Author: एनआरएन

काठमाडौं। भक्तपुरको बालकोटमा भाई र बाबुको हत्या गरेको आरोपमा लागेका एक युवकले प्रहरीमा आत्मसमर्पण गरेका छन्। ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रविण बाहिरबाट बन्द गरिएको डेरामा सोमबार मृत भेटिएका थिए। विवेक आचार्यले मंगलबार प्रहरीमा आत्मसमर्पण गरेपछि प्रहरीको प्रारम्भिक अनुमान मिलेको हो। विवेक भाईसँग उक्त डेरामा बस्दै आएका थिए। कुल भने एक साताअघि मात्र छोराहरुलाई भेट्न खोटाङबाट आएको पाइएको छ। अनुसन्धानका क्रममा विवेक आइतबार बिहानको राति स्कुटीमा डेरा कोठाबाट बाहिर निस्किएको देखिएको थियो। बाबु र भाईको हत्यापछि विवेकले आत्महत्या गर्न खोजेपछि प्रयास असफल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार विवेकले प्रारम्भिक रुपमा परिवार सँधै दुखमा भएकाले…

Read More

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा सांसदबाट निलम्बित भएपछि यसले नेपाली राजनीति र कानुनी ब्याख्याको नयाँ बहस सृजना भएको छ। संघीय संसदलेले कास्की प्रहरीको पत्रपछि सोमबार रविलाई निलम्बन गरेको सूचना निकालेको छ। सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ को दफा २७ अनुसार रवि निलम्बित भएको संघीय संसदले जनाएको छ। सम्पत्ती शुद्धिकरण निवारण ऐनको दफा २७ मा प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर मुद्ध दायर भएकामा सो मुद्धाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिवकारी वा राष्ट्र सेवक…

Read More

काठमाडौं। पोखराको सुदर्शन सहकारीको बचत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती, सांसद तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध झन्डै ३० करोड रुपैयाँ बिगो माग गर्दै मुद्धा दायर भएका छन्। कात्तिक २ गते काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की पुर्‍याइएका लामिछानेविरुद्ध सहकारी ठगी र शम्पत्ती शुद्धिकरण अभियोगमा झन्डै ३० करोड रुपैयाँ बिगो मागेर आइतबार कास्की जिल्ला अदालतमा मुद्धा दायर भएको छ। सहकारी ठगीतर्फ एक अर्ब ५१ करोड ४० १९ हजार एक सय ९४ तीन पैसा कुल बिगोमध्ये रवि लामिछानेको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ रहेको दावी गरिएको छ। यस्तै सम्पत्ती शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार…

Read More

काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेटको फाइनलपछि उपाधि विजेतालाई पुरस्कार वितरण गर्न शनिबार त्रिवि क्रिकेट मैदानमा दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचन्ड स्टेजमा पुगेका थिए। विजेता खेलाडीलाई मेडल लगाई दिइरहँदा देउवा र दाहाल बारम्बार कसले लगाउने भने कन्फ्युन्ज देखिन्थे। त्यसो त उनिहरु सँगै भएका तस्विरहरु अहिले सामाजिक सन्जालमा ट्रोल बनिरहेका छन्। त्यसको कारण हो उनिहरुबीच नदेखिएको हार्दिकता। उनिहरु सँगै भएर पनि पानी बाराबारजस्तो हाउबाउमा प्रस्तुत भए। देउवाले प्रचन्डलाई छाडेर केपी शर्मा ओलीसँग सत्ता गठबन्धन गरेपछि उनिहरुबीच तिक्तता झांगिएको अनुमान हुँदै आएको छ। प्रचन्डले सार्वजनिक रुपमै भन्दै पनि आएका छन्। खासमा प्रचन्ड र देउवा पुरस्कार वितरणमा सहभागी हुनु एक्सिडेन्टल…

Read More

काठमाडौं। शनिबार सम्पन्न नेपाल प्रिमियर लिग क्रिकेटमा दुई नेपाली क्रिकेटरले कार र मोटरसाइकल जितेका छन्। सुदुर पश्चिम रोयल्सका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ६० लाख रुपैयाँभन्दा बढी पर्ने कार जितेका छन् भने जनकपुर बोल्ट्सका स्पीनर ललित नारायण राजवंशीले इलेक्ट्रिक मोटरसाइकल पाएका छन्। दुवै खेलाडी राष्ट्रिय टोलीका नियमित सदस्य हुन्। प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडीका रुपमा दीपेन्द्रले कार पाएका छन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट बलरका रुपमा ललितलाई मोटरसाइकल दिइएको छ। प्रतियोगिताको इमर्जिङ खेलाडी १६ वर्षे विपिन शर्मा भएका छन् जसले प्रतियोगितामा १३ विकेट लिएका थिए।

Read More

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो संस्करण जनकपुर बोल्ट्सले जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुर बोल्ट्सले सुदुर पश्चिम रोयल्सलाई ५ विकेटले हराएर एक करोड १० लाख रुपैयाँ उपाधि राशी जित्यो। टस जितेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन जोडेको थियो। सुदुर पश्चिम रोयल्सका सैफ जैबले ६९ र विनोद भण्डारीले ४१ रन बनाएका थिए। जनकपुर बोल्ट्सका किशोर महतो र मोहम्मद मोहसिनले तीन तीन विकेट हात पारे। जेम्स निसम र ललित राजबंशीको नाममा पनि एक एक विकेट रह्यो। जनकपुर बोल्ट्सले ठुलो लक्ष्य विना दबाब पुरा गर्‍यो। केवल ५…

Read More

काठमाडौं। नेपाल प्रिमियर लिगको शनिबार भएको फाइनलअघि तीनवटा कुराहरुमा चासो थियो। उपाधि कस्ले जित्ला, कार कसले पाउला अनि सामाजिक सन्जालदेखि मैदानसम्म झगडा गर्न उत्रिएका समर्थकहरुको व्यवस्थापन कसरी होला ? त्रिवि क्रिकेट मैदानमा झन्डै १५ हजार दर्शकसामु सुदुर पश्चिम रोयल्सलाई हराएर जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगको पहिलो संस्करण जितेको छ। सुदुर पश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ६० लाख रुपैयाँको कार प्राप्त गरेका छन् अनि सोचेभन्दा शान्तिपूर्ण तरिकाले दर्शकले खेल हेरेका छन्। फाइनलसम्म पुग्नेक्रममा सुदुर पश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई दुईपटक हराएको थियो। एकपटक लिग चरणमा र अर्कोपटक क्वालिफायरमा। त्यसैले सुदुर पश्चिम रोयल्सलाई तुलानात्मकरुपमा बलियो उपाधि दावेदार मानिएको थियो। जनकपुर बोल्ट्सका प्रशिक्षक पुबुदु…

Read More

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका विल बोसिस्टोले कीर्तिमानी ६ विकेट लिएपछि मंगलबार कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा बोसिस्टोले ६ विकेट लिएपछि पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा एक सय ३ रनमा अलआउट भएको थियो। पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको पोखराविरुद्ध बोसिस्टोले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए। जारी प्रतियोगितामा कनै पनि बलरले एकै खेलमा यति धेरै विकेट लिएका थिएनन्। पोखरा एभेन्जर्सका आन्द्रेस गौसले २५, रेमन रैफरले २०, दिनेश खरेलले २६ तथा कप्तान कुशल भुर्तेल र विपिन खत्रीले १०/१० रन बनाए। कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा…

Read More

काठमाडौं। नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको घोटाला प्रकरणमा तत्कालिन विभागीय मन्त्री जिवनबहादुर शाहीले सफाई पाएका छन्। विशेष अदालतले बिहीबार फैसला सुनाउँदै निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार, सचिव शंकरप्रसाद अधिकारी र पूर्व सचिव शिशिरकुमार ढुंगाना र सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको छ। उनिहरुलाई जेल सजाय भएको छ।

Read More

काठमाण्डौं। गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गरेको आरोपमा बिहीबार एक जना काठमाडौंबाट पक्राउ परेका छन्। ती व्यक्ती गृहमन्त्री रमेश लेखकको पीए नभएको प्रहरीले जनाएको छ। वैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो ।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।उहाँले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको बताए।त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।नक्कली…

Read More