Author: एनआरएन

काठमाडौं। नेपाल पुलिस क्लबले बहुदिवशीय जय ट्रफी क्रिकेटको उपाधि जितेको छ। फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीबार एक सय ३ रनको लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लब ७४ रनमा अलआउट भयो। आर्मीविरुद्ध पुलिसका सागर ढकालले ६ र ललितनारायण राजबंशीले ४ विकेट लिए। आर्मीका इमरान शेखले २८ तथा विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंक छुन सकेनन्। तृतराज दास २, भीम सार्की ५, बासिर अहमद ७ र विवेक यादब ८ रन जोडेर आउट भए। सुमित श्रेष्ठ र सन्तोष कार्कीले खाता खोल्न सकेनन्। पुलिसले ललित र सागरलाई मात्र बलिङमा लगातार उतारेको थियो। त्यसअघि साहब आलम र बासिर अहमदले…

Read More

काठमाडौं। गैह्र आवाशीय नेपाली नागरिकता प्राप्त व्यक्तीले अब १० वर्षसम्मको भिषा निशुल्क पाउने भएको छ। नेपाल सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था गरेको हो। गैह्र आवाशीय नेपाली सम्बन्धी ऐन २०६४ को केही व्यवस्थालाई अध्यादेशमार्फत संसोधन गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले जारी गरेको ‘शुसासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८१’ पुस २९ गते राजपत्रमा प्रकाशित भएको छ। यो व्यवस्थाले नेपालमा बसोबास गर्ने गैह्र आवासीय नेपाली नागरिकता प्राप्त व्यक्ती वा परिचय प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिषा निशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। यस्तै गैह्र आवासीय नेपाली नागरिकता प्राप्त…

Read More

काठमाडौं। सहकारी ठगी सम्बन्धी मुद्धाको थुनछेकमा काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा सभापती रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। माधव अधिकारीको एकल इजलासले बुधबार रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। यसअघि कास्की जिल्ला अदालतले पनि रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। रविविरुद्ध चितवन, रुपन्देही र पर्सामा पनि सहकारी ठगीको अनुसन्धान भएको थियो। अदालतमा अभियोग पत्र दायरा भएमा ती जिल्लाका अदालतमा पनि उनी उपस्थित हुनेछन्।

Read More

काठमाडौं– सहकारी ठगि प्रकरणमा काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धामा यतिबेला प्रतिवादी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको थुनछेक बहस भइरहेको छ। उनी आइतबार अदालत हाजिर भएका थिए। पहिलो दिन बयान मात्र सकिएको थियो।सोमबारदेखि बहस सुरु भयो। बहसको पहिलो दिन जाहेरवालातर्फबाट १० जना सरकारी वकिल र २ जना निजि वकिलले बहस गरे। हामीले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरी शर्मा काफ्लेलाई सोधेका छौँ– वकिलको यति लामो लाइन किन लाग्यो ?

Read More

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुख्खा पाइप लाइन ड्राइराइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई वेटराइजर भनिन्छ ।ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बिचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिन्छ । दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा…

Read More

काठमाडौं– कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले न्याय पाएजसरी बाहिर आएर खुसी व्यक्त गरेका थिए। रास्वपा कार्यकर्ता र समर्थकले पनि निर्दोष भए जसरी खुसी साँटेका थिए। अदालतले गरेको आदेशबारे हामीले चर्चित अधिवक्ता सरोजकृष्ण घिमिरेसँग कुराकानी गरेका छौँ।

Read More

काठमाडौं– काठमाडौ‌ जिल्ला अदालतमा दर्ता रहेको सहकारी ठगि सम्बन्धी मुद्धाका लागि आइतबार हाजिर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने फेरी प्रहरी हिरासत पुगेका छन्। बयान मात्र सकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको हो। सोमबार थुनछेक बहस हुने छ। बहसपछि अदालतले लामिछानेलाई साधारण तारेखमा छाड्ने की, धरौटीमा छाड्ने वा थुनामा पठाउनेमध्ये एक आदेश गर्ने छ।

Read More

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रदेश सरकारको अनुभुती हुन नसकेको बताएका छन्। बागमती प्रदेश सरकारका मुख्य सचिव हरिप्रसाद लम्सालसँगको भेटमा उनले भने, ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ बालेनले अगाडि थपे, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने…

Read More

काठमाडौं– जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। सुर्यदर्शन सहकारीको बचत अपचलनमा पक्राउ परेका रवि लामिछानेलाई अदालतले ६५ लाख रुपैया धरौटीमा छाड्न आदेश गरेको हो। रविले यो रकम बुझाएपनि उनी तत्काल छुट्ने छैनन्। अन्य जिल्लामा पनि मुद्धा विचाराधिन भएकाले अब त्यहाको थुनछेकका लागि उनलाई लगिने छ। पर्सा, चितवन,रुपन्देही र काठमाडौंमा पनि उनीविरुद्ध मुद्धा छ। रविलाइ प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो।

Read More

काठमाडौ– सर्वेन्द्र खनाल सहभागी पछिल्ला कार्यक्रमहरु त्यहाँ उनले बोल्ने विषयहरु सुन्दा सर्वेन्द्रले आफुलाई सामाजिक अभियन्ताका रुपमा अगाडि सारिरहेको अनुमान लगाउन सकिन्थ्यो। दुई वर्षअघि औपचारिक रुपमा एमाले प्रवेश गरेका नेपाल पुलिसका पूर्व प्रमुख अनि सेलिब्रेटी अफिसर खनाल त्यसरी बोलिरहेका थिएनन् जसरी एउटा जिम्मेवार पार्टीको जिम्मेवार नेता बोल्छ।बरु उनी अहिलेका कथित सामाजिक अभियन्ताहरु जसरी जल्दो बल्दो विषयमा आफ्ना कुराहरु राखि हाल्न इच्छुक देखिन थालेका थिए। पछिल्लो समय युट्युबमा यत्रतत्र भेटिने उनका भाषणहरुबाट त्यसलाई सजिलै बुझ्न सकिन्थ्यो।यहीबीचमा सर्वेन्द्रले आइतबार बिहानै आफु कुनै पार्टीमा आबद्ध नरहेको खुलासा सामाजिक सन्जालमार्फत गरिदिए। नेपाल प्रहरीको पूर्व आईजिपि भएको र विभिन्न घटनाक्रमबीच एमाले भित्रिएका कारण सर्वेन्द्रको उक्त घोषणा…

Read More