



Author: एनआरएन
काठमाडौं। भारत र नेपालबीचको सिमा विवादमा बेलायतलाई संलग्न गराउनुपर्ने आफ्नो अभिव्यक्तीका कारण प्रधानमन्त्री बालेन्द्र शाह बालेन अप्ठेरोमा परेका छन्। भारतले बालेनको उक्त भनाईको कडा प्रतिवाद गरेको छ। दुई देशबीचको विवादमा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको भारतले स्पष्ट पारेको छ। बालेनले जेठ १७ गते संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै भारतले मिचेको लिपुलेक,लिम्पियाधुरा र कालपानी फिर्ता ल्याउने सम्बन्धमा उक्त जवाफ दिएका थिए। भारतले उक्त भूभागमा कुनै समस्या नरहेको दावी गर्दै आएको छ। पहिलोपटक संसदमा आएर बोलेका प्रधानमन्त्री बालेन यतिबेला विवादमा छन्। उनले संसदमा बोलेको ‘नेपालले पनि भारतको भूभाग मिचेको रहेछ’ अभिव्यक्तीलाई लिएर उनले माफी माग्नु पर्ने भन्दै विपक्षीहरुले संसदमा अवरोध गरिरहेका छन्।
काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोर-आरसिबीले इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको उपाधि जितेको छ। आरसिबीले आइतबार राती भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले हरायो। आरसिबीले पहिला ब्याटिङ गरेको गुजरातलाई एक सय ५५ रनमा सिमित गरेको थियो। आरसिबीले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। आरसिबीका विराट कोहलीले ७५ रन बनाएका थिए। अघिल्लो सिजन पनि आरसिबीले यो प्रतियोगिता जितेको थियो।
काठमाडौं। फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। फाइनलमा शनिबार राती इङ्ल्यान्डको आर्सनललाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै उपाधि रक्षा गर्यो। अघिल्लो सिजन पीएसजीले इतिहासमै पहिलोपटक यो प्रतियोगिता जितेको थियो। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट इएको थियो। छैटौँँ मिनेटमा काई हाभार्ट्जको उत्कृष्ट गोलमा अग्रता लिएको आर्सनलले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल ब्यहोरेको थियो। पीएसजीका डेम्बेलेले गोल गरेका थिए।
काठमाडौं। सरकारले निजि विधालय र निजि अस्पतालमा ३ प्रतिशत अतिरिक्त कर लगाउने भएको छ। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा ३ प्रतिशतका दरले ‘शिक्षा समता शुल्क’ तिर्नुपर्ने भएको छ। निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय, प्राविधिक शिक्षालय लगायत शिक्षा प्रदान निकायलाई यो कर लागु हुने छ। यस्तै ‘स्वास्थ्य समता शुल्क’ लागू गर्दै निजी अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत अतिरिक्त शुल्क लगाउने व्यवस्था गरिएको छ। सरकारले विद्युत् उपभोगमा पनि नयाँ कर व्यवस्था गरेको छ। ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने…
काठमाडौं। बालेन सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु२ खर्ब १८ अर्ब र खेलकुदमा ४ अर्ब बजेट विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरे। सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न १ अर्ब विनियोजन गरेको जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/०८४ देखि एमबिबिएसलगायत चिकित्सा शिक्षाका चार कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म लक्षित छात्रवृत्ति कार्यक्रमका लागि रु ८ अर्ब ६० करोड छुट्याइएको छ । संगीत, कला तथा…
काठमाडौं। आगामी आर्थिक वर्षका लागि बालेन सरकारले ल्याएको अनुमानित बजेटले जागिरेलाई खुसीयाली दिएको छ। सरकारले व्यक्तिगत आयकरतर्फ व्यापक हेरफेर गरेको छ। अब वार्षिक १० लाख रुपैयाँसम्म आय गर्नेले एक प्रतिशत मात्र कर तिर्नुपर्ने छ। यसअघि यो सिमा ६ लाख रुपैयाँ थियो। १० देखि १५ लाखसम्म आय गर्नेले १० प्रतिशत आयकर बुझाउनुपर्ने छ। १५ देखि २५ लाख रुपैयाँसम्म आय गर्नेले २० प्रतिशत कर तिर्नुपर्ने छ। २५ देखि ४० लाख रुपैयाँसम्म आय हुनेले २७ प्रतिशत र त्यसभन्दा जति आय भएपनि २९ प्रतिशत व्यक्तिगत आय कर तिर्नुपर्ने छ। यसअघि ६ देखि ८ लाख रुपैयाँसम्म आय हुनेले १० प्रतिशत, ८ देखि ११ लाखसम्म आय…
काठमाडौं। बालेन सरकारले नयाँ आर्थिक वर्ष २०८३/८४ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गरे। उनले बालेन २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन्। पढ्नुस्, बजेटको पूर्ण पाठ।
काठमाडौं। सरकारले विभिन्न देशका लागि राजदुत नियुक्तीका लागि आवेदन आह्वान गरेको छ। खुला प्रतिस्पर्धाबाट सरकारले राजदुत नियुक्त गर्दै छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूका लागि रिक्त रहने राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (२०७८ र २०७९ मा संशोधित) अनुसार मन्त्रालयले पहिलोपटक विस्तृत कार्यशर्त (TOR) सार्वजनिक गर्दै आवेदन मागेको हो। यो नियुक्ति प्रक्रियाले नेपालको कूटनीतिक प्रतिनिधित्वलाई थप व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउने लक्ष्य राखेको छ। राजदूत पदका लागि आवेदन दिन उम्मेदवारको उमेर कम्तीमा ३५ वर्ष पूरा भएको हुनुपर्नेछ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त…
काठमाडौँ । डिशहोम इन्टरनेटल अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् । डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ । कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो । यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक…
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार चालु आर्थिक वर्षको आर्थिक सर्भेक्षण प्रस्तुत गरेका छन्। के छ आर्थिक सर्भेक्षणमा ?