



Author: एनआरएन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा फैसला नहुँदासम्म जेलमै रहने भएका छन्।सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुल्सीपुरको आदेशलाई सदर गरेको छ। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आधारहरु उल्लेख गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश ठिक भएको ठहर गरेको छ।लामिछानेमाथी सहकारी ठगि मुद्धामा कास्की, काठमाडौं,चितवन र रुपन्देही जिल्ला अदालतमा आरोप पत्र दायर छ। यी चारवटै जिल्लाले उनलाई धरौटीमा छाड्ने थुनछेक आदेश गरेका थिए। रुपन्देही जिल्ला अदालतको हकमा उच्च अदालत तुल्सीपुरले थुनछेक आदेश उल्ट्याएको थियो। सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध अदालतमा मुद्धा विचाराधिन छ।
नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएर बुधबार साँझ स्वदेश फर्कियो। त्रिभुवन विमानस्थलमा ओर्लिएर, बाहिर निस्कनुभन्दा केही मिनेट अगाडि हतारिँदै त्यहाँ पुगेकी थिइन् सिता रानामगर। उनी नेपाली टिमलाई स्वागत गर्न र खुसी साँट्न किन आँतुर देखिन्थिइन् भने त्यसपछिको दृश्यबाट प्रष्ट हुन्थ्यो। बाहिर निस्कँदा सबैभन्दा अगाडि थिइन् कप्तान इन्दु बर्मा र त्यसपछि उपकप्तान पुजा महतो। क्रमश सबै खेलाडीलाई अंकमाल गर्दै स्वागत गरिन्। तर दृश्य तब भावुक बन्यो जब अन्तिमतिर रहेकी पूर्व कप्तान रुबिना क्षेत्री सिताको अगाडि आईपुगिन्। सिता अंगालो हालेर रुन थालिन्। रुबिनाले सितलाई सुमसुम्याउँदै केहि भनिरहेको देखिन्थिन्। रुबिना हाँसिरहेकी थिइन् जसमा खुसी र सफलता छछल्किरहेको थियो। नेपाली महिला…
काठमाडौं। मानव तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख नै संलग्न रहेको भन्दै अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले सहसचिवसमेत रहेका तिर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएको थियो। भट्टराईको मोबाइल नियन्त्रणमा लिएर उनलाई हाजिरी जमानीमा राखिएको अख्तियारले जनाएको छ। भिजिट भिषामा जानेलाई सेटिङमा पठाएको आरोप भट्टराईमाथी छ। यसअघि पनि भिजिट भिषामा सेटिङ गरेको आरोपमा विमानस्थल अध्यागमन कार्यालयका अधिकारी, एयरलाइन्सका कर्मचारी र गिरोह पक्राउ पर्ने गरेका थिए।
काठमाडौं। बल्लबल्ल रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ। बन्दी प्रत्यक्षीकरणको रिट र उच्च अदालत तुल्सीपुरको आदेशलाई एकै ठाउँमा राखेर मंगलबारदेखि सुनुवाई सुरु भएको छ। अब बढीमा केही दिनभित्र आदेश आउने छ। बल्लबल्ल किन भनेको भने रवि लामिछाने जति सक्दो चाँडो सुनुवाई होस् र आदेश आओस् भन्ने चाहन्थे। रवि लामिछाने किन हतारिएका छन् ? चारवटा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि सायद रवि लामिछाने कम्तिमा फैसला हुँदासम्म आफु बाहिरै रहने अपेक्षामा थिए। कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँसम्म धरौटी माग्ने आदेश गरेका थिए। तर चैत २२ गते उच्च अदालत तुल्सीपुरले रवि लामिछानेलाई थुनामा पठाउने…
काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन्। बुधबारको बढुवा समिती बैठकले शाहलाई बढुवाका लागि सिफारिस गरेका हुन्। उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएको टोलीबाट एआईजीमा बढुवा सिफारिस हुने पहिलो अधिकृत हुन्। यसअघि शाहको टोलीलाई पछि पार्दै उनीभन्दा झन्डै एक वर्षपछि भर्ना भएको टोलीलाई एआईजीमा बढुवा गरिएको थियो। यता मंगलबार नै ११ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ। २०५६ सालमा प्रहरी निरिक्षक बनेको टोलीले यसपटक डीआईजी बन्न प्रयाश गरेपनि गृह मन्त्रालयले अघिल्लो ब्याचका टोलीलाई मात्र सिफारिस गरेको छ।
काठमाडौं। देशलाई चाहिएको सबैभन्दा राम्रो व्यक्ती गभर्नर सिफारिस गर्नु है भनेर जिम्मा पाएका व्यक्ति थिए डा. विश्व पौडेल। अर्थ शास्त्रीका रुपमा उनलाई गभर्नर सिफारिस समितीमा राखिएको थियो। तर गभर्नर नियुक्तीमा यति ठुलो राजनीति भयो की त्यसरी जिम्मा पाएका पौडेल आफै गभर्नर बन्न तम्सिए। तम्सिए मात्र होइन, सरकारले पौडेललाई मंगलबार नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त गरेको छ। । अब उनै पौडेलले हस्ताक्षर गरेको पैसा हामिले चलाउने छौँ। पौडेल कस्ता मान्छे हुन् र उनको भूमिका के हुने छ भन्नेबारे केहीबेरपछि कुरा गरौँ। त्यसअघि गभर्नरमा पौडैलको रोचक यात्राबारे बुझौँ। तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिँदै थियो। बहालवाल अर्थात…
काठमाडौं। आईसिसी टी-२० महिला विश्वकपको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। घरेलु मैदानमा मंगलबार भएको खेलमा थाइल्यान्डले पहिला ब्याटिङ गर्दै २ विकेट गुमाएर एक सय ५८ रन जोडेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र जोड्यो। नेपालकी कविता कुँवर सर्वाधिक २४ रन जोडेर रनआउट भइन्। राजमती ऐरीले १९ र रुबिना क्षेत्रीले १२ रन बनाए। सम्झना खड्का ९, रुवि पोदार ४ र इन्दु बर्माले ७ रन बनाए। पुजा महतो, रोमा थापा, इश्वरी विष्ट र रिया शर्माले खाता खोल्न सकेनन्। थाइल्यान्डकी ओन्निचा कम्पचोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्। उनले चार ओभरमा केवल ११…
काठमाडौं। चीनबाट सामान लिएर काठमाडौं आउँदै गरेको कन्टेनरभित्र साढे ७ केजी सुन भेटिएको छ। रसुवा प्रहरीले रसुवागढीमा बा ४ ख ६२०१ नम्बरको डब्बा कन्टेनरबाट ७ केजी ६ सय ५३ ग्राम सुन बरामद गरेको हो। चालक बस्ने क्याबिनको ढोका नजिकै फल्स बटन बनाएर सुन लुकाएर ल्याइएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक २४ वर्षीय किशोर कुमार भुजेललाई पक्राउ गरेको छ। उनी गोसाईकुन्ड गाउँपालिका-५ स्याफ्रुका स्थानीय हुन्। प्रहरीले बरामद सुनसहित चालक र कन्टेनरलाई भन्सार कार्यालय टिमेर बुझाएको छ।
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्ष्यित गर्दै सामाजिक सन्जालमा अर्को स्टाटस लेखेका छन्। गणतन्त्र मुल समारोह समिती गठनका लागि बोलाइएको बैठकमा आफु अनुपस्थित हुनाको कारण उल्लेख गर्दै ओलीलाई भष्ट्र सिस्टमको नेतृत्व गरेको उल्लेख गरेका छन्। सोमबार साँझ बालेनले फेसबुकमा लेखेका छन्- जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ,त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’ त्यसपछि उनी अगाडि थप्छन्- सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिस्टम सोमबारको बैठकमा बालेन नआएपछि प्रधानमन्त्री रिसाएको समाचारहरु बाहिर आएका छन्। यही पृष्ठभूमीमा बालेनले उक्त स्टाटस लेखेको हुन सक्ने…
काठमाडौं। सन् २०१० मा लगातार दोस्रोपटक एसिसी यू-१९ क्रिकेट प्रतियोगिता जितेर फर्कँदा नेपाली टोलीमा रहेकी इन्दु बर्मा केवल १३ वर्षकी थिइन्। तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा सानै उमेरमा सफलता हात पारेको भन्दै इन्दुलाई इंगित गरेरै प्रसंसा गरेका थिए। यो त्यस्तो समय थियो जतिबेला नेपाली महिला क्रिकेटबाट खुबै आशा गरिएको थियो। सन् २००७ मा पहिलोपटक नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एसिसि महिला ट्रफीको फाइनलसम्म यात्रा तय गरेको थियो। फाइनलमा बंगलादेशसँग हारेको थियो। अर्को वर्ष एसिसी यू-१९ क्रिकेटको उपाधि जित्यो। यही बढ्दो आशाबीच नेपाली क्रिकेटमा उदाएकी थिइन् इन्दु बर्मा। सन् २०१२ मा पनि नेपालले एसिसी यू-१९ महिला क्रिकेटको…