



Author: एनआरएन
काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा पूर्व विजेता स्पेनले साउदी अरबलाई ४-० गोलले हराएको छ। स्पेनको जितमा मिकेल ओयारजबलले दुई र लेमिन यमालले एक गोल गरे। एक गोल साउदी अरबका खेलाडीबाट आत्मघाती भयो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनको चर्को आलोचना भएको थियो। साउदी अरबविरुद्ध यमालले १० औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। ओयारजबलको पासमा उनले गोल गरेका थिए। त्यसपछिका लगातार दुई गोल ओयारजबल आफैले गरे। उनले २१ र २४ औँ मिनेटमा गरेका थिए। दोस्रो हाफमा साउदी अरबबाट आत्मघाती गोल भएको थियो। स्पेनले यमाल र ओयारजबललाई पहिलो हाफपछि सब्स्टिच्युट गरेको थियो। यो जितपछि स्पेनको २ खेलबाट ४…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा कडाइ गरेको छ । यस्तो सुविधामा राष्ट्र बैंकले सीमा तोक्दै नयाँ मार्गदर्शन जारी गरेको छ । उक्त मार्गदर्शनअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्थाका सीईओको पारिश्रमिक सञ्चालक समितिबाट उपसमिति गठन गरी त्यसको सिफारिसको आधारमा मात्र निर्धारण गर्नु पर्नेछ । वाणिज्य बैंकका सीईओको वार्षिक तलब तथा भत्ता विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको अधिकतम २ प्रतिशत र अघिल्लो आर्थिक वर्षको कुल सम्पत्तिको ०.०१५ प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ । यसअघि सीईओले औसत कर्मचारी खर्चको ५ प्रतिशत…
काठमाडौं। संसदमा झन्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा भइरहेको छ। पार्टी स्थापना भएयता रास्वपाले पहिलोपटक महाधिवेशन गरिरहेको हो। चितवनमा भइरहेको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ। तर सभापतीमा रवि लामिछानेलाई चुनौती दिने कोही छैनन्, कसैले घोषणा गरेको छैन। पार्टी स्थापनादेखि रवि रास्वपा सभापती रहेका छन्। महाधिवेशनमा भोली उमेद्ध्वारी दर्ता र पर्सी मतदानको कार्यसूची रहेको छ। रवि लामिछाने पार्टी स्थापनाकालदेखि रास्वपा सभापती रहेका छन्। यसबीचमा उनी थु नामा रहेका बेला डिप अर्यालले कार्यबहाक सभापतीको जिम्मेवारी सम्हालेका थिए। रास्वपामा सभापति, वरिष्ठ नेता, १ महिलासहित ३ उपसभापति २ महामन्त्री, एक महिलासहित ५ सहमहामन्त्री , १ कोषाध्यक्ष , २…
काठमाडौं। ४ पटकको विजेता जर्मनी जारी विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। आइतबार बिहान आईभरिकोस्टलाई २-१ गोलले हराउँदै जर्मनी १२ वर्षपछि पहिलोपटक समूहगत चरण पार गर्न सफल भएको हो। जर्मनीका दुवै गोल डेनिज उन्दाभले गरे जर्मनीले यो खेल जित्न विजयी गोल इन्जुरी समयको पनि अन्तिमतिर गरेको थियो। २९ वर्षीय स्ट्राइकर उन्दाभले ६८ र इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका हुन्। उनलाई जमाल मुसियालाको स्थानमा मैदान प्रवेश गराइएको थियो। अघिल्लो खेलमा क्युरासाओविरुद्ध पनि उन्दाभले एक गोल र २ असिस्ट गरेका थिए। त्यस खेलमा ६४ औँ मिनेटमा मुसियालाकै स्थानमा मैदान प्रवेश गरेका थिए। आइतबार बिहान भएको खेलमा आईभरिकोस्टले जर्मनीलाई निकै दबाबमा राखेको…
काठमाडौं। मेक्सिकोपछि अर्को घरेलु टोली अमेरिका पनि जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। अस्ट्रेलियालाई २-० गोलले हराउँदै अमेरिका लगातार दोस्रो जितसहित विश्वकपको अन्तिम-३२ पुगेको छ। अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे। अर्को गोल अस्ट्रेलियाका क्यामरुन बर्गेसबाट ११औँ मिनेटमा आत्म घाती गोल भएको थियो। फ्रिम्यानले ४३ औँ मिनेटमा गोल गरेका थिए। यता ब्राजिलले हैटीलाई ३-० गोलले हरायो। ब्राजिलको जितमा म्याथ्युज कुन्हाले २ र भिनिसियस जुनियरले एक गोल गरे। ब्राजिलले तीनवटै गोल पहिलो हाफमा गरकेो थियो। पहिलो खेलमा मोरक्कोसँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलको आलोचना भएको थियो। ब्राजिलले अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ। म्यानचेस्टर युनाइटेडका २७ वर्षे फर्वार्ड कुन्हाले २३…
काठमाडौं। घरेलु टोली मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण पुगेको छ। समूहगत चरणमा लगातार दोस्रो जित हात पार्दै मेक्सिकोले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। मेक्सिकोले शुक्रबार बिहान भएको खेलमा दक्षिण कोरियालाई १-० गोलले हरायो। दक्षिण कोरियाविरुद्ध लुइस रोमोले ५० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूहमा २ खेलपछि मेक्सिको ६, दक्षिण कोरियाको ३ तथा चेक गणतन्त्र र दक्षिण अफ्रिकाको १/१ अंक रहेको छ।
स्पेनलाई बराबरीमा रोकेपछि केप भर्डेका गोलकिपर भोजिन्हा रोए र आमालाई सम्झिएर भक्कानिएको कुरा पछि खोले : भिसा समस्याका कारण मेरी आमाले यहाँ आएर मेरो खेल हेर्न पाइनन्। अमेरिकाले चासो दियो। रोयटर्सका अनुसार ५९ वर्षीया एना क्यान्डिडा इभोरा अमेरिका आएर छोराको खेल हेर्न चाहन्थिन्। तर भिषाका लागि धरौटीलगायतका शर्तहरुले इभोराले आँट्न सक्ने अवस्था भएन। उनी हाउस क्लिनर हुन्। रोयटर्सलाई अमेरिकी प्रशासनले बताएअनुसार इभोराले भिषा अप्लाई नै गरेकी थिइनन्। भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शनपछी उनी यति भाइरल भए की सायद इभोराको अमेरिका आएर छोराको खेल हेर्ने सपना पुरा हुँदे छ। विश्वकपमा अघिल्लोपटक मोरक्कोका खेलाडीरले आफ्नी आमाहरुसँग खेलपछि साँटेको खुसी भाइरल बनेको थियो। उनिहरुले कतारमा…
विश्वकप इतिहासमा क्यानडाले पहिलो जित हात पार्यो, कतारलाई ६-० गोलले हराउँदै। कतार ३३ औँ मिनेटमा १० खेलाडी र ५३ औँ मिनेटमा ९ खेलाडीमा सिमित भएको थियो। क्यानडाका जोनाथन डेभिडले ३ तथा कायल लारिन र नाथन सालिबाले एक एक एक गोल गरे। एक गोल कतारका खेलाडीबाट आत्मघाति भयो। क्यानडाले १६ औँ मिनेटमा अग्रता लिएको थियो। जोनाथनले २९ औँ मिनेटमा व्यक्तिगत खाता खोलेका थिए। उनले पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। जारी प्रतियोगितामा लियोनल मेस्सीपछि उनी ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। जोनाथन युभेट्न्सबाट व्यावशायीक फुटबल खेल्छन्। क्यानडा तेस्रोपटक विश्वकप खेलिरहेको छ। पहिलोपटक सन्…
काठमाडौं। विशेष अदालतले व्यवसायीद्धय दीपक भट्ट र सुलभ अग्रवालाई थुनामा पठाउने आदेश गरेको छ। उनिहरु डिल्लीबजार कारागार चलान भएका छन। उनीहरुलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । भट्ट र अग्रवालमाथिसेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ। भट्ट र अग्रवाल दुवैमाथी जनहीँ २५ अर्ब रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
काठमाडौं। लुकास जिदानले सम्हालेको अल्जेरियाको गोल पोस्टमा बुधबार बिहान लियोनल मेस्सीले तीन गोल गरेपछि यी गोलकिपर जिनेदिन जिदानका आफन्त हुन् की क्या हो भनेर खोजेको ठ्याक्कै छोरा पो रहेछन्। यति महान् खेलाडीका छोराले खेल्न किन अल्जेरिया रोजे होलान् ? लागेर यसो गुगल गर्न थालेको कहानी त रोचक रैच। जिनेदिन जिदान जन्मनुभन्दा अगावै उनको परिवार अल्जेरियाबाट बसाई सरेर फ्रान्स आएको रहेछ। उनले पनि चाहेको भए अल्जेरियाको प्रतिनिधित्व गर्न सक्थे तर फ्रान्सबाटै खेले, विश्वकप जिते, बेलोन डीअर हात पारे। १७ वर्षकै उमेरमा भेट भएकी प्रेमिकासँग पछि विवाह गरे। उनिहरुका चार सन्तानका रुपमा चार जना छोरा भए। जिदानले सन् २००१ देखि ५ वर्ष…