


Author: एनआरएन
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्तिनेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष,…
काठमाडौं। विश्वकप लिग-२ मा नेपालले ८ औँ जित हात पारेको छ। घरेलु मैदानमा भइरहेको शृंखलाअन्तर्गत शुक्रबार नेपालले यूएईमाथी ६ रनको जित हात पार्यो। पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन जोडेको थियो। दीपेन्द्रसिंह ऐरीले एक सय रन जोडे। विनोद भण्डारीले ४६ र गुल्सन झाले ४४ रन जोडे। यस्तै रोहित पौडेलले पनि ३९ रन जोडे। यूएईले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो। त्यसपछि १४६-२ को स्थितीमा रहेको यूएई एकाएक १६८-६ स्थितीमा पुगेको थियो। त्यसपछि यूएईले सातौँ विकेटका लागि ७६ रनको साझेदारी गर्यो। आठौँ नम्बरमा ब्याटिङमा आएका खुजैमा तनविरले ४९ रन जोडे। यूएईलाई…
काठमाडौं। नेपाल उधोग व्यवशायी महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। हिमालयन रि इन्सुरेन्सको पैसा अवैध रुपमा शेयर खरिदमा लगेको प्रकरणमा गोल्छा पक्राउ परेका हुन्। उनी उक्त इन्सुरेन्सका तत्कालिन अध्यक्ष हुन्। दीपक भट्टले इन्सुरेन्सको रकम लगेर दोस्रो बजारको शेयर खरिदमा लगाएको खुलेपछि अध्यक्षका हैसियतमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गोल्छालाई पक्राउ गरेको हो। शेखर, गोल्छा समूहका अध्यक्ष पनि हुन्।
काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजिनामा दिएका छन्। विचौलिया कनेक्सन र सम्पत्ती स्रोत विवादलाई लिएर उनले राजिनामा दिएको घोषणा गरेका छन्। यसअघि श्रीमती नियुक्ती विवादमा बालेन सरकारका श्रम मन्त्री दीपककुमार शाहलाई जिम्मेवारीबाट पार्टीले फिर्ता बोलाइएको थियो। सुदनले भने पार्टीले कुनै निर्णय लिनु अघि नै आफै राजिनामा दिएका हुन्। जेनजी आन्दो लनपछि रातारात राजनीतिक दृश्यमा देखिएका सुदनले त्यसपछि जेनजी नेताका रुपमा सेनादेखि अन्तरिम सरकार गठनमा समन्वय गरेका थिए। प्रतिनिधि सभाको पूर्व सन्ध्यामा उनको समन्वयमा बालेन समूह र रास्वपाबीच एकता भएको थियो। अन्तिम समयमा उनी आफैपनि रास्वपा प्रवेश गरेर गोरखाबाट चुनाव उठेका थिए। सहजै चुनाव जितेका गुरुङ बालेन सरकारमा गृह मन्त्री बने।…
काठमाडौं। नेपालले यूएईसँगको २ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला बराबरी गरेको छ। दोस्रो खेलमा ८ विकेटको जित हात पार्दै नेपालले शृंखला बराबरी गरेको हो। यसअघि वर्षाले प्रभावित पहिलो खेल नेपालले ६ विकेटले हारेको थियो। मंगलबार साँझ त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै यूएईलाई एक सय २८ रनमा सिमित गरेको थियो। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ६ रन खर्चिएर ३ विकेट लिए। नेपालले २५ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। नेपालको जितमा कुशल भुर्तेल एक्लैले ८४ रन जोडे। उनले ५७ बलमा २ छक्का र १२ चौका प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले २३ र कुशल मल्लले १९ रन जोडे।…
काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक-एसएसपी कमल थापाको रचनामा एक साताको अन्तरमा दुईवटा गित सार्वजनिक भएका छन्। ‘पहाड की रानी’ बोलको गित गत साता सार्वजनिक भएको थियो। KASS Music युट्युब च्यानलबाट केही दिनअघि उक्त गित अपलोड गरिएको थियो। गितमा पूर्वी पहाडी जिल्ला इलामको सुन्दरता सुन्दर तरिकाले वर्णन गरिएको छ। गितमा नेपाल आईडल विजेता करण परियारको स्वर रहेको छ। संगित संयोजन ताराप्रकाश लिम्बुले गरेका छन्। त्यसको एक साता अघि मात्र समिर खरेलको स्वर रहेको ‘पछ्यौरी’ बोलको गित पनि सोही युट्युब च्यानलबाट सार्वजनिक भएको थियो। एसएसपी थापाले संगित आफ्नो रुचीको विषय भएकाले फुर्सदका समयमा गरिएका सृजनाहरुलाई बाहिर ल्याएको बताए। ‘दर्शक स्रोताहरुको राम्रो प्रतिक्रिया…
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिए। छलफलका क्रममा उपकुलतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताए। प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे। उहाँले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा…
काठमाडौं। चालु आर्थिक वर्षको सुरुको ९ महिनामा नेपालको वैदेशिक ब्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ। भन्सार विभागले चैतसम्मको तथ्यांक सार्वजनिक गरेको छ। चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको थियो। ९ महिनामा कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ। त्यसमा २ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ। यस्तै, सवारी…
काठमाडौं। नेपालले त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेलमा हार ब्यहोरेको छ। यूएईसँगको दुई खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा सोमबार नेपाली टोली ६ विकेटले पराजित भयो। यूएईले डीएल मेथडमा १० ओभरमा ७८ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। यूएईले ७ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। कप्तान मुहम्मद वासिम एक्लैले १५ बलमा ३३ रन जोडे। एलिसन सराफुले १८ र अक्सदिप नाथले १७ रन बनाए। नेपालका सन्दीप लामिछानेले २ओभरमा ८ रन खर्चिएर ३ विकेट हात पारे। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८.१५ ओभरमा ८ विकेट गुमाएर एक सय २२ रन जोडेको अवस्थामा भारी वर्षा सुरु भएको थियो। त्यसपछि सुरु भएको खेलमा डीएल…
काठमाडौं। यतिबेला गृहमन्त्री सुदन गुरुङ चर्को विवादमा छन्। सम्पत्ती शुद्धिकरणको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका चर्चित विचौलिया/व्यवशायी दीपक भट्टसँग एउटै कम्पनीमा जोडिएको देखेपछि यतिबेला गुरुङले राजिनामा दिनुपर्ने वा उनलाई रास्वपाले सरकारबाट फिर्ता बोलाउनुपर्ने माग उठि रहेको छ। नेपाली कांग्रेसलगायतले छानबिन हुनुपर्ने माग सार्वजनिक गरिरहेका छन्। मन्त्री हुनुभन्दा केही दिन अघि मात्र गुरुङले झन्डै ५० लाख रुपैयाँ बराबरको सेयर किनेको र दोस्रो बजारमा उनको त्यो पहिलो कारोबार रहेको भन्दै उनको टिप्पणी भइरहेको छ। यसअघि पनि उनको सम्पत्ती अस्वभाविक देखिएको भन्दै छानबिन हुनुपर्ने माग उठिरहेको थियो। गृहमन्त्रीका रुपमा उनले सम्पत्ती विवरण सार्वजनिक गरेपछि त्यसको स्रोतलाई लिएर आशंका भइरहेको छ। यसैबीच गृहमन्त्री गुरुङले…