्झौता गरिएको लगायतका काम गर्दै संस्थालाई क्षति पुर्‍याएको आरोप अख्तियारको छ। वर्तमान प्रबन्ध निर्देशक पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध मुद्दा दायर भएको छ उनीहरुविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रूपैयाँ बराबरको बिगो कायम गरिएको छ। अख्तियारले यसअघि नै दिएको निर्देशनविपरीत गएर टेलिकमले एसिया इन्फोसँग वार्षिक मर्मतसम्भार सम्झौता गरेको थियो। प्रतिवादि बनाइएका अन्यमा नेपाल दूरसञ्चार कम्पनी…

Read More

काठमाडौं अवैध आप्रवासीमाथी जिरो टोलेरेन्सको नीति लिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै दिन ३७ जना नेपालीलाई आइतबार घर फर्काउँदैछन्। यति ठुलो संख्यामा नेपालीलाई अमेरिकाले एकैपटक डिपोर्ट गर्न लागेको यो पहिलोपटक हो। अपरान्ह चार्टर्ड फ्लाइटमार्फत उनिहरुलाई काठमाडौं ओरालिँदै छ। चार्टर्ड फ्लाइट बंगलादेशको ढाका हुँदै नेपाल आउने छ। अमेरिकामा रहका यी नेपालीलाई फर्काउने विषयमा ट्रम्प प्रशासनले केही समय अघि नै नेपाल सरकारलाई जानकारि गराएको थियो। नेपालस्थित अमेरिकी दुतावासले परराष्ट्र मन्त्रालयलाई त्यस विषयमा पत्राचार गरेको थियो। सोही अनुसार फर्काउन लागिएका ४८ नेपालीको सूची अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई उपलब्ध गराइएको थियो। तर कागजातको समस्याका कारण ११ जना रोकिएका…

Read More

काठमाडौं। लेमिन यमाल?  स्पेनका १७ वर्षीय विंगर। अहिले विश्व फुटबल हल्लाइरहेका किशोर।  पहिलोपटक बेलोन डीअर र फिफा वर्ष खेलाडी जित्न प्रयाश गरिरहेका फ्रान्सका केलियन एमबाप्पेलाई रुवाईरहेका एक राइजिङ सुपर स्टार। अब हराउन कसलाई बाँकी छ ? अझ भनौँ कोविरुद्ध खेलेको देख्न चाहनु हुन्छ। लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग ? त्यसो हो भने तपाईको रहर पुरा हुने देखिएको छ। एक दशक अन्तर्राष्ट्रिय फुटबलमा राज गरेर करियरको अन्तिम समयमा रहेका मेस्सी र रोनाल्डोसँग सम्भवत् यमालले खेलेको हेर्न पाइँदै छ। मेस्सी र रोनाल्डोको राष्ट्रिय टोलीसँग यमालले कस्तो नतिजा निकाल्नेछन् प्रतिक्षा बनेको छ। यतिबेला एउटा अनुमान गर्न सकिन्छ लेमिन यमालले एमबाप्पेभन्दा अगाडि बेलोन डीअर…

Read More