



Author: एनआरएन
काठमाडौं । टेस्ट मान्यता प्राप्त देशसँग बाइ ल्याटरल सिरिज खेल्ने नेपालको सपना चाँढै पुरा हुने भएको छ। नेपालसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न वेस्ट इन्डिज तयार भएको छ। वेस्ट इन्डिज र नेपालबीच आगामी सेप्टेम्बरमा तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृख्ला हुँदै छ। नेपाल क्रिकेट संघले यसबारे बिहीबार सार्वजनिक गरेको छ। यसको आयोजक नेपाल हुने छ र खेल युएईको शारजाह क्रिकेट मैदानमा हुने छ। नेपाल क्रिकेट संघ-क्यानका अनुसार आगामी सेप्टेम्बर २७,२८ र ३० तारिखमा नेपालले वेस्ट इन्डिजसँग उक्त शृंखला खेल्ने छ। टी-२० विश्वकपको छनोटको पूर्व सन्ध्यामा नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। टी-२० विश्वकपको एसियाली छनोट अक्टोबर १ देखि १७ तारिखसम्म ओमानमा…
काठमाडौं। विश्वलाई लोभ्याउने क्रिकेट फ्यान बेस भएको देश जहाँ एकै घरका दाजुभाई देशको झन्डा बोकेर, नजिकै बस्दै ब्याट्सम्यानको ब्याटबाट फुत्किएको बल समात्न तम्तयार हुन्छन्। रन रोक्दै र रन जोड्दै देशलाई जिताउन आँतुर हुन्छन्। विश्वभर खेल हेरिरहेका लाखौँ दर्शकहरु घरि आसिफ शेखको नाम लिएर चिच्याउँछन् त घरी आरिफ शेखको। दर्शकहरु विर्सि हाल्छन् की उनिहरु दाजुभाई हुन्। अचेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्दा यस्तै दृश्य देखिन्छ। दर्शकहरुलाई थाहा हुन्न की दाजु आरिफलाई पछ्याउँदै भाई आसिफले क्रिकेट खेल्न थालेका हुन्, राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका हुन्। दर्शकलाई थाहा हुँदैन- दाजु आरिफले गरेको संघर्ष- जिवनमा लामो समय भोगेको अप्स एन्ड डाउन। उनी लामो समय…
काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारविरुद्ध भ्रष्टाचारको मुद्धा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतम मुद्धा दायर गरेको छ। सामाखुसी कोरिडोरको ढल निर्माण गर्ने ठेक्कामा कम रकम कबोलेको कम्पनीलाई नदिई बढी रकम कबोल्नेलाई ठेक्का दिएर अनियमितता गरेको आरोप उनिहरुमाथी लगाइएको छ। कम रकम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिई कल्पवृक्षलाई दिएर अनियमितता गरेको अख्तियारको दाबी छ। परियार हाल सूचना विभागको महानिर्देशक थिए। सरकारले परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट झन्डै ८ महिनामै सरुवा गरेको थियो। परियारसहित बोलपत्र मुल्यांकन समितीका पदाधिकारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य,…
काठमाडौं। पहिलो खेलमा स्कटल्यान्डले २ सय ९७ रनको लक्ष्य दियो, लोअर अर्डर ब्याट्सम्यानले नेपाललाई जिताए। दोस्रो खेलमा पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स २ सय २५ रनमा अलआउट भयो, नेपाल ५ विकेटले विजयी भयो। तेस्रो खलमा स्कटल्यान्डले ३ सय २४ रनको लक्ष्य दियो। नेपाली टिम अन्तिमसम्म लड्यो र केवल २ रनले पराजित हुन पुग्यो। मंगलबार राती नेदल्यान्ड्सलाई केवल २ सय ३७ रनको लक्ष्य दिएको थियो। तर बलरहरुले शानदार प्रदर्शन गरे, कुनै समय जित्ने बलियो सम्भावना देखाएको नेदरल्यान्ड्स अन्तत २ सय २० रनमा अलआउट भयो र नेपालले १६ रनको जित हात पार्यो। विश्वकप लिग-२ को स्कटल्यान्डमा भएको शृखलामा गरेको यही प्रदर्शन र निकालेको…
बर्लिन : तपाईले कत्तिको याद गर्नु भयो, आइतबार राती नेसन्स लिगको फाइनलमा पोर्चुगल र स्पेन भिड्न थालेको केही समयमा सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो। मैदानमा उत्रिरहेका ४० वर्षका क्रिस्टियानो रोनाल्डो र १७ वर्षका लेमिन यमाल एउटै फ्रेममा कैद भएको तस्विर थियो त्यो। तस्विरमा रोनाल्डो र यमाल दुई फरक दिशामा गइरहेको जस्तो देखिन्छ। यो तस्विर कतिसम्म अर्थपूर्ण थियो भने स्पेन र पोर्चुगलबीचको यो उपाधि भिडन्तलाई क्लास अफ रोनाल्डो भर्सेस क्लास अफ यमाल भनिएको थियो। करियरको अन्तिम समयतिर रहेका ५ पटकका बेलोन डीअर अवार्ड विजेता रोनाल्डोको क्लास र अनुभव हावी हुन्छ की विश्व फुटबलमा राइजिङ सुपर स्टारको छवि बनाइरहेका यमाल…
नयाँ दिल्ली : विराट कोहलीले किन १८ नम्बरको जर्सी लगाउन थाले त्यसबारे उनीसँग कुनै उत्तर छैन। भारतका लागि यू-१९ राष्ट्रिय टोलीबाट खेल्दा उनलाई १८ नम्बरको जर्सी लगाउन दिइएको रहेछ। उनले कसैलाई पनि यो नम्बरको जर्सी मलाई दिनु पर्यो भनेका रहेनछन्। त्यसयता १८ नम्बरको जर्सीले उनलाई कहिल्यै छाडेन। त्यही जर्सी लगाएर उनले यू-१९ विश्वकप खेले। भारतको सिनियर राष्ट्रिय टोलीमा परेपछि पनि कोहलीले त्यो जर्सी नम्बर छाडेनन्। त्यही जर्सी नम्बर लगाएर उनले सन् २०११ मा एकदिवशीय विश्वकप जिते। त्यसपछि च्याम्पिययन्स ट्रफि। गत वर्ष टी-२० विश्वकप पनि। त्यति मात्र होइन, १८ नम्बरको कनेक्सन उनको लाइफमा पनि देखियो। उनी १८ वर्षका थिए जतिबेला…
मेघालय : मे ११ तारिखमा विवाह गरेको जोडी हनिमुनका लागि ९ दिनपछि बाहिर निस्कन्छ। आफन्तहरुले नवविवाहित जोडीलाई ह्याप्पी जर्नी भन्दै आशिर्वार्द दिन्छन्। नवविवाहित जोडी मख्ख देखिन्छ। तर त्यसरी हिँडेको चार दिनपछि उनिहरु परिवारको सम्पर्कबाहिर पुग्छन्। आफन्तहरु अँत्तालिन्छन्। भारतको मध्य प्रदेशबाट निस्किएको यो जोडी त्यहाँबाट झन्डै २ हजार किलोमिटर दुरीमा रहेको पहाडी क्षेत्रमा पर्ने मेघालय प्रदेशको पर्यटकीय क्षेत्रा घुम्न जाँदा हराएको भन्दै खबर फैलिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले २५ वर्षीया सोनम रघुबंशी र उनका श्रीमान ३० वर्षीय राजा रघुबंशी हराएको विषयलाई प्राथमिकता दिएर कभर गर्छन्। स्थानीयदेखि केन्द्र सरकारसम्म दबाब बढ्छ। यही घटनाको डेभलपमेन्ट र बाहिर आएका तथ्यहरु सुनेर अहिले मानिसहरु भन्दैछन्-…
काठमाडौं। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली प्रहार गरी चार जना भारतीय लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये २ जनालाई गोली लागेको छ। घाइते हुनेमा भारतको वेस्ट बंगालका ४० वर्षीय साशिक आलम र बिहारका २२ वर्षीय मन्जुर आलम रहेका छन्। खुट्टामा मन्जुरलाई दुई र साशिकलाई एक गोली लागेको छ। भारतकै २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दनकुमार जैसवाल पनि पक्राउ परेका छन्। ब्युरो प्रमुख कृष्ण कोइरालाका अनुसार सुन्धारामा दुई जनालाई नियन्त्रणमा लिएर बुझ्दा अन्य दुई जना टोखामा रहेको पाइएको थियो। त्यसपछि टोखामा पुगेर उनिहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई रडले हानेको र त्यसक्रममा गोली प्रहार गर्नु परेको…
काठमाडौं। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायधिश नियुक्तीका लागि सिफारिस गरेको छ। वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका जनकपुरका मुख्य न्यायधिश श्रीकान्त पौडेल र उच्च अदालत दीपालयका मुख्य न्यायधिश शान्ति सिंह थापा सिफारिस भएका हुन्। चारवटा दरबन्दी खाली भएपनि तीन जनालाई मात्र सिफारिस गरिएको छ। सर्वोच्च अदालतमा प्रधान न्यायधिशसहित २१ जना न्यायधिश रहन्छन्। सिफारिस भएका तीन जना संसदीय सुनुवाईबाट अनुमोदन भएपछि मात्र न्यायधिश नियुक्ती हुनेछन्। सिफारिस भएका तीन जना सर्वोच्च अदालतको न्यायधिश नियुक्त भएपनि यी कोही पनि प्रधान न्यायधिश बन्ने छैनन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।