Author: एनआरएन

काठमाडौं। ग्वार्को फ्लाई ओभर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। असार १ गतेदेखि यसलाई सन्चालनमा ल्याउने सरकारको तयारी छ। फ्लाई ओभर पुल र त्यसलाई जोड्ने दुईवटा अप्रोच रोड निर्माण सम्पन्न हुन लागेको हो। फ्लाई ओभरबाट कोटेश्वरतर्फको ३ सय २० मिटर लामो अप्रोच सडक तयार भइसकेको छ भने सातदोबाटोतर्फको एक सय ८० मिटर अप्रोच सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ। ग्वार्कोमा हुने जामलाई कम गर्न सरकारले फ्लाई ओभर बनाउने निर्णय गरेको थियो। २०७८ फागुनमा ठेक्का लागेको यो निर्माण २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने समयसिमा थियो। तर विविध कारणले तीन वर्षभन्दा बढी समयपछि मात्र तयार हुन लागेको हो।

Read More

म्याड्रिड : फ्रान्सलाई ५-४ गोलले हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा पुगेको छ। केलियन एमबाप्पेसहितको फ्रान्सविरुद्ध स्पेनका लेमिन यमालले २, पेड्रि, विलियम्स र मेरिनोले एक एक गोल गरे। खेलमा ५-१ गोलले पछाडि रहेको अवस्थामा फ्रान्सले तीन गोल फर्काएपनि हार टार्न सकेन। फ्रान्सका केलियन एमबाप्पे, चर्की र कोलो मुआनीले एक एक गोल गरे। एक गोल आत्मघाती उपहार पाएको थियो। स्पेनले उपाधिका लागि पोर्चुगलको सामना गर्ने छ। एमबाप्पेसहितको टोली यमालसहितको टोलिसँग लगातार पाचौँ खेलमा पराजित भएको हो। एमबाप्पेले यमालको टोलीसँग खेलमा ७ खेलमा हालसम्म एक जित र ६ हारको नतिजा निकालेका छन्। यमाल बार्सिलोना र एमबाप्पे रियल म्याड्रिडबाट क्लब फुटबल खेल्छन्। यसै सिजनको…

Read More

काठमाडौं। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ। चर्चित योग गुरु रामदेवको पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र त्यसरी खरिद भएको जग्गा हाउजिङ कम्पनीलाई विक्री गर्न तत्कालिन नेपाल नेतृत्वको सरकारले निर्णय गरेको अख्तियारको दावी छ। दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपासहितका ठाउँमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले काष्ठमण्डप हाउजिङ…

Read More

काठमाडौं। पहिला ब्याटिङ गरेको टिमलाई २ सय २५ रनमा अलआउट गर्नु। त्यसपछि चौथो विकेटका लागि ५५ अनि पाचौँ विकेटका लागि ८९ रनको साझेदारी गर्नु। विजयी रनका रुपमा सातौँ नम्बरमा आएका ब्याटरले छक्का प्रहार गरेर स्टाइलमा खेल जित्नु। यतिबेला नेपाली क्रिकेटले एसोसियट क्रिकेटलाई भन्दै छ- हामी कमजोर भएका थिएनौँ बस अर्को सुन्दर यात्राका लागि केही पूर्व तयारीमा थियौँ। नेपालको कुरा किन कन्भिन्सिङ लागिरहेको छ भने स्कटल्यान्डपछि अर्को बलियो टोली नेदरल्यान्ड्समाथी नेपाली टोलीले शानदार जित हात पारेको छ। गाईगुई सुरु भएको छ- नेपाली क्रिकेटमा स्टूवार्ट लको एरा सुरु भएको छ। स्टुवार्ट एरा सुरु भयो भन्ने कुरा पनि कन्भिन्सिङ लागिरहेको छ। नेपाली…

Read More

काठमाडौं। अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५ जना भारतीय पनि छन्। भारतीयकै योजनामा गिरोहले अनलाइन जुवा खेलाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए। ह्वाट्सएप र टेलिग्रामबाट ग्राहकलाई सम्पर्कमा ल्याएर उनिहरुले जुवा खेलाउने गरेको थिए। ललितपुरको जैनखेल भ्युटावरस्थित घर र नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर उनिहरुले जुवा खेलाउने गरेको प्रहरीको दावी छ। एसएसपी बस्नेतका अनुसार गिरोहले हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। पक्राउ परेका व्यक्ति र उनिहरु बसिरहेको ठाउँबाट प्रहरीले १४ वटा ल्यापटप, ६० वटा विभिन्न…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले पाण्डेलाई निलम्बन गरेका हुन् । उनी बढीमा ६ महिन निलम्बित हुनेछन्। पाण्डेमाथी अनुशासनहिन गतिविधि गरेको आरोप लगाइएको छ। गुरागाईलाई कार्यालय हाजिर गराउन खोज्दा पाण्डे नेतृत्वको महानगर प्रहरीले अवरोध गरेको थियो। बालेन काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाण्डे उनको प्रमुख सहयोगीका रुपमा देखिएका थिए। काठमाडौं महानगरपालिकामा पछिल्लो समय बालेन र उपमेयर सुनिता डंगोल नेतृत्वको समूहबीच तनाव बढिरहेको छ।

Read More

काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोर-आरसिबी पहिलोपटक इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट प्रतियोगिताको विजेता बनेको छ। मंगलबार राती भएको फाइनलमा आरसिबीले पन्जाब किङ्सलाई ६ विकेटले हरायो। एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन जोड्यो। पन्जाबका सशांक सिंहले ३० बलमा ६१ रन बनाएपनि जित दिलाउन सकेनन्। कप्तान श्रेयस अय्यर १, जोस इङ्लिस ३९, प्रभसिमरन सिंहले २६ र प्रियांश आर्याले २४ रन जोडे। आरसिबीका क्रुनाल पान्ड्याले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट हात पारे। भुवनेश्वर कुमारले पनि २ विकेट लिए। यस दयालले ३ ओभरमा १८ रन खर्चिएर एक विकेट हात पारे। त्यसअघि बैंगलोरको इनिङ्समा…

Read More

काठमाडौ । काठमाडौँको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि विहान ३ बजेसम्म भित्रिँदा भित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले भने, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’ उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो…

Read More

काठमाडौं। करण केसी पछाडि हेर्दै दौडिरहेका थिए। रिजन ढकाल विपक्षीले स्टम्पमा बलले हिर्काउनु अघि लाइन क्रस गर्ने प्रयाश गर्दै थिए। करणलाई आफुभन्दा बढी मतलब रिजनको थियो-किनभने बल त्यतैतिर स्टम्प नजिकै छाडेर उनी रन लिन दौडिएका थिए। रिजनले लाइन क्रस नगर्दै स्कटल्यान्डका खेलाडीले सेलिब्रेट गर्न थाले। रिजन निराश देखिन्थे। यता करन पनि निराश थिए। तर सिन एकाएक फेरियो। अचानक अम्पायले वाइडको इसारा गरे। त्यो देखेर करण फनक्क फर्किएर रिजनतर्फ सेलिब्रेड मुडमा दौडिन खोजे। सुरुमा रिजनलले पत्याएनन् तर जब अम्पायरलाई देखे- सेलिब्रेट गरिरहेका स्कटल्यान्ड खेलाडीलाई पनि इशारा गर्दै अम्पायरलाई हेर्न भनेँ। त्यसपछि के भयो थाहा छ। करिब ६ सय नेपाली दर्शक मैदानभित्र…

Read More

काठमाडौं । सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र सम्वादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्वन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन्। कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयक, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारकातर्फबाट कार्यदलमा छन्। त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय…

Read More