Author: एनआरएन

काठमाडौं। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई चितवन पुर्‍याइएको छ। चितवनमा दर्ता भएको जाहेरीमाथी अनुसन्धानका लागि रविलाई चितवन लगिएको छ। रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनलाई कास्की प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रास्वपा पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि कास्की प्रहरी पुर्‍याइएका रविलाई अनुसन्धानका लागि रुपन्देही र काठमाडौं पनि ल्याइएको थियो।

Read More

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेटमा बेटिङ गराएको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। उनिहरुलाई त्रिवि क्रिकेट मैदानबाटै नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ। एनपीएलम बेटिङ र म्याच फिक्सिङलाई नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले नै विभिन्न युनिटका प्रहरीहरु परिचालन गरेको छ। एनपीएल मंसिर १५ गतेदेखि सुरु भएको हो।

Read More

पेसावर, पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ । विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबिच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ । पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठुलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् । नोभेम्बर २१ देखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने…

Read More

काठमाडौँ, मङ्सिर १७। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ ।नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अध्ययन गर्दा विधवा, सम्बन्धविच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल…

Read More

बेइजिङ (चीन), मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ आइपुग्नु भएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ । भ्रमणका…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईको मासिक तलब १०० प्रतिशतभन्दा बढीले बढाएर दुई हजार अमेरिकी डलर पुर्‍याएको छ । यससँगै उनको मासिक तलब अब २ लाख ६८ हजार रुपैयाँ पुगेको छ, पछिल्लो डलर सटही दरअनुसार । एन्फा महासचिवले यसअघि एक लाख २० हजार रुपैयाँ मासिक तलब पाउँदै आएका थिए । एन्फा कार्यसमितिले नियुक्त र मनोनीत ८ पदाधिकारीले मासिक तलब पाउँछन् । एन्फामा महासचिव, कोषाध्यक्ष र सीईओ नियुक्त गरिन्छन् भने तीन सहमहासचिव र सह-कोषाध्यक्ष मनोनीत गरिन्छ । यसरी नियुक्त तथा मनोनीत गरिएकाहरुसँग भोटिङ राइट्स भने हुँदैन । तीन जना सहमहासचिवले जनही मासिक ७५ हजार रुपैयाँ तलब पाउँछन्…

Read More

बझाङ, मङ्सिर १७ गते । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धीरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ । सो गाउँपालिकाका वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका पुजाराले ६५७ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी, उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)का उम्मेदवार लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गर्नुभएको छ ।

Read More